Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जहाँ चाहना त्यहाँ उपाय, असम्भव भन्ने कहीँ छैन ः ई. बस्नेत

प्रभातफेरी अनलाइन ६४८४ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन २७, मंगलबार (५ साल अघि)
जहाँ चाहना त्यहाँ उपाय, असम्भव भन्ने कहीँ छैन ः ई. बस्नेत

पनौती/केही गर्न सकिन्नँ, बजेट छैन भनेर झारा टार्ने नेतृत्वहरुका लागि गोरखनाथ मन्दिर परिसरमा स्थापना हुन लागेको पार्क सहित गणेश मूर्तिको स्थापनाले चुनौती दिएको छ ।
ऐतिहासिक धार्मिक स्थल गोरखनाथ मन्दिरको प्रांगणमा स्थापना हुन लागेको पूर्णकदको गणेश मूर्तिले धार्मिक आस्था कस्तो हुँदो रहेछ भन्ने पुष्टि गरेको निर्माण समितिका सल्लाहकार एवं इन्जिनियर रामकुमार बस्नेतले बताएका छन् । जहाँ चाहना, त्यहाँ उपाय भनेझैं मन्दिरै मन्दिरको शहर भनेर चिनिने ऐतिहासिक धार्मिक नगरी पनौतीमा पूर्णकदसहितको गणेश मूर्तिको अभावलाई पूर्ण गर्न स्थानीयले चासो राखेपश्चात् लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ बि १ को पहलमा सम्भावनाको खोजी भएको थियो । त्यहिँबाट प्राप्त उर्जाले आज यो रुप लिन सफल भएको इ. बस्नेतको तर्क छ । पञ्चधातुबाट निर्मित ९ फिट अग्लो मूर्ति स्थापनाका लागि स्थानीय समाजसेवीहरुको प्रयासमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञबाट आरम्भ भएको हाम्रो यो यात्रा आजको दिनसम्म आइपुग्दा समाजले कल्पना गरेभन्दा माथि शिखर चुम्न सफल भएको छ । पछिल्लो समय चन्दादाताहरुको लर्काे नै यो अभियानका लागि लागेका छ । सामाजिक व्यक्तित्व देखि संघसंस्था र पनौती नगरपालिकाले समेत उद्धार हृदयले सघाएका छन् । जसको प्रेरणाबाट धार्मिक, पर्यटनको क्षेत्रमा अनुकरणीय योगदान पुग्नेमा निर्माण समिति पुगेको इ. बस्नेतको दाबी छ ।
कोभिड–१९ का कारण केही महिना निर्माण कार्यमा सुस्तता आएपनि पछिल्लो समय द्रुत गतिमा निर्माण कार्य अघि बढेको छ । जसबाट सामाजिक क्षेत्रमा हराउँदै गएको मानव सेवाको भावनालाई जीवन्त राख्ने प्रेरणा यो अभियानले दिएको इ. बस्नेतको तर्क थियो । जनस्तरबाट यस्ता किसिमका अनुकरणीय कार्य भएपश्चात नगर प्रमुख भिम न्यौपाने पनि उत्साहित हुनुभएको छ । जुन हौसलालाई मलजल गर्नको लागि महत्वपूर्ण भूमिका निभाइराख्नु भएको छ । उहाँले यो अभियानमा देखाउनुभएको चासोले पनि ति कुराहरुलाई पुष्टि गर्दछ । नगर प्रमुख न्यौपानेका चाहनालाई पूरा गर्न यस वडाका वडा अध्यक्ष सुधिर सापकोटाको पनि अनुकरणीय भूमिका रहेको छ । वडाबाट जुन साथ र सहयोग यो अभियानको लागि मिलेको छ, त्यसको प्रतिफल आज यो अभियान सफलतातर्फ अग्रसर हुँदै गएको छ । तसर्थ, जुन उद्देश्यसहित निर्माण सम्पन्न गर्न गईरहेका छौं, त्यसका लागि सहयोगी हातहरुलाई अझ निरन्तर सहयोगको अपेक्षा राख्दै उहाँहरुको योगदानको कदर गर्दै निर्माण सम्पन्न पश्चात सम्मान सहित उहाँहरुको योगदानलाई सार्वजनिकरण गर्ने प्रतिबद्धतासमेत रहेको सल्लाहकार इ. बस्नेतले व्यक्त गर्नुभएको थियो ।


यसैगरी सामाजिक, बौद्धिक धरोहर, धार्मिक व्यक्तित्व एवं निर्माण समितिका प्रमुख सल्लाहकार ओतबहादुर खड्काको कथन छ– पनौती नगरपालिका वडा नं. ६ दलिन्चोकमा निर्माण हुन लागेको सौन्दर्य पार्क र पूर्णकदसहितको गणेश मूर्तिको स्थापनाले यस क्षेत्रमा धार्मिक पर्यटनको लागि उद्गम स्थल बन्ने विश्वास रहेको बताउनुभएको छ । यसको महत्व र अर्थका बारेमा जति नै चर्चा गरेता पनि अपूरै रहनेछ । जनस्तरबाट जुन प्रयास भएको छ, त्यसले समाजमा केही गर्नुपर्छ भन्नेहरुका लागि उर्जा मिलेको छ । उत्तर प्रयागको रुपमा धार्मिक महत्व बोकेको यो भूमिमा स्थापना हुन लागेको पूर्णकदसहितको गणेश मूर्ति र पार्क निर्माणमा जुटेको जन–लहरलाई हेर्ने हो भने असम्भव भन्ने केही छैन । मात्रै चाहना र भावना हुनुपर्छ । हामी नेपाली जुनसुकै चुनौती उठाउन सक्षम छौं भन्ने उदाहरणको प्रतिबिम्ब हो यो अभियान भन्नुहुन्छ बौद्धिक धरोहर खड्का ।
स्मरण रहोस्, जुन विषयवस्तुको परिकल्पना गर्दा केही व्यक्तित्वहरुले हावामा उडाउने काम समेत गरेको अभियानका अभियान्ताहरु पोखेका थिए । धैर्यता हुनुपर्छ, पक्कै पनि पूरा गर्न सकिन्छ भन्ने उदाहरण यो अत्याधुनिक पार्क र गणेश मूर्ति स्थापनाका लागि जनस्तरबाट जुटेको सहयोगले पुष्टि गरेको छ । निर्माण सामग्री र नगद समेत निरन्तर जुटिरहेको छ, जसले निर्माण कार्यमा कुनै कुराको कमीको महसुस नहुने संकेत गरेको छ । पारदर्शी ढंगबाट आफूहरु प्रस्तुत भएकै कारण आज यो सफलता मिलेको निर्माण समितिको ठम्याई छ । युवाहरुको विशेष सहभागिता रहेको यो अभियानमा थप उर्जा मिलेको निर्माण समितिका सचिव हरिशरण कार्कीको छ । अनुगमन समितिका संयोजक हरिकृष्ण बस्नेतको तर्क छ– जुन रफ्तारमा काम भएको छ, त्यसको उपज मान्नुपर्छ आजका सहयोगी हातहरु । गुणस्तरीय निर्माणको क्षेत्रमा कुनै सम्झौता हुनेछैन । हामी यही रफ्तारमा पौष महिनाभित्र निर्माण सम्पन्न गरेर सार्वजनिक सुनुवाई मार्फत् फरफार गरेर नमूना पेश गर्नेछौं बस्नेतले खुलासा गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0