logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

करको सहजताको लागि पाँचखालमा अन्तरक्रिया

प्रभातफेरी अनलाइन५७५२ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २६, बिहिबार(६ साल अघि)
करको सहजताको लागि पाँचखालमा अन्तरक्रिया

पाँचखाल-पाँचखाल नगरमा रहेका व्यवसायिहरुलाई आन्तरिक राजश्व सम्बन्धि पुर्ण रुपले ज्ञान दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाँचखाल उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखालका ८२ व्यसायीहरु सहभागि भएका थिए ।

आन्तरिक राजश्व कार्यालय काभे्रका प्रमुख दिलक आचार्यले सहभागि व्यवसायीहरुलाई प्यान, भ्याट सम्बन्धि जानकारी गराएका थिए । वसायीहरुलाई प्यान र भ्याटको बिषयमा पुर्ण रुपले जानकारी नहुंदा करको दायरामा सहभागि हुन समस्या भएकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ ।

पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नविन प्रकास निरौलाले स्वागत मन्तव्य दिनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा समयमा कर तिर्दा हुने फाईदा र समयमा कर नतिर्दा हुने घाटाको बिषयमा पुर्ण रुपले जानकारी गराईएको थियो ।