धुलिखेल-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काभ्रेपलाञ्चोक जिल्लामा आ.व. ०७७÷०७८ मा सञ्चालन हुने कार्यक्रमलाई सार्वजनिकरण र विगत वर्षमा जिल्लामा सञ्चालन भएका कार्यक्रमको समिक्षा गोष्ठिलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) धुलिखेल काभ्रेपलाञ्चोकका आयोजना प्रमुख शिवप्रसाद लम्सालले पहिलो किस्ता सम्झौतापछि सम्पर्कविहिन हुन पुगेका भूकम्प पिडितको पहिचानका लागि गाउँबस्ती जाने बताउनु भएको छ ।
विनाशकारी भूकम्पले आक्रान्त भएका पिडितहरुमध्ये ९१ प्रतिशतले पहिलो किस्ता बुझेको अभिलेखमा देखिन्छ तर अन्तिम किस्तासम्म आइपुग्दा ६२ प्रतिशतमा सीमित छ । यो अभिलेखबाट के पुष्टि हुन्छ भने झण्डै ३० प्रतिशत पिडितहरु पुनर्निर्माणको दायराभन्दा बाहिर छन् । त्यसैले ति भूकम्पपिडितहरुको यथार्थ अवस्था पहिचान गर्नका लागि अब प्राधिकरणको टोली उनीहरुकै बासस्थानमै गएर समस्याको पहिचान गरी समस्या समाधान गर्ने तर्फ सरिक रहेको आयोजना प्रमुख लम्सालले बताउनुभएको छ । उहाँका अनुसार हिजो के भए होइन, अब के गर्दा भूकम्पपिडितहरुले सहज रुपमा सेवा सुविधा र सुरक्षित आवास प्राप्त गर्न सक्छन् त्यतातर्फ प्राधिकरणको ध्यान केन्द्रित हुनेछ ।
यस किसिमको अवस्थामा आइपुग्ने चुनौतीलाई दुवै पक्षको सहमतिमा टुंग्याउने जमर्काे गर्नेछौं । कोभिड–१९ का कारण पुनर्निर्माणका केही काममा बाधा उत्पन्न हुन पुगेको पक्कै हो । यसले गर्दा पुनर्निर्माणले जुन गति लिनुपर्ने हो, त्यो लिन सकेन । यसमा सन्तुष्टि हुने ठाउँ छैन, फेरि पनि यो अवस्थामा धेरै आन्तरिक काम भने पूरा भएका छन् । भवन डिभिजन कार्यालयबाट सिफारिस भई आएका फाइलहरुको अध्ययन गरी पिडितहरुलाई सहज रुपमा भुक्तानी उपलब्ध गराउने वातावरण बनाएका छौं । अब भवन डिभिजन कार्यालयले पठाएका फाइल बारे जो कोहिले जानकारी मागेको घडिमा सम्बन्धित शाखाका कर्मचारीले कार्यालय अनुपस्थित भएको बखतमा पनि १० देखि १५ मिनेटभित्र जानकारी दिनसक्ने प्रविधिको विकास गरिएको छ ।
लकडाउनका बिच पनि भौतिक पूर्वाधारका सवालमा उल्लेखनीय काम भएका छन् । सडक, पुल, मठ–मन्दिर, गुम्बाले निरन्तरता लिएको प्राधिकरणको अभिलेखमा देख्न पाइन्छ । यो बिच सीमित प्राविधिकले धेरै काम गर्नुभएको छ । किनकी यस कार्यालयका झण्डै सयभन्दा माथिका प्राविधिकहरुको स्थायी बसोबास २ नं. प्रदेश भएकै कारण उहाँहरु घर गएपछि आउने सक्ने अवस्था रहेन । जसका कारण सीमित प्राविधिकले असीमित कार्य सम्पादन गर्न बाध्य हुनुप¥यो । यस किसिमको समस्याबारे जिल्लाका १३ वटै स्थानीय सरकारलाई उपस्थित गराएर समस्याका बारेमा जानकारी दिने र लिने काम भएको आयोजना प्रमुख लम्सालले खुलासा गर्दै थप्नुहुन्छ– जिल्लाको तथ्यांक अनुसार भूमिहिन र जोखिम बस्तीमा परेका भूकम्पपिडितहरुको यथार्थता खुट्याउने काम यो अवधिमा सकिएको हुँदा यसै आ.व.भित्र उहाँहरुको समस्या पहिचानसहित समाधान हुनेगरी काम अगाडि बढेको छ । जिल्लामा पछिल्लो पटक १३ सय ५४ जना भूकम्पपिडितले पुनरावेदन दर्ता गर्नुभएकोमा दुई सय ७२ जनाको पेश्की चढेको छ । त्यसैले पुनरावेदन गर्नुहुने भूकम्पपिडितले तत्कालै सम्बन्धित निकायमा सम्पर्क राख्न म यसै कार्यक्रममार्फत् आग्रह गर्दछु भन्नुहुँदै त्यसका लागि जो जससँग सम्बन्धित छ, उसले आफ्नो दायित्व र जिम्मेवारी निभाउन जरुरी भएको आयोजना प्रमुख लम्सालको आग्रह थियो ।
सम्बोधनकै क्रममा सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउने क्रममा आयोजना प्रमुख लम्सालले कोभिड–१९ का कारण अर्काे व्यवस्था नभएसम्म निर्माण कार्य अगाडि बढाउन सकिने सूचना सार्वजनिक भएको छ । श्रावण १५ गतेसम्म यथार्थ पिडित छुटेका छन् भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उल्लेख गरेको सर्तभित्र रहनेगरी जिल्ला प्राविधिक कार्यालयमा निवेदन दर्ता गर्न सकिनेछ भनिएको छ । त्यस्तै भूकम्पपछि सुरक्षित ढंगबाट बनेका घरहरुले प्राविधिकको सिफारिसमा भुक्तानी पाउने व्यवस्था गरिएको छ । यसो किन गरियो भन्ने जिज्ञासामा आयोजना प्रमुख लम्साल थप्नुहुन्छ– अब भूकम्पपिडित भनेर वकालत गरिरहने होइन, यो समस्यालाई छिटोभन्दा छिटो टुंग्याउनुको विकल्प छैन । त्यसैले पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न विकल्पसहित जिल्ला आयोजना कार्यान्वयन इकाई धुलिखेल काभ्रे द्रुत गतिमा समस्या सम्बोधन गर्न अगाडि जाँदै छ । त्यसका लागि आवश्यक प्रक्रिया पार गरेर अन्तिम तयारी अवस्थामा रहेको छ भन्नुहुँदै आयोजना प्रमुखका अनुसार भूमिहिनहरुका लागि थप ५० हजार नगदको व्यवस्थासमेत गरिएको कार्यक्रममा खुलासा गर्नुभएको छ । त्यसैले पनि सम्बन्धित गाउँपालिका र नगरपालिकासँग भूकम्पपिडितको तथ्यांक लिई आवास स्थलमै गई उनीहरुको समस्या पहिचान गरी टुंग्याउने प्रयासमा एन.आर.ए., डि.एल.पि.आइ.यु, जि.एम.ए.एल.आइ काभ्रे लागिपरेको आयोजना प्रमुख लम्सालले बताउनुभएको छ ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका काभ्रे जिल्ला अधिकृत गंगा लामाका अनुसार सुरुको वर्ष पुनर्निर्माण सम्बन्धी ३ सय ५१ वटा गुनासाहरु प्राप्त भएका र गत वर्ष ६७ वटा गुनासाहरु प्राप्त भएको जानकारी गराउनुहुँदै गत वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रममा ६ लाख ९१ हजार ६ सय विनियोजित बजेटमध्ये ३ लाख ८६ हजार ३ सय ७० रुपैयाँ खर्च भएको विवरण पेश गर्नुहुँदै सञ्चालन हुने कार्यक्रमलाई बुँदागत रुपमा प्रस्तुत गर्ने क्रममा बुँदा नं. १ टिआई नेपालका मुख्य गतिविधि अन्तर्गत पुननिर्माण सम्बन्धी निजी आवास, सरकारी भवन, सम्पदा विद्यालयको बारेमा पत्रकार मार्फत फेलोसिप तयार गरी प्रकाशन गरिएको, विभिन्न समसामयिक विषयमा अनसन्धान प्रतिवेदन सार्वजनिक गरिएको, जिल्ला प्रशासन तथा अन्य सरोकारवालाको समन्वयमा निर्माण सामाग्री सम्बन्धी बजार अवलोकन, विभिन्न विषयमा पत्राचार ध्यानाकर्षण पहल–सहायता कक्ष, गनासो सकलन तथा सार्वजनिक सनवाई कार्यक्रम आयोजना गरिएका, पुननिर्माण सम्बन्धी सरकारी निकाय, निजी क्षेत्र, स्थानीय जनप्रतिनिधि र सिमान्तकृत, समुदायसँग अन्तरकृया छलफल रहेको बताउनुभएको थियो ।
त्यसैगरी क्रमशः अन्य कार्यक्रमहरुको बारेमा पनि बुँदागत रुपमा ध्यानाकर्षण गराउनुभएको थियो । जसअन्तर्गत पुनर्निर्माण सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण गराइएका मुख्य विषयहरू ः सामाजिक जवाफदेहीता औजारहरुको प्रयोगको बारमा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको, खानेपानी आयोजना निर्माणाधिन स्थलमा होडिंड बोर्ड राख्नका लागि पत्राचार गरिएको र निजी आवासको विषयमा उठेका विपयको बारेमा पत्राचार गरिएको र बुँदा नं. ३ अन्तर्गत यस संस्थाले संकलन गरीएका पुनर्निर्माण सम्बन्धी गुनासोको प्रकृति र समाधानका पहल, दोसो तेस्रो किस्ताको लागि सिफारिस गरेको लामो समय बितिसक्दा पनि किस्ता प्राप्त गर्ने, नसकेको–पुनरावेदन गरेर वर्षदिन भएपनि केही पनि समाधान नआएको, पहिलो किस्ता लिएर डिपिसि गरेको तर जग्गा संयुक्त नाममा भएकाले दोस्रो किस्ता नपाएको, घर पूर्ण क्षति भएको तर लाभग्राही सूचिमा नाम ननिस्केको र भरेको गुनासोको प्रक्रिया कहाँ पुगेको भन्ने बारे जानकारी नभएको, घर पूर्ण क्षति भएको तर सर्वेक्षणमा प्रवलीकरणमा परेको हुनाले प्रवलिकरणबाट पूर्ण क्षतिमा जान चाहेको पूर्ण क्षतिमा जान वडामा दिएको निवेदनको प्रक्रिया कहाँ पुगेको भन्ने जानकारी नभएको पाइयो भने बुँदा नं. ४ मा समाधानका लागि भए गरेका पहलहरु ः गनासो संकलन गरे पश्चात सार्वजनिक सनवाईमा नगर स्तरिय तथा गाउँपालिका स्तरिय भए नगर वा गाउपालिका प्रमुख, वडा अध्यक्ष तथा जिमाली प्रमुखद्वारा सहजीकरण गरिएको सम्बन्धित निकायलाई पत्रमार्फत ध्यानाकर्षण गराएको समस्या सम्बन्धी सम्बन्धित निकायमा बुझेर पिडितलाई जानकारी गराइएको थियो । बुँदा नं. ५ अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पुनर्निर्माण सम्बन्धी विद्यमान समस्या ः लाभग्राहीहरु लाभग्राही प्रकार बदल्न चाहनु (प्रवलिकरणबाट पुनर्निर्माणमा), भौगोलिक कठिनाइ, यातायात, एकआपसमा समन्वयको अभाव, समय समयमा निति नियमहरुको परिर्वतन, सरकारी अनुदान पुन निर्माण कार्यमा खर्च नभई अरु कार्यमा नै खर्चिने गर्दा समयमा निर्माण गर्न नसक्नु, लाभग्राहीहरुमा घर बनाउने भावना नभएको देखियो । बुँदा नं. ६ अन्तर्गत हासिल भएका केही सफलताहरु ः सामाजिक जवाफदेहीता औजारको विषयमा छलफल पछि सरकारी कार्यालयले अझबढी यसको प्रयोग गरेका छन् ।
स्थानीय निकाय र सेवा प्रदायक कार्यालय विचमा समन्वय गर्ने भएकोले नागरिकलाई सहज भएको छ । अवलोकन मार्फत् संरचनाहरुको गुणस्तर र पारदर्शिताप्रति नागरिक तथा सरोकारवाला सचेत बनेका छन् । बजार अवलोकन मार्फत् व्यापारीहरुमा कमजोरी सुधार भएको पाइन्छ । त्यसैगरी आ.व. ०७७÷०७८ को योजना अन्तर्गत समावेश भएका कार्यक्रमहरु ः निति तथा प्रगति बारे सरोकारवालाहरुसंग बैठक, पुननिर्माण अवलोकन, संयुक्त विद्यालय छलफल कार्यक्रम, सार्वजनिक सुनुवाई कार्यक्रम, गुनासो संकलन कार्यक्रम, पत्रकारसंग बैठक, सफलताको कथा लेखन, फेलोसिप लेखनमा चार जना सञ्चारकर्मीलाई अवसर प्रदान गरिने छ । वित्तिय प्रतिवेदन संकलन तथा छलफल, संघ, संस्था तथा बैकसंग छलफल, गैसससँग छलफल, सिमान्तकत वर्गसंग छलफल र सदाचार प्रतिबद्धता हस्ताक्षर गरी कार्यक्रमको विसर्जन गरिनेछ । सो प्रयोजनका लागि पाँच लाख एक हजार पाँच सय बजेट विनियोजन गरिएको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचारविरुद्धको सहकार्यले गरेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |