Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

प्रभातफेरी अनलाइन ९२१६ पटक पढिएको प्रकाशित मिति: २०७७ अषाढ ९, मंगलबार (५ साल अघि)
छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ

सरस्वती कणेल,प्रधानाध्यापक

पुण्य मा.वि., पनौती
एउटा जबरजस्त योद्धा, प्रष्ट वक्ता, निडर, आत्मविश्वासको दरिलो प्रतिबिम्ब सरस्वती कणेल । कणेलको जन्म पिता भैरव प्रसाद कणेल माता शिव कुमारी कणेलका सात सन्तान मध्ये तेस्रो नम्बर र छोरी मध्ये माहिली हुन् । उनको जन्म सम्पन्न परिवारमा भएको र जन्मँदाको साइत यो त छोरो भएर जन्मिनुपर्ने कसरी छोरी भई हँ ! भैरव प्रसाद कणेलले तमाखुको सर्काे तान्दै बार्दलीबाट आँगनमा जम्मा भएका छिमेकीहरुलाई सोधेको प्रश्न अहिले पनि मानसपटलमा घुमिरहेको उहाँका सहपाठीहरुको स्मरण सुन्न पाइन्छ । जब आमाको गर्भबाट धर्तीमा पाइला टेक्दा नै जबरजस्त दोहोरो आङको शिशुले धर्तीमा पाइला टेक्दै गर्दा सहभागी सबैलाई एकपटक झस्काउन पुगेको थियो । जस्तो जन्म उस्तै व्यवहार । बिस्तारै जीवनका यात्राहरु अगाडि बढ्ने क्रममा घरआँगनसँगैको स्कूल जीवनको सारथी बन्यो । झुठ नबोल्ने, कडा तर इमान्दार, हिसाब कितावमा पक्का लोभ लालच नभएको साथी भने पछि हुरूक्कै हुने सहयोगी, अर्काको दुःख बुझ्ने हल्का रिसाहा स्वभाव, निडर छोरा भएर जन्मनु पर्ने भन्ने घर परिवारको भनाईलाई व्यवहारमा उतार्न सफल सरस्वतीले विद्यालय जिवनमा अ.ने.रा.स्व.वि.यु.का विभिन्न क्रियाकलापमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभयो । त्यसैगरी अ.ने.रा.स्व.वि.यु.ले प्रहशन गरेको नाटक “महिलामुक्ति” मा प्रमुख भुमिका निर्वाह गरेर तत्कालिन पञ्चायत शासकका विरुद्ध आफूलाई सशक्त रुपमा उभ्याउन सफल समेत बन्नुभयो ।

आफु सानै भएको लहै लहैमा लाग्दा पनि परिवारले नाटकमा भाग लिन दिएता पनि नेता वन्न दिएको थिएन । यसले मलाई आत्मग्लानी चाहिँ लागेको छ । तर पनि बिचमा तटस्थ भएर शिक्षण पेशामा प्रवेश गरेपछि जुन जुकै संस्थामा भए पनि आस्था राख्नु पर्छ भन्ने साथीहरूको सुझाव आएकोले र संघको कृयाकलाप प्रजातान्त्रिक हुने भन्ने सुनेको कारणले त्यसप्रति झुकाव राखेको हुँ । त्यही अनुसार जिम्मेवारी सम्हाल्दै आएको छु । कुनै पनि संस्थाको सदस्य नभएकोले शिक्षण पेशामा लागे पछि संस्थामा आवद्ध हुँदा राम्रो हुने र शिक्षक संघले प्रजातान्त्रिक विचारधारा वोकेर कार्य गर्ने भएकोले म आफुलाई मनमा त्यस्तै लाग्यो र त्यतैतर्फ आकर्षित हुन पुगें । अभिनय सँगसँगै गीत गाउन सोख उहाँसँग रहेको अहिले पनि उहाँका क्रियाकलापले पुष्टि गर्दछ । अध्ययनलाई प्रमुख उद्देश्यमा राखी शिक्षकको अभिनयमा विद्यालय जीवनदेखि नै अनवरत रुपमा अगाडि आएको उहाँका सहपाठीहरुको चर्चाले पुष्टि गर्दछ । हामीसँग स्कूलमा खेल्दा पनि उसलाई शिक्षकको भूमिका चाहिन्थ्यो । जसको कारण आज पनि जबरजस्त भूमिका निर्वाह गरेर समाजमा स्थापित हुन पुगेकी छिन् भन्छन् उहाँका सहपाठी । त्यसको साथै तत्कालिन अवस्थामा बिरलै सम्भव रहने साइकल सिक्ने पहिलो छात्राको रुपमा विद्यालयमा परिचित थिइन् । त्यतिबेला कम्प्युटर आफै टाइप गरेर एम एडको थेसिस तयार पारेको अनुभव सुनाउँदै कणेल थप्नुहुन्छ– छोरीले हिनताबोध मानसिकताबाट टाढा रहनुपर्छ भने अवसरको पर्खाईमा बस्न पनि सिक्नुपर्छ भन्दै आत्मनिर्भर हुनुपर्छ भन्ने भावना मलाई स्कूले जीवनबाटै बोध भएर आयो ।

त्यसैको अनुशरण गर्दै विद्यालयमा हुने प्रत्येक क्रियाकलापमा म कहिल्यै पछि हटिनँ । मेरो जीवनमा खेलकुदमा विशेष रुची रह्यो । भलिबल, हाई जम्प, लङ्जम्प, दौडमा सहभागी हुने र उत्कृष्ट नतिजा ल्याउने धोकोमै आफूलाई व्यस्त बनाउँदै गएँ । त्यतिमात्र होइन कलेज जीवनमा पनि मैले स्कूले जीवनका अधुरा यात्राहरुलाई पार गर्दै अगाडि बढें । अलिकति फुर्सदको समयमा साथीहरू सपरिवारसँग विभिन्न स्थानमा घुम्न रूचाउने मेरो बानी नै हो । त्यही भएर पनि आजभोलि स्कूले नानीहरुलाई उनीहरुको चाहनाअनुसार विभिन्न स्थानहरुको अवलोकनमा लैजानुपर्छ भन्ने मेरो अडान कायमै रहन्छ । यही क्रममा इ.पि.एममा मास्टर्स उतिर्ण गरें । तत्पश्चात् २०४८ मा शिक्षण सेवामा प्रवेश गरें । २०५१ शिक्षा सेवा आयोगको परीक्षामा जिल्लाभरिमा दोस्रो स्थानमा आउन सफल भएँ । २०६५ मा शिक्षा सेवा आयोगको २५५ आन्तरिक परिक्षामा तेस्रो नम्बरमा नाम निकालेन सफल भएँ । विधिको बिडम्बना ! मेरा यात्राहरु अनवरत रुपमा अगाडि बढिरहेका थिए । यसैबीच मेरो जीवनको सारथी श्रीमान् राजेन्द्र राज पाण्डेको पाचन प्रणाली र कलेजोमा क्यान्सर लागेर उपचारको क्रममा २०६६ मा देहान्त भयो । तर पनि हरेस खाइनँ । जसको कारण तँ आँट म पु¥याउँछु भन्ने भगवान्को कृपाले हामीबीचको एक सन्तानलाई उच्च शिक्षा विएस्सी नर्सिङ विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल भएँ । मलाई पति वियोगको पिडा शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ भन्ने साहस बटुल्दै गएँ । यो पितृ सतात्मक राज्यसत्तासँग कसरी प्रतिवाद गर्दै अगाडि बढ्नुपर्छ भन्ने हिम्मत थियो । त्यसैले पनि आफूलाई कहिल्यै पनि विचलित हुन दिइनँ । यही क्रममा २०६७ मा शिक्षा मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुने अवसर मिल्यो । फेरि अर्काे पिडा खेप्न विवश भएँ । २०७४ मा आफैं सवार स्कुटर दुर्घटनामा खुट्टा भाँचिएको कारण घरपरिवारको रेखदेखदेखि लिएर छोरीको सम्पूर्ण जिम्मेवारी कस्तो हुन्छ भन्ने कुरा महसुस गर्ने अवसर पनि मिल्यो ।

आमा, दाजुभाइ दिदी वहिनी घर परिवार इष्ट मित्र, साथी भाइको शुभकामनाले समयमै उपचार लाग्यो र कार्यक्षेत्रमा निस्कन सफल भएँ । यात्राको क्रममा २०७६ वैशाख २ गते पुण्य माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । अभिभावक, विद्यार्थी, शिक्षक, दाता शुभचिन्तकहरूको सहयोगबाट विद्यालय प्रगतितर्फ उन्मुख भइरहेको छ । इन्द्रेश्वर माविको एसएलसी समूह २०३९ विद्यार्थी समुहको संयोजक, सामाजिक अध्ययन समाजको जिल्ला शाखा उपाध्यक्ष, महिला शिक्षक समाजको अध्यक्ष, विभिन्न संघ संस्थाको आजिवन सदस्य समेत बहन गर्दै यात्रालाई आजसम्म निरन्तरता दिएको छु । जहाँ जे जस्तो पद सम्हाले पनि पहिलो कर्तव्य विद्यालय फुर्सदमा समय मिलाएर अन्य कार्यमा सरिक हुने परम्परा बसालेको छु । पनौती नगरपालिकाको १२ वटा माध्यमिक विद्यालय मध्ये १ मात्र महिला प्रधानाध्यापक रहेको पुण्य माविलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य सहित यात्रामा कुदिरहेको छु । कुनै समस्या आएमा परिवार आफन्त छोरी र साथी, शुभ चिन्तकहरूको सहयोगमा समस्या समाधानका लागि सहयोग र हौसला लिँदै अगाडि बढ्ने संस्कारको विकास गरेको छु । म मेरो शिक्षण पेशामा प्रधानाध्यापकको जिम्मेवारीमै गौरवान्वित छु । त्यसैले सम्पन्न परिवारमा जन्मिँदैमा मानिस सम्पन्न बन्न सक्दैन । उसको मन मष्तिष्क सम्पन्न हुनुपर्छ । तबमात्र ऊ सम्पन्न सावित हुन्छ । जबसम्म मानिस सर्वगुण सम्पन्नतर्फ आकर्षित हुँदैन, धन दौलतको अहम्ता धेरै दिन टिक्दैन । त्यसैले पहिला आफू परिवर्तन हुनुस्, अनि समाज परिवर्तन हुन्छ ।

  • छोरीले हिनताबोध मानसिकता त्याग्नुपर्छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

    १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

  • जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

    जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0