Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लाखौं मूल्य बराबरको अवैध सामान बरामद

प्रभातफेरी अनलाइन ५४८७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
लाखौं मूल्य बराबरको अवैध सामान बरामद

उर्मिला यादव
नवलपरासी/जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट सोमबार अबैध केराउ ओसारपसारमा संलग्न एक ट्रक सामान सहित करिब २९ लाख ३३ हजार २ सय मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सोमबार बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाई रोकेर चेकजाच गर्दा ट्रकमा चार सय बीस बोरामा दुई सय दश क्विन्टल हरियो केराउ फेला परी सोधपुछ गर्दा उक्त केराउसँग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले ट्रक चालक सहित प्रहरीले सामान नियन्त्रणमा लिएको छ । उक्त केराउको अन्दाजी बजार मुल्य १६ लाख ८० हजार र ट्रकको बजार मुल्य अन्दाजी १० लाख गरी कुल २६ लाख ८० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यस्तै सोमबार बिहान इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर २ चाँदनी चोकबाट अन्दाजी ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० किलो हरियो केराउ बरामद गरेको छ । उक्त केराउ बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ४ बाइपासमा बेवारिसे अवस्थामा रहेको अन्दाजी ५० हजार मुल्य बराबरको ६ सय ५० किलो हरियो केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।
यस्तै गरी सोमबार नै दिउँसो सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको १९ बोरामा ५ सय ५० किलो हरियो केराउ पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरबाट बरामद गरेको जनाएको छ । उक्त केराउ मोटरसाइकलमा लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर सम्बन्धित व्यक्ति केराउको बोरा फाली भागेका प्रहरीले बताएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीबाट करीब ५४ हजार मुल्य बराबरको १४ बोरामा ६ सय ७५ किलो हरियो केराउ र अन्दाजी १३ हजार २ सय मुल्य बराबरको २ सय २० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्यास सिलिण्डर र ग्यास चुल्होमा प्रयोग हुने सामानहरु बरामद गरेको छ । बरामद भएका सम्पुर्ण केराउ, मालसमान, एक ट्रक र सोही ट्रक चालक समेतलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0