Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओलीले पार्टी कमिटीलाई अवमूल्यन गरेकै कारण आज यो अवस्था आएको छ ः नेता तामाङ

प्रभातफेरी अनलाइन ७३४० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २८, बुधबार (४ साल अघि)
ओलीले पार्टी कमिटीलाई अवमूल्यन गरेकै कारण आज यो अवस्था आएको छ ः नेता तामाङ

काभ्रे । ओली सरकारले चालेका असंवैधानिक कदमका विरुद्ध सशक्त आन्दोलन अगाडि बढाउने नेकपा काभ्रे जिल्ला कमिटीको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सह–इन्चार्ज हितबहादुर तामाङले उक्त भनाइ राख्नुभएको हो ।

ओली झुण्डले जति नै भ्रमको खेती गरेता पनि त्यतातर्फ जनमत केन्द्रित नभएको खुलासा गर्दै ओलीको सानो गुट र राजावादीहरु मात्रै प्रतिगमनको पक्षमा देखिएको नेता तामाङको तर्क थियो । संसद विघटनका विरुद्ध सिंगो मुलुक ओलीको विरुद्धमा छ । देशका सबै राजनीतिक दल प्रतिगामी कदमका विरुद्ध अहिले सडकमा छन् । यदि बचाउमा छन् भने राजावादी र ओलीको झुण्डले भ्रमको खेती गरेर प्रतिगमनको पक्ष पोषण गरिरहेको छ । त्यसैले आफ्नो गल्ती सच्याउनुको विकल्प छैन । ओलीले जुन असंवैधानिक कदम चालेर मुलुकलाई नै संकटमा पु¥याएको छ, यो संकटको अवस्थामा राष्ट्रप्रति समर्पित कर्मठ योद्धाहरु रमिते बन्न नसक्ने तामाङको जिकिर थियो ।

लामो संघर्ष र बलिदान त्यागपछि प्राप्त भएका सीमित अधिकारहरुको संरक्षण गर्नु तमाम न्यायप्रेमी जनसमुदायको पनि दायित्व भएको बताउनुभएको छ । यो उपलब्धी प्राप्त गर्नका लागि वरिष्ठ अग्रज नेताहरु झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल लगायतको ठूलो त्याग छ । उहाँहरुले सिंगो नेतृत्वको हैसियतलाई त्यागेर सामान्य नेताको रुपमा बस्न स्वीकार गर्नु के त्यो त्याग होइन ? गणतन्त्र र संघीयतालाई स्थायित्व हुन्छ भने के फरक पर्छ भन्ने भावले उहाँहरुले त्याग गर्नुभयो तर त्यही त्यागलाई ओलीले कमजोरीको रुपमा लिएको समेत बताउनुभएको छ । जुन संघर्ष र बलिदानबाट पार्टी एकता भयो, त्यो एकताका लागि नेताहरुले गर्नुभएको त्यागको कुनै मूल्यांकन ओलीले गरेनन् । ओलीमा मौलाएको अहम्ताले चरम रुप लिएको छ । जुन किसिमको अहम्ताले नै पार्टी कमिटीलाई अवमूल्यन गर्न पुग्यो । पार्टीको निर्णय नमान्ने, सबथोक आफैं हुँ भन्ने, सर्वेसर्वा मै हुँ भन्दै पार्टी र पार्टीको नीति पेलेर गएकै कारण पार्टीले ओलीलाई छाड्न बाध्य भएको विस्तारित बैठकमा नेता तामाङले स्मरण गराउनुभएको थियो ।

ओलीको घमण्डकै कारण आज मुलुक गम्भीर संकटको अवस्थामा पुगेको छ । विदेशी चलखेल ह्वात्तै बढेको छ, महँगी चरम उत्कर्षमा पुगेको छ । झण्डै दुई तिहाइको नजिक रहेको ओली सरकारका विरुद्ध सिंगो मुलुक विरोधमा उत्रिएको छ । यो सबैको जड भनेकै स्वयं ओली हुन् । उनको सर्वसत्तावाद र तानाशाही प्रवृत्तिकै कारण आज तमाम न्यायप्रेमी सडकमा भएको नेता तामाङको जिकिर थियो । उक्त विस्तारित बैठकलाई केन्द्रीय अनुशासन आयोगका सदस्य तथा पूर्व सांसद शिवबहादुर देउजा, बागमती प्रदेशका सचिवालय सदस्य एवं पूर्व राज्यमन्त्री सूर्यमान दोङ, प्रदेश सदस्यहरु कृष्णप्रसाद सापकोटा गंगाबहादुर तामाङ, तेजबहादुर मिजार, विदूर सापकोटा, जिल्ला अध्यक्ष रुकु चौलागाईं, प्रदेश कमिटी सदस्यहरु बसुन्धरा हुमागाईं, रत्न ढकाल, इन्द्रबहादुर थिङ, मिमबहादुर वाइबा, संविधान सभा सदस्य रेणुका चौलागाईं लगायतले आ–आफ्ना धारणाहरु राख्दै आज काठमाडौं केन्द्रित आन्दोलनलाई कसरी बढीभन्दा बढी सहभागी जुटाएर सफल बनाउन सकिन्छ भन्ने अभिव्यक्तिहरु राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0