Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जन्म दिनको अवसरमा साथीलाई स्टेसनरी, गुरुहरुलाई डायरी र कलम उपहार

प्रभातफेरी अनलाइन ५३४८ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २७, शुक्रबार (६ साल अघि)
जन्म दिनको अवसरमा साथीलाई स्टेसनरी, गुरुहरुलाई डायरी र कलम उपहार

बेथानचोक । जन्मदिन भन्ने पछि केक काट्ने बत्ती निभाउने अनि त्यस पछिका विभिन्न क्रियाकलापको सम्झना सबैको मानसपटलमा आउँछ । बेथानचोककी एक छात्राले विद्यालयमा अध्ययनरत साथीहरुको पढाइमा सहयोग पुग्ने काम गरी मनाएकी छन् ।

पार्वती माध्यमिक विद्यालय बेथानचोक २ मा अध्ययनरत छात्रा दिपिका तिमल्सिनाले आफ्नो जन्मदिन विद्यायमै मनाउने र भाइ बहिनीहरुलाई सहयोग गर्ने बताए पछि विद्यालयमा उनले एक कार्यक्रम नै आयोजना गरेकी थिइन । उनको जन्म दिन मनाउन उनका पिता मोहनकृष्ण तिमल्सिना तथा माता रञ्जना तिमल्सिनाले आवश्यक खर्च जुटाइदिएका थिए ।

कार्यक्रममा पार्वती मा.विका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा पार्वती बहुमखी क्याम्पसका क्याम्पस प्रमुख प्रताप कार्की विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलराम अधिकारी लगायत विद्यालयका सबै शिक्षकहरुको उपस्थिति थिए ।

कार्यक्रममा दिपिकाले बाल विकास केन्द्र देखि कक्षा ५ सम्म पढ्ने १सय ८० विद्यार्थीहरुका लागि कापी, डडपेन, सिसाकलम तथा शिक्षकका लागि दैनिक पाठयोजना निर्माणका लागि भन्दै डायरी तथा कलम वितरण गरेकी थिइन ।
यो सबै छोरीको इच्छा अनुसार नै गरेको हो । साना भाईबहिनीहरुको पढाइमा सहयोग पुगोस भन्ने उसको चाहना अनुसार करिब ४० हजारको स्टेसनरी सामग्री खरिद गरिदिएको उनका बाबु मोहनकृष्ण तिमल्सिनाले बताए ।

त्यसै गरि उनकी आमा रञ्जना तिमल्सिना भन्छिन, छोरी आफूपनि पढाइमा मेहनती छिन । र उनको अरुको पढाइमा पनि सहयोग गर्दा खुशी हुने गर्छिन । हरेक जन्म दिन उनको यसै गरी मानाउने चाहना छ । त्यस अनुसार नै हामीले यो कार्यक्रम आयोजना गरेका हौ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा छात्रा दिपिकाको प्रशंसा गर्दै भन्छन ः मेहनती र लगनशिल छात्रा दिपिकाको यो कार्य सह्रानीय छ । सानै उमेरमा समाजसेवाको भावना भएकी उनलाई अरुका लागि पनि आर्दश छात्राको रुपमा लिनुपर्छ । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर सुवेदीले गरेका थिए । यो दिपिकाको १४ औ जन्म वर्ष हो । यस अघि पनि उनले बेथानचोक नारायण आधारभूत विद्यालयमा पढने विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेकी थिइन ।

  • गुरुहरुलाई डायरी र कलम उपहार
  • जन्म दिनको अवसरमा साथीलाई स्टेसनरी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0