पनौती/नेपाल कम्युनिष्ट पार्टीका संगठित सदस्य गणेशबहादुर बस्नेतको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली व्यक्त पनौतीको संसरीदेवीस्थान आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाईंले सम्बोधनको क्रममा उक्त अभिव्यक्ति दिनुभएको हो ।
सोमबार भएको श्रद्धाञ्जली कार्यक्रममा मेरो गोरुको बाह्रै टक्का भनेर एकता प्रक्रिया भड्काउन कसैलाई पनि छुट नभएको बताउनुहुँदै एकता प्रक्रियालाई तल्लो तहसम्म हुन नसक्दा सांगठनिक रुपमा अतुलनीय क्षति भएको छ । संगठित सदस्यहरुले पहिल्याएको बाटोलाई पार्टीले आत्मसात गर्न सकेन भने यस्ता खालका एकछिने श्रद्धाञ्जली कार्यक्रमहरु अर्थहिन हुन पुग्छन् । त्यसैले कार्यक्रमले जतिबेला गति लिन्छ, त्यतिबेला त्यो योद्धाको योगदानको कदर हुन्छ, तब मात्र संगठित सदस्यहरुको आत्माले शान्ति प्राप्त गर्नेछ । सम्बोधनकै क्रममा पार्टी एकता प्रक्रिया पछि पर्नुका बारेमा कसैले कसैलाई आरोप लगाएर उम्कने अवस्था रहन्न । जिम्मेवार बहन गर्नेहरु सबैले कार्यकर्ताको बिचमा आलोचित स्वीकार्नु पर्छ । कार्यकर्ताको मनोभावना बुझेर आफू एकता प्रक्रियालाई छिटोभन्दा छिटो मूर्त रुप दिन लागिपरेकै हो तर केही त्यस्ता अड्चनहरुकै कारण ढिलासुस्ती हुन पुग्यो । त्यसका लागि म व्यक्तिगत रुपमा आलोचना स्वीकार्न तयार छु । अन्य जिम्मेवार नेतागणले पनि स्वीकार्नुपर्छ । अब छिट्टै नै तल्लो कमिटीसम्म पार्टी एकताले पूर्णता लिने विश्वास अध्यक्ष चौलागाईंले कार्यक्रममा खुलासा गर्नुभएको थियो ।
आज जुन सवाल उठेको छ, त्यो यथार्थ हो । यो सवाल पहिल्यै उठ्नु पथ्र्याे, जसले नेतृत्व पंक्तिलाई ब्युँझिन कर लगाउँथ्यो । जे भएको छ आज राम्रो भएको छ । ढिलै भए नि भिम न्यौपाने जस्ता जिम्मेवार नेतृत्वले सार्वजनिक कार्यक्रममा पार्टी एकताको चासो उठाउनुभएको छ । यसले पार्टी पंक्तिलाई चुस्त दुरुस्त राख्नुका साथै एकता प्रक्रिया टुंग्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । म व्यक्तिगत रुपमा उहाँप्रति यहि मञ्चबाट हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु । आज प्रत्येक इमान्दार कार्यकर्ताको भावना सार्वजनिक रुपमा राखिदिनुभएको छ । जसबाट पक्कै पनि इमान्दार कार्यकर्ताले नेता न्यौपानेजीप्रति आभार व्यक्त गरेकै हुनुपर्छ । आजको श्रद्धाञ्जली सभा अत्यन्तै महत्वपूर्ण सभाको रुपमा स्थापित भएको मैले महसुस गरेको छु । तसर्थ, जिम्मेवार नेतृत्वबाट उठेका विषयवस्तुहरुलाई आत्मसात गर्दै दशैं अगावै मूर्त रुप दिने वचनबद्धता समेत अध्यक्ष चौलागाईंले व्यक्त गर्नुभएको थियो । आज जुन कार्यक्रममा जुटेका छौं, यसको मर्म विपरित हामी कम्युनिष्ट कार्यकर्ताहरु जानेछैनौं । निष्ठावान्, सामाजिक, जिम्मेवार सफल नेतृत्व पार्टीले गुमाएको यो संवेदनशील घडिमा पार्टीपंक्ति मर्माहत हुन पुगेको छ । स्वर्गीय गणेशबहादुर बस्नेतले समाज रुपान्तरणका पक्षमा देखेका सपनाहरु पार्टीले पूरा गर्नेछ । त्यो दायित्व हामी प्रत्येक कार्यकर्ताको दायित्व, कर्तव्य, जिम्मेवारी समेत हुने अध्यक्ष चौलागाईंको जिकिर थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अग्रज नेतृत्व एवं पनौती नगरका नगर प्रमुख भिम न्यौपानेको कथन थियो– पार्टीले एउटा होनहार, सामाजिक अभियान्ता गुमाएको छ । यस क्षेत्रमा गणेशजीको योगदानको पार्टीले कहिल्यै भुल्ने छैन । नगर प्रमुखको हैसियतमा मात्र नभई सिंगो पार्टीपंक्ति यस घटनाबाट मर्माहित भएको छ । हामीलाई गम्भीर पारेको यस घडिमा जुनसुकै कार्यकर्ताको परिवारलाई पार्टी अभिभावकत्व दिन तयार छ । त्यसैले परिवारका सदस्यहरुले अभिभावकत्वविहिन भएको महसुस गर्नुपर्ने छैन । आज यहि मञ्चबाट उद्घोष गर्नेछु । कुनै पनि तह र इकाईमा रहने क्रियाशील कार्यकर्ता एवं नेतृत्वलाई अभिभावकविहिन भएको महसुस हुन दिने छैन । सवाल स्व. गणेश बहादुरले उठाउनुभएको अभियान छ, ति सबै योजनाहरु क्रमबद्ध रुपमा पूरा गरेर उहाँप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्नेछौं । यि सबै काम पूरा गर्न पनौतीमा नेकपा पार्टी चाहिएको छ । किन पनौतीमा पार्टी चलायमान भएन ? सार्वजनिक रुपमै पार्टी अध्यक्षसामु नगर प्रमुख न्यौपानेले प्रश्न गर्नुभएको थियो । प्रत्येक कार्यकर्ताको मनोभावना अनुरुप पार्टीलाई चलायमान बनाउने दायित्व नेतृत्वको हो । त्यसैले पनौती नगरलाई पार्टी चाहिएको छ, नगर प्रमुख न्यौपानेको कथन थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश सचिवालय सदस्य एवं संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज), प्रदेश सदस्यहरु इन्द्रबहादुर थिङ छिन्ताङ, रामहरि सुवेदी, मिमबहादुर वाइबा (ज्वाला), तुयुकाजी ताम्राकार, प्रदेश सांसद चन्द्र लामा, बसुन्धरा हुमागाईं, जिल्ला कमिटी सदस्य दैवलाल घिसिङ, होमबहादुर खुलाल, राकेश लामा, नेकपाका नेताहरु रामकृष्ण हुमागाईं, रमेश पौडेल, विश्वेश्वर बञ्जारा, दीपक थापा, प्रेस सेन्टरका पूर्व अध्यक्ष रामकृष्ण बञ्जारा, उपप्रमुख गीता बञ्जारा, नगर संयोजक राजेन्द्र सापकोटा, सहदेव थापा, रमेश हुमागाईं, सौगात बस्नेत, ईश्वर बञ्जारा, नरेन्द्र बस्नेत, समाजसेवी धर्मराज बञ्जारा, बुद्धिजीवि एवं अग्रज कम्युनिष्ट समर्थक रामप्रसाद बञ्जारा लगायत सयौंले स्व. गणेशबहादुर बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. बस्नेतको जीवनी र उहाँले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानका बारेमा बुद्धसिं थापा, गोपाल दाहाल र हरिशरण बस्नेतले चर्चा गर्नुभएको थियो । कार्यक्रममा कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम पनौती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बुद्धसिं थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |