logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

पनौतीमा बालश्रम अन्त्यको तयारी

प्रभातफेरी अनलाइन४४४७ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार(६ साल अघि)
पनौतीमा बालश्रम अन्त्यको तयारी

पनौती -२१ औं शताब्दिमा आईपुग्दा समेत मुलुकमा बाल श्रम पुर्ण रुपमा अन्त्य नभएकोले पनौतीमा बाल श्रम अन्त्यको लागि समिति गठन भएको छ ।

पनौती वडा नं ८ मा एक कार्यक्रमको आयोजना गरी वडा नं. ८ का अध्यक्ष केशव बन्जाराको संयोजकत्वमा ११ सदस्यीय बालश्रम अन्त्य गर्ने समिति गठन गरी अगाडी बढेको छ । समितिको उपाध्यक्षमा शोभा कार्की र सदस्यहरुमा चण्डिका परियार, स्वास्थ्यचौकी प्रमुख सुर्य श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधि, भालेश्वर मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी., महिला स्वास्थ्य स्वयम्सेविका इन्दिरा राउत, एक बालक, एक बालिका, सहकारीकर्मी सरिता ढुंगाना, वडा बाल संरक्षण समितिका संयोजक सदस्य रहेका छन् भने सदस्य सचिवमा वडा सचिव भगवान बस्नेतले जिम्मेवारी पाउनु भएको छ भने दैनिक काम कार्य अगाडि बढाउन सहजकर्ता गीता थापालाई तोकिएको छ ।

बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी दुई दिने वडास्तरीय अभिमुखीकरण कार्यक्रमको समापनको दिन बालश्रम अन्त्य गर्ने समिति निर्माण गरिएको थियो ।