logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

रत्नप्रसादले देखाएको बाटो नविराई अगाडी बढ्छौं- हुमागाई, प्रतिष्ठान सञ्चालनको लागि संञ्जयले आर्थिक सहयोग

प्रभातफेरी अनलाइन५१४८ पटक पढिएको प्रकाशित मिति: २०७६ चैत्र ४, मंगलबार(६ साल अघि)
रत्नप्रसादले देखाएको बाटो नविराई अगाडी बढ्छौं- हुमागाई, प्रतिष्ठान सञ्चालनको लागि संञ्जयले आर्थिक सहयोग

पाँचखाल/नेपाली काँगे्रसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले स्व.रत्नप्रसाद लामिछानेले देखाएको बाटो नविराईकन निरन्तर रुपमा लागि रहने बताउनु भयो ।

प्रजातन्त्र सेनानी एवं राजनैतिक परिवर्तनका अभियन्ता स्व. रत्नप्रसाद लामिछानेको निधन भएको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभाको क्रममा केन्द्रिय सदस्य हुमागाईले उक्त धारणा राख्नुभएको हो । निरङ्कुश, सामाजिक कुप्रथा, राणा शासनको अन्त्यको लागि लाग्नुभएको स्व. लामिछाने निष्ठा विचारको राजनीतिमा अग्रभागमा रहनुभएको बताउनुभयो ।

त्यसगरी कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले निष्ठा, मुल्यको यात्रामा हिड्नुहुने स्व. लामिछाने धेरैको प्रेरणा भएको बताउनुभयो । उहाँले देखाएको बाटोबाट अगाडी बढ्दै उहहाँको अधुरो सपनाहरु साकार पार्नु हामी सवैको कर्तव्य भएको बताउनु भयो ।

नेपाली काँग्रेसका नेता तथा स्वा लामिछानेका सहपाठी इन्द्रमणी अधिकारीले स्व. लामिछाने अधिकार कसरी बचाउने, मान्छे मान्छे भएर हिड्न सिकाउने एक योद्धा रहेको बताउनुभयो । नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले आफुलाई स्व. लामिछानेले राजनैतिक यात्रामा धेरै कुरा सिकाउनुभएको बताउनुभयो ।

पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवारले सधै राम्रो काम गर्न झकझकाउनुहुने लामिछाने जहिल्यै जनताको काममा लाग्नुपर्छ भनेर प्रेरणा दिने नेता भएको बताउनुभयो । पाँचखाल नगरका प्रवक्ता संञ्जय तामाङले प्रतिष्ठान सञ्चालनको लागि भन्दै १० हजार सहयोग गर्नुभएको थियो । पाँचखाल वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारीले स्व. लामिछानेले नगरबाट पाउने कुुनै सुविधा नलिनुभएको जानकारी दिनुभयो । वृद्धभक्ता समेत नलिएका स्व. लामिछानेले आफुलाई समेत सधै झकझक्याउने अधिकारीले बताउनुभयो ।

कार्यक्रममा राजनैतिक विश्लेशक नरेन्द्र जंग पिटर, पाँचखाल नगरका प्रमुख प्रशाशकीय अधिकृत लोकबहादुर भण्डारी, समाजसेवी रबिन्द्र शिपखान, शिक्षासेवी रामशरण लुईटेल, पूर्व गृहसचिव जनार्दन नेपाल, प्रतिष्ठानका सचिव ओम प्रकाश लामिछाने, डा. भरत लामिछाने लगायतले स्व. लामिछानेले पुर्याउनु भएको योगदानको बारे चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नन्दप्रसाद लामिछानेको सभभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सावित्रि लामिछानेले सञ्चालन गर्नुभएको थियो भभने अप्सरा ढुंगानाले लामिछाने संग सम्बन्धित कविता बाचन गर्नुभएको थियो ।