Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनप्रतीनिधिलाई नगरवासिले साथ र सजायँ दुवै दिन सक्षम छन्- न्यौपाने

प्रभातफेरी अनलाइन ४६१८ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २९, मंगलबार (६ साल अघि)
जनप्रतीनिधिलाई नगरवासिले साथ र सजायँ दुवै दिन सक्षम छन्- न्यौपाने

आई.आर.के मैनाली
पनौती/पनौती नगरपालिकाका प्रमुख (मेयर) भिम न्यौपानेले पनौती नगरपालीकाले कृषि, स्वस्थ्य, पशु, पर्यटन साथै विकास निर्माणको कार्यमा ठुलो फड्को मारेको बताउनु भयो । नगरपालीकाले नगरवासिहरुको दिर्घकालिन हितको खातिर निरन्तर रुपमा अघि बढेको बताउनु भयो ।

नगरको छैठौं नगर सभामा सम्बोधन गर्दै मेयर न्यौपानेले नगरमा निर्वाचित सम्पुर्ण जनप्रतीनिधिहरुले अझ ध्यान दिएर काम गर्नेहोभने नगरमा रहेका सम्पुर्ण शोसित पिडितको अनुहारमा परिवर्तन हुने ठोकुवा गर्नुभयो । न्यौपानेले भन्नुभयो “नगरवासिहरुको हितको खातिर कार्य गर्ने प्रमुख उद्देश्यका साथ हामी निर्वाचित भएका हौं, सोही अनुसारले कार्य गरिरहेका छौं र गर्छौ पनि ।” हाम्रो बाँकी कार्यकालमा हामीले नगरवासिहरुको हितको खातिर जे जति कार्यहरुलाई अगाडी बढाएका छौ त्यो सम्पुर्ण पुर्ण गरेरै छाड्ने न्यौपानेले बताउनु भयो ।

कार्यक्रममा मेयर न्यौपानेले वडाहरुमा हुने बिकास निर्माणका कार्यहरु पारदर्शीताको साथमा अगाडी बढेको बताउदै अझै थप पारदर्शीताको साथमा कार्यहुनुपर्ने बताउनु भयो । “हामी जनप्रतीनिधिहरु निश्चित अवधिको लागि निर्वाचित भएका हौं, यो अवधिमा इमान्दारी ढंगबाट नगरवासिहरुको हितको लागि अगाडी बढ्छौं ।” “कसैको दयाले हामीले जिम्मेवारी सम्हालेका होइनौ, जनताको अभिमतले गर्दा कुर्सीमा बसेका हौं, त्यसैले जनताको हितको लागि कार्य गर्दै छौं । ” न्यौपानेले भन्नुभयो । हामी बहुदलीय प्रतीस्पर्धाको आधारमा छनोट भएको हौं, त्यसैले जनता तथा जनप्रतीनिधिहरुको सुझावलाई सुनाउने साथै सुन्ने क्षमतामा बिकास गर्नुपर्ने बताउनु भयो ।

सभालाई सम्बोधन गर्दै मेयर न्यौपानेले भन्नुभयो —पनौती नगरका नगरवासिहरु धेरै सचेत छन्, जनप्रतीनिधिहरुले गरेको राम्रा नराम्रा कार्यहरुलाई नजिकबाट नियाली रहेका छन् । जनप्रतीनिधिहरुले गरेका कार्यको आधारमा नगरवासिहरुले साथ र सजायँ दुवै दिन सक्षम छन् । नगरको कार्यपालिकाले गरेको निर्णयहरुलाई अक्षरस लागु गर्दै अगाडी बढेका छौं । निर्णय भन्दा फरक ढंगबाट कार्य पनौती नगरमा नहुने बताउंदै निर्णयको आधारमा अगाडी बढ्नुनै नगवासिको अभिमतलाई पालना गर्नु हो । उहाँले थप्नुभयो सेवाग्राहिहरुको सुबिधालाई मध्यनजर राख्दै अगाडी बढ्को बताउनु भयो । जसको लागि नगरका प्रमुख प्रशासकिय अधिकृतले खटाएको ढंगबाट कर्मचारीहरुले कार्य गरिरहेको बताउंदै कुनै कर्मचारीले जनताको काममा ढिला सुस्ति गरेका शैह्य नहुने बताउनु भयो । पनौतीलाई अन्तराष्ट्रिय स्तर सम्म परिचय गराउने कार्यको लाविग पर्यटनको क्षेत्रमा अगाडी बढ्ने साथै मकर मेलालाई व्यवस्थित गरी टिफरको समयालाई व्यवस्थित गर्ने बिषयमा नगर लागि रहेको बताउनु भयो ।

कार्यक्रमको करिव अन्तिम समयमा आफ्नो भनाई राखी हलवाट बाहिरिएका ६ जना वडा अध्यक्ष सहित १७ जना नगर सभा सदस्यहरुलाई लक्षीत गर्दै मेयर न्योपानेले भन्नुभयो— नगरसभामा कसैको कुनै विमति नभएको अन्तिम समयमा केही साथीहरु वाहिरिनु भएछ किन बाहिरिनु भयो जानकारी भएन भन्नुभयो । उहाँले भन्नुभयो “आफ्नो भनाईहरु सुनाएर हतारमा बाहिरिनु राम्रो होईन, समस्या हुन सक्छ तर समाधानको खोजि गर्न जरुरी हुन्छ, अरुको भनाई सुन्ने पनि कोशिस गर्नुपर्छ । ” सभामा उठेका समग्र कुराको बिषयमा आफुले जानकारी गराउनु भन्दा केही अगाडी साथीहरु उठेर जानुभएछ, तर त्यस्तो कुनै ठुलो असहमतिले गर्दा होईन । नगरका सम्पुर्ण जनप्रतीनिधिबिज घनिघुत ढंगबाट गरिएको छलफल निचोडबाट सहज ढंगबाट सभा सम्पन्न भएको बताउनु भयो ।

नगर सभामा नगरका उप—मेयर गीता बञ्जाराले नगरको आर्थिक प्रतीवेदन प्रस्तुत गर्दै महिला बालबालिका साथै कृषि, पशु, पर्यटन लगाएतको बिषयमा पनौती नगर नमुना ढंगबाट अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो हामी जनप्रतीनिधि नगरमा चुनिएर आएपछि नगरको बृहत्तर हितको लागि निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो । नगरबाट भएका कार्यहरुको बारेमा अनुगमन गरी गुणस्तरता साथै चुहावटलाई नियन्त्रण गर्दै जनचाहना अनुसारको कार्य भएको बताउनु भयो । हामी जनप्रतीनिधिहरुले नगरको हितको खातिर गरेका राम्रा कार्यमा नगरवासिहरुबाट पुर्ण रुपमा साथ पाएको बताउंदै आगामी दिनमा अझ पारदर्शीताको लागि सवैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

नगरपालिकाले आफ्नो प्रगती प्रतिवेदनमा सार्वजनिक गरे अनुसार उत्कृष्ट कर्मचारीको रुपमा वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारी र कार्यालय सहयोगी प्रल्हाद सापकोटालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट उपभोक्ता समिति तर्फ सेतोपाटी थापागाउँ मोटरवाटो उपभोक्ता समिति, लाँकुरीको बोटदेखि जुगुगाउँ हुदै बल्थलि जोड्ने सडक फराकीलो उपभोक्ता समिति, ठुलो दोवाटो गणेशथान जलेश्वर सडक स्तरउन्नती उपभोक्ता समिति, संञ्चार कर्मी मधुसुदन गुरागाई, सहकारी कर्मी दिवक थापा, शिक्षा सेवि रामप्रसाद अधिकारी , भाषा साहित्य कला संस्कृति तर्फ तुयुकाजी ताम्राकार, नगरपालिकाको (लोगो) चिन्ह निर्माणकर्ता मन्जु स्याउला, पर्यटन कर्मी कौशिला मैनाली, युवा तथा खेलकुद कर्मी विजय सुन्दर सैजु लगायतलाई सम्मान गरेको उल्लेख भएको छ ।

  • जनप्रतीनिधिलाई नगरवासिले साथ र सजायँ दुवै दिन सक्षम छन्- न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0