पनौती-नेपाली कांगे्रसको दोस्रो चरणको जागरण अभियान २०७६ अन्तर्गत पनौती नगरपालिकामा गत बिहीबार पनौती नगरपालिका वडा नं. ४ को व्यवस्थापनमा भएको शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका जिल्ला सचिव विदुर बञ्जाराले आज मुलुक जुन अवस्थामा आएको छ, त्यो सबै कांग्रेस विधिमा नहिँडेर यो अवस्था आएको बताएका छन् ।
जबसम्म कांग्रेस विधिमा चल्दैन तबसम्म कार्यकर्ताले जति नै त्याग तपस्या गरेपनि परिवर्तन सम्भव छैन । विगतका पनौती क्षेत्रका कांग्रेसका क्रियाकलापका बारेमा चर्चा गर्दै जिल्ला सचिव बञ्जाराको थप कथन थियो– आज यो कार्यक्रममा जति सवालहरु उठे ती जायज छन्, यो स्वभाविक पनि हो । तसर्थ, आजैबाट प्रण गरौं नीतिमा चलौं, नियमावलीमा बाँधिन सिकौं भन्नुभयो ।
जिल्ला प्रशिक्षण संयोजक महेश पौडेल– पार्टीलाई गाली र सुझावको खाँचो छ । नियमित यस किसिमका अन्तक्र्रिया भेटघाट हुँदै जाने हो भने कांग्रेसमा समस्या नभएको बताउनुहुँदै संयोजक प्रमुख पौडेलको कथन छ, सकारात्मक आलोचनाले पार्टीमा निखारता ल्याउने बताउनुभयो ।
पनौती नगरका कांग्रेस सभापति रामशरण भण्डारी– वडाहरुको क्रियाशीलतामा कमी कमजोरी भएकै हो तर यसो भनिरहँदा हामी कार्यकर्ताले कति योगदान दियौं ? आलोचना र पदकै लागि मात्र हाम्रो कर्तव्य के थियो ? यसतर्फ गम्भीर बनौं । अर्काेपट्टि औंला ठड्याईरहँदा बाँकी औंलाहरुले आफैंलाई गिज्याइरहेको हुन्छ । पराजयको कुण्ठा नपालौं, अतितबाट पाठ सिक्दै वर्तमान हुँदै भविष्य निर्माणका लागि एकताबद्ध भई लागौं भन्नुभयो ।
त्यस्ता अर्का व्यक्तित्व जगनाथ गिरी – कांग्रेस हिजोदेखि नै मासवेश पार्टी भएकै कारण संगठनको महिमाका गम्भीर रुपमा नलिएको तर्क राख्दै अब त्यसरी पार्टी चल्न नसक्ने धारणा राख्नुभयो । अब संगठनलाई मजबुत बनाउन नसक्ने हो भने नेकपाको दास भएर बस्नुको विकल्प छैन । कांग्रेसलाई निर्वाचन जित्नु छैन, उसलाई उम्मेदवारी दिन पाए पुग्छ, जित्नसँग सम्बन्ध राख्दैन कांग्रेस । निर्वाचन कसरी लड्ने ? के के रणनीति अपनाउने ? त्यो कम्युनिष्टहरुबाट सिक्न जरुरी छ । कांग्रेसले उही २००७ सालकै रणनैतिक चलखेल खेल्न जानेको छ । कार्यकर्ताको भावना अनुरुप चल्न जानेको छैन । सबथोक आफैं होइन, राम्रा कुरा अरुबाट पनि सिकौं । व्यक्ति हाबी होइन, पार्टी हाबी प्रण गरौं भन्नुभयो ।
अञ्जु रञ्जित – कांग्रेसले मनोभावना विपरित आफूलाई लिने गरेको कारण नै निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभएको छ । पनौती नगरपालिकाको कुरा गर्ने हो भने कांग्रेस छायाँ सत्ता हो नि । खै ! कुनै भूमिका निभाएको देखिँदैन । कुरा मात्र चुटेर हुन्छ ? कार्यकर्ताको भावना अनुरुप काम गर्नुप¥यो नि । मञ्च नपाए कार्यक्रम नै बहिष्कार गरेर हिँड्ने नि कांग्रेस हुन्छ ? कार्यकर्ताको मनोबल गिराउने काम कांग्रेस भन्नेबाटै भएको छ । कांग्रेस, कांग्रेस सिद्धान्तभन्दा कमाउ सिद्धान्तमा केन्द्रित भएको छ । कार्यकर्ताको भावना नबुझेर व्यक्ति काखी च्यापेर हिँड्दाको परिणाम हो अहिलेको कांग्रेसको अवस्था । यदि यो परिणामबाट पनि आफूलाई रुपान्तरण गर्दैन भने कांग्रेसको चेत कहिले आउला भनी रञ्जितले टिप्पणी गर्नुभयो ।
शम्भुलाल श्रेष्ठ – कांग्रेसका नेताहरुको अनुकुलतामा पार्टी चलाउन खोज्नु नै कांग्रेसहरुका लागि बिडम्बनाको विषय हो । निर्वाचन सकिएको यत्रो अवधि हुँदा सम्म समिक्षा हुन्न, छलफल हुन्न अनि कसरी कांग्रेस, कांग्रेस पार्टी बन्न सक्छ । धन्य दोस्रो चरणको जागरण अभियान जसले यो जमघट हुने अवसर मिलाइदियो भन्दै वडादेखि नै कांग्रेसमा विभेदकारी नीति हाबी भएको गुनासो राख्दै नगर र जिल्ला पनि त्यसैको सेरोफेरोमा रहेकोले त्यस किसिमका संस्कारबाट माथि उठ्न कांग्रेसलाई आग्रह गर्नुभयो । कांग्रेसमा जटिल समस्या व्यक्ति हाबी छ । त्यो समस्या रहेसम्म कांग्रेस कमजोरै रहने तर्क राख्नुभएको छ । पार्टीका यस्तै क्रियाकलापले गर्दा विपक्षीको हेपाहा प्रवृत्तिलाई सहेर बस्नुपरेको दुखेसो पोख्नुभएको थियो ।
भवानी महत – कांग्रेस कोठे राजनीतिले सकिँदै गएको छ । कार्यकर्ता बिना नै पार्टी चल्छ भन्ने घमण्ड नेताहरुप्रति वितृष्णा पोख्दै कार्यकर्ताको कसरी संरक्षण गर्नुपर्ने हो सत्ता पक्षबाट सिक्न नेताहरुलाई आग्रह समेत गर्नुभयो ।
जयन्ती हुमागाईं – पार्टीभित्रको गुटबन्दी अन्त हुनुप¥यो । कांग्रेस आफ्नै कारणले सकिने भो । अरुलाई दोष नदिऔं । कांग्रेस कार्यकर्ताले पार्टी कसरी मजबुत बनाउन सकिन्छ ? सत्ता पक्षबाट सिक्न जरुरी छ । लेबीको विकास गरौं, तब मात्र हाम्रो भन्ने भावना जागृत हुन्छ । अन्यथा आफैं सकिनुको विकल्प नभएको उहाँको विचार थियो ।
हरिशरण बस्नेत – पहिला घर बलियो बनाउनुस् । त्यसपछि समुदाय हुँदै गाउँ, नगरतर्फ बढ्नुस् । कांग्रेसको उम्मेदवारकै घरको भोट अन्यत्र जान्छ भने कांग्रेस कसरी बलियो हुन्छ ? घातप्रतिघातको राजनीतिक चिन्तनबाट माथि उठौं । कांग्रेस पराजय हुनुमा हामी नै दोषी हौं । शुभचिन्तक मतदाताले गल्ती गरेका छैनन् । यसतर्फ नेतृत्वले गम्भीर भएर सोच्न आवश्यक छ ।
गोविन्द थापा – पनौती नगरपालिकाको स्थानीय निर्वाचनको मत गणना स्थलको यथार्थ चित्रण गर्दै गएको निर्वाचनमा मतदाताले मत दिएका हुन्, कांग्रेसकै लापरवाहीको कारण पराजय भएको बताउनुभएको थियो । कांग्रेस कतिसम्मको लाचारी छ भन्ने पुष्टि गर्दै मत गणना स्थलमा प्रतिनिधिसम्म दिन नसक्नु कतिसम्म लज्जास्पद व्यवहार हो । जसको परिणाम जितेको उम्मेदवार हार्न पुग्यो । जतिबेला म विपक्षी पार्टीमा थिएँ, त्यो दृश्य टुलुटुलु हेरेर बस्नुको विकल्प थिएन । तर पनि मैले खबरदारी गरेँ, मलाई गुण्डाशैलीमा उठाएर बाहिर ल्याइयो भन्दै जसको प्रतिदर्शी प्रमाण आफूसँग भएको स्मरण गराउँदै आफ्नै आँखा अगाडि मत गणना भईसकेको मतपत्र दोहो¥याएर मत परिणाम उल्ट्याउन सक्ने क्षमता राख्नु त्यो जति बेइमानी अरु के हुनसक्छ ? त्यसैले कांग्रेसले यी कमजोरीहरुलाई सच्याउन आवश्यक छ । नत्र किन कांग्रेस चुनावमा लड्ने ? यी कुराहरु आउनुप¥यो भन्दै नेतृत्वलाई खबरदारी गर्नुभएको थियो । भाषण गर्न मञ्च चाहिने जनभावना अनुरुप चल्नु चाहिँ नपर्ने कस्तो कांग्रेस भनी टिप्पणी गर्दै आगामी चुनावी मुद्धा आफूसँग सुरक्षित रहेको नेकपाका कार्यकर्ताहरुलाई स्मरण समेत थापाले गराउनुभयो ।
सुमेश थापा – कांग्रेसले कार्यकर्ताको संरक्षण गर्न नसकेको स्मरण गराउँदै पराजित मानसिकता लिएर कति दिन हिँड्नुहुन्छ भनी प्रतिप्रश्न गर्नुभएको थियो । नेपाली कांग्रेसमा युवा किन लाग्ने ? जवाफ छ नेताज्यू भन्नुभएको थियो ।
कृष्ण थापा – पनौती नगरमा ६ जना वडा अध्यक्षहरु निर्वाचित छन् तर भूमिका निरिह भएको किन ? प्रतिपक्षको भूमिकामा प्रस्तुत हुनुपर्दैन ? जनमतको कदर गर्नुपर्दैन ? नेतालाई खाँचो पर्दा मात्रै कार्यकर्ता देख्ने आँखाहरुको उपचार गर्नुप¥यो भन्दै गुनासो पोख्नुभएको थियो ।
जयराम बञ्जारा – कांग्रेस आफ्नै समस्याले सकिएको हो । कहिल्यै समस्यालाई केन्द्रमा राखेन । जहिले पनि पराजित मानसिकता भन्दा माथि उठ्न सकेन । कार्यकर्ताको मनोभावनालाई कदर गर्न सकेन । सम्मान गर्ने त जानेकै छैन । जसको परिणाम भोग्दै छ कांग्रेस । अझै यसबाट चेत आउँदैन भने कहिले आउँछ भनेर प्रतिप्रश्न गर्नुभएको थियो ।
विनोद बञ्जारा – कांग्रेसको यो नाटक पछाडि किन लाग्ने ? अक्षरमा लेखिएको जागरणले परिवर्तन हुन्न । संगठनका नाममा झुण्डको संरक्षण गर्ने पनि कांग्रेस हुन्छ ? कांग्रेस नै नभएको जिकिर गर्दै व्यक्तिवादी झुण्डले कति दिन कांग्रेसको नाम थेग्छ ? त्यसैले यो देखावटी नाटक जागरणको रुपमा देखाउनुको कुनै तुक् नभएको तर्क राखेका थिए ।
कुमार हुमागाईं – कांग्रेस अझै पनि वीपीका चिन्तनहरुमा रहेकोले उनीहरुले राष्ट्र, राष्ट्रियताप्रतिको इमान्दारिता अछ्युन्न राखेको स्मरण गर्दै अन्तक्र्रियामा जति पनि अभिव्यक्ति आए ती सबै समसामयिक विषयसँग जोडिएका छन् । यो कांग्रेसको सम्पत्ति हो । त्यसैले आज जति पनि आवाजहरु आए ती अत्यन्तै व्यवहारिक र समय सापेक्षित सुझावको रुपमा लिएका छांै भन्नुहुँदै सकारात्मक आलोचनाले कांग्रेस मजबुत हुनेछ । यही त हो, प्रजातान्त्रिक संस्कार जसले आफूमा लागेका अभिव्यक्तिहरुलाई पोख्ने मार्ग प्रशस्त गर्छ । यो गुण अरु संस्कार बोकेकाहरुसँग पाइँदैन तर पार्टीप्रति आलोचना गरिरहँदा मैले पार्टीप्रति कति दायित्व निर्वाह गरेँ भनेर आत्म मूल्यांकन गर्ने संस्कारको विकास गरौं । फेरि पनि कांग्रेसको भावनामा उच्च सम्मान गर्नुभएको छ र जति पनि सल्लाह सुझावहरु आएका छन् ती सबैलाई शिरोपर गर्नु धर्म हो । अहिले जुन किसिमको अनियमितता मौलाएको छ, त्यसका विरुद्ध कांग्रेसजनहरु गम्भीर हुन जरुरी छ । तर कांग्रेस कार्यकर्ताले आफ्नो पृष्ठभूमि भुल्नु भएन भन्दै सम्पूर्ण कांग्रेसी कार्यकर्तालाई गोलबन्द हुँदै चरम भ्रष्टाचारको विरुद्ध आवाज बुलन्द गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमको संयोजन मधुकर केसीले गर्नुभएको थियो भने कार्यक्रमको आयोजना नेपाली कांग्रेस क्षेत्रीय समिति ३ ख ले गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |