logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

महिला पत्रकार संघको अधिवेशन सम्पन्न

प्रभातफेरी अनलाइन५०७९ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार(६ साल अघि)
महिला पत्रकार संघको अधिवेशन सम्पन्न

धुलिखेल-पत्रकार महांसंघ काभे्रको उपाध्यक्ष राज्य लक्ष्मी श्रेष्ठले पत्रकार महांसंघ काभे्रले क्रियासिल महिला पत्रकारहरुसंघ सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो ।

सोमबार धुलिखेलमा सम्पन्न क्रियाशिल महिला पत्रकार संघ काभ्रेको तेस्रो अधिवेशन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले थप्नुभयो २०७२ सालको विनासकारी महांभूकम्प पछिको विपद समयमा महिला पत्रकारहरुको लागि थप समस्या भएको बताउनु भयो । समाचार रिपोटिङ्गको क्रममा जान आउनको लागि कठिन हुने साथै खोज पत्रकारीता गर्न सुरक्षाको कारणले समेत समस्या आएको बताउनु भयो । जिल्लामा रहेका क्रियाशिल महिला पत्रकारहरुको हितको लागि पत्रकार महांसंघ काभे्रले ठुलो भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पत्रकार महांसंघ काभे्रको भूमिकाले गर्दा क्रियासिल महिला पत्रकारहरुले कार्य गर्न सहज भएको बताउनु भयो । महिला पत्रकारीतालाई माथि उकास्नको लागि बिभिन्न खालको तालिम दिने कार्य गरेको बताउनु भयो । आगामि दिनमा महिला पत्रकारको हितको लागि महांसंघले थप योजनाहरु अगाडी बढाएको बताउनु भयो ।

सम्पन्न अधिवेशनबाट सजना आर्चायको अध्यक्षतामा पछि दुई जना थप्ने गरि ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा काजल तामाङ, सचिवमा सिर्जना तामाङ, सह–सचिवमा सनम सुवाल, कोषाध्यक्षमा अञ्जली तामाङ, सदस्यहरुमा सविता न्यौपाने, पुष्पा राई हायू, अस्मिता खत्री र मिना लामा रहेका छन् ।

क्रियासिल महिला पत्रकारहरुसंघका निर्वतमान अध्यक्ष सरस्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा खानी खोला गाउँपालिकाका उपाध्यक्ष रुकमणि गरुङ, गैसस महांसंघ काभ्रेका कोषाध्यक्ष गंगा लामा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका रिता मानन्धर समेतको उपस्थिति रहेको थियो । कार्यक्रको सञ्चालन सजना आचार्यले गर्नुभएको थियो ।