logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

कपिलवस्तुमा अबैध समान बरामद

प्रभातफेरी अनलाइन८०३८ पटक पढिएको प्रकाशित मिति: २०७७ पौष २९, बुधबार(५ साल अघि)
कपिलवस्तुमा अबैध समान बरामद

धनी राम काेरी 
कपिलवस्तु/जिल्लाकाे नगरपालिका वडा नं २  कुदान स्थितमा खटिएको प्रहरी टोलीले  अबैध रुपमा भारतबाट नेपालतर्फ  ल्याउदै गरेको  अबैध समान  प्रहरीलेद्वारा बरामद गरिएको छ ।
प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको सुट कपडा ८० मिटर , पायन्ट ४४ मिटर , चिनी २०० के.जी , तेल २३ लिटर , ग्यास चुलो ५ थान , बिस्कट , सुर्ती  , बनारसी आसिक ३४ प्याकेट गरी जम्मा अनुमानित  मुल्य रु १,२५,००० ।– (एकलाख पचिस हजार ) बराबरको अबैध समानहरु नियन्त्रणमा लिएको कपिलवस्तु का  एस. पी. नवराज अधिकारीले जानकारी दिनु भयो ।
अबैध समानहरु  आवश्यक कार्वाहीको लागि  सुठौली भन्सार कार्यालय मा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।