Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक पन्ना कागजको तीन करोड ६२ लाख, अरुलाई खनेको खाल्डोमा एकदिन आफैं परिन्छ ! अन्ततः पूर्णता प्राप्त ग¥यो प्रादेशिक रंगशालाले

प्रभातफेरी अनलाइन ५१३९ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण २०, मंगलबार (५ साल अघि)
एक पन्ना कागजको तीन करोड ६२ लाख, अरुलाई खनेको खाल्डोमा एकदिन आफैं परिन्छ ! अन्ततः पूर्णता प्राप्त ग¥यो प्रादेशिक रंगशालाले

प्रल्हाद शर्मा हुमागाईं
पनौती/लामो समयदेखि विवादित अवस्थामा पु¥याइएको प्रादेशिक स्तरीय रंगशाला अन्ततः निर्माण हुने भएको छ । पनौतीस्थित सिरानचौरमा निर्माणाधिन अवस्थामा रहेको रंगशाला संधियारी विवादका कारण गुरुयोजना सहित झण्डै तुहिएको थियो ।

पटक–पटक नगरपालिकालाई झुक्याउँदै, पटक–पटक राजनीतिक दलका प्रतिनिधिलाई झुक्याउँदै र आफ्नै परिवारलाई समेत पटक–पटक झुक्याउँदै, प्रमाण जुटाउँदै गर्दाको प्रतिफल कणेल परिवारले आज प्राप्त गरेको छ । यसलाई पनौतीवासीले उपलब्धीका रुपमा लिएका छन् । नागरिक अभियन्ता विश्वेश्वर बञ्जाराका अनुसार कणेल परिवारले धेरै पटक भुसाशुलीमा नागरिक समाज र नगरलाई हाल्दै आयो । अन्ततः आफैंले खनेको खाल्डोमा आफैं जाकियो ।

२०३१ साल श्रावण २ र १६ गते २ पटक गरी सो सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेता पनि भोगचलन गर्न भने सकेको थिएन । त्यति मात्र नभई पछिल्लो चरण तिरो समेत बुझाउने हिम्मत नभएको उनीहरुले नगरपालिकालाई झुक्याएर तिरो तिरेको प्रमाण बनाई न्यायालयबाट आफ्नो भोगचलनको साविती कायम गरेका थिए । जुन जग्गा स्थानीय युवाहरुले खेलकुद मैदानको रुपमा उपयोग गर्दै आएका थिए । अन्ततः नगरले जग्गा नभई लालपूर्जा किन्न विवश भयो तर पनि स्थानीयवासीहरु खुशी मात्र भएनन् कि यो तहसम्म पुगेर उन्मुक्ति दिन सफल भएकोमा सूत्राधारहरुलाई धन्यवादसम्म दिएका छन् ।

स्मरण रहोस्, नेपाल सरकार मन्त्री परिषद् कार्यालयमा उक्त कित्ता नं. १३२ को १७–१४–२–० को जग्गालाई सार्वजनिक कायम गरी पाउँ भनी आजभन्दा दुई वर्ष अगाडि विश्वेश्वर बञ्जारासमेत ८९ जना बौद्धिक व्यक्तिहरुले दिएको निवेदन उपर नेपाल सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले शक्तिको दुरुपयोग गर्दै नातावाद, कृपावाद, प्रशासनिक पहुँचका आधारमा सरकारलाई स्पष्ट रुपमा सार्वजनिक नगर्नका लागि नकारात्मक भूमिका खेलेकै कारण आज नगरपालिकाले नगरवासीको रगत, पसिनाबाट जम्मा भएको रकमबाट एक पन्ना लालपूर्जा किन बाध्य भयो । उक्त पानाको आज कुल खर्च ३ करोड ६२ लाख स्थानीय जनताको रगत पसिना खरानी भएको छ तर जे भएपनि नगरवासी खुशी छन् ।

अन्ततः जतिसुकै चलखेल र कु–नियतले आफ्नो बनाउन खोजिएता पनि पनौतीवासीको चाहनालाई कुण्ठित गर्न सकेनन् । केही वर्ष अगाडि देखिको चलखेल गत मंगलबार आएर चकनाचुर बन्न पुग्यो । यो अनुकरणीय भूमिकामा आफूलाई उभ्याउनुहुने ति सूत्राधारहरुलाई आभार व्यक्त गर्दै नगरपालिकाले तयार पारेको गुरुयोजना अनुसार अब रंगशाला बन्नेमा विवाद रहेन । स्मरण रहोस्, जालझेलका बिच कानूनी रुपमा नगरपालिकाले दुई पटक मुद्धा हारिसकेको थियो ।

तेस्रो पटक मुद्धा विचाराधीन भइरहँदा केही युवाहरुको चलाखीपूर्ण योजनाका साथ उक्त जग्गा नगरपालिकाको नाममा ल्याउन सफल भएको हो । यो सफल योजनापश्चात् अब रंगशाला बन्ने पक्कापक्की भएको छ । यस विषयमा थप जानकारी पनौती नगरपालिकाबाट पत्रकार सम्मेलन मार्फत् गराउने नगर प्रमुख भिम न्यौपानेले बताउनुभएको छ भने कणेल परिवारको तर्फबाट कुलदीप राज कणेलले सहकार्य गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण सूत्राधारहरुलाई आफ्नो सामाजिक सञ्जालमार्फत् आभार व्यक्त गर्नुभएको छ ।

०६९ सालमा केन्द्रीय बजेट अन्तर्गत नै बहुवर्षिय योजनाका रुपमा पनौती क्षेत्रीय रंगशालाको काम अगाडि बढेता पनि हालसम्म विवाद सिर्जना भएका कारण २१ करोडभन्दा बढी खर्च गर्न सकिरहेको थिएन । केही संरचना बनेता पनि पूर्णता पाउनमा भने समस्याकै रुपमा रहिरहेको देख्दा स्थानीयहरु चिन्तित समेत थिए ।

  • अरुलाई खनेको खाल्डोमा एकदिन आफैं परिन्छ ! अन्ततः पूर्णता प्राप्त ग¥यो प्रादेशिक रंगशालाले
  • एक पन्ना कागजको तीन करोड ६२ लाख
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0