Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिक साखलाई जोगाउन नेतृत्व हस्तान्तरण गर्न जरुरी छ, प्रतिनिधि सभा विघटन गर्न किन बाध्य भए ओली ?

प्रभातफेरी अनलाइन ७९८९ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार (५ साल अघि)
राजनीतिक साखलाई जोगाउन नेतृत्व हस्तान्तरण गर्न जरुरी छ, प्रतिनिधि सभा विघटन गर्न किन बाध्य भए ओली ?

आइ.आर.के.मैनाली
बनेपा- प्रधानमन्त्री केपी ओलीले आफ्नो शक्ति देखाउंदै सवैपक्षलाई आफ्नो वहसमा राख्ने ढंगको कार्य गर्दै निरन्तर अगाडी बढे । जसले गर्दा पार्टीभित्र चरम रुपमा विवाह रह्यो । आन्तरिक विवाद मिलाउने तर्फ कुनै चासो नदेखाउदा पार्टी विवादले चरम रुप लिन पुग्यो ।

पार्टी अध्यक्ष साथै प्रधानमन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्दै अगाडी बढेका ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । राजनीतिक जीवन सुरु गरेको चार दशकपछि पार्टीको नेतृत्वमा पुगेका ओलीले पछिल्ला सात वर्षमा निकै उचाई हासिल गर्न सफल भएका थिए । उचाई हासिल गर्न धेरै समय लागेपनि पछिल्लो समयमा ओरालो लाग्ने क्रम निकै तिब्र गतीले बढेको छ ।

पछिल्लो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक बर्ष पुग्दासम्म ओलीको चौतर्फीरुपमा हाई—हाईको अवस्था थियो । चौतर्फीरुपमा आएको सकारात्मक शंदेले हौसदा उचाईलाई उकास्नुको बदला घटाउनतीर सुरुभयो । पार्टीको आन्तरिक विवाद मिलाउन कोसिस नै नगरीे प्रतिनिधिसभा विघटनसम्बन्धी असंवैधानिक निर्णय ले थप समस्या पारेको छ ।

२०२९ असारमा नेकपा झापा जिल्ला कोअर्डिनेसन कमिटीका सचिव राधाकृष्ण मैनाली बिरामी परेपछि ओली पार्टी सचिव बन्ने अवसर पाएका थिए तर सो जिम्मेवारी वहन गर्न नसकेपछि त्यही वर्षको फागुनमा कारबाही भयो । राजनीतिक दौघधुपकै क्रममा १४ वर्ष जेलजीवन विताएका थिए । जेल मुक्त भएपछि निरन्तर राजनीतिमा सक्रिय हुदै जाने क्रममा पार्टीभित्रै ‘बागी’ को भूमिकामा अग्रपंतिमा रहन्थे । नवौं महाधिवेशनबाट पार्टी अध्यक्ष बनेका ओलीले दुई पटक सरकारको नेतृत्व गर्ने मौका पाए । नवौं महाधिवेशनयता हाल सम्म पार्टी अध्यक्षकै जिम्मेवारी पाएका छन् ।

पछिल्लो समयमा आएर पार्टी दुई तिहाइ बहुमत निकट पुग्नुको कारण आफू नै रहेको दम्भ गर्दै आफू नरहँदा व्यवस्था नै डामाडोल पारिदिनेसम्मको धम्की सहकर्मीहरूलाई दिए । २०७२ मा भारतले नाकाबन्दी लगाउँदा सारा नेपाली जनता त्यसको विरुद्धमा उठे । त्यतिबेलै नेपाल सरकारको नेतृत्वमा पुगेका ओली उक्त आन्दोलनका नेता भए । जसले गर्दा ओलीमा दम्भ उत्पन्न भयो जसका कारण उनले हासिल गरेको उचाई ओरालो लाग्न सुरुभयो ।

गत प्रतिनिधिसभाको चुनाव जितेप आफ्नै कारण वाम गठबन्धनले दुई तिहाइ ल्याएको हो भन्ने ओलीको ‘हुँकार’ पटकपटक सुनिन्छ । नाकाबन्दीका बेला जनताले गरेको असीमित विश्वासका कारण बढेको ओलीको अहम् प्रधानमन्त्री बनेपछि अनियन्त्रित हुनुको कारण पार्टीभित्र चरम रुपमा विवाद सुरुभयो । प्रधानमन्त्री बनेको पहिलो कामको सुरुवाती राज्यसंयन्त्र चलाउने तर्फ भयो । उनले पहिलो कामको रुपमा राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धानजस्ता महत्त्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएर शक्तिकेन्द्रित गर्दै आएका ओलीले पार्टी र सहकर्मीको वास्तै गरेनन् ।

पार्टी भित्र कसैलाई वास्ता नगर्नको लागि हौसला दिनेमा उनकै टिमभित्रै यथेष्ट थिए । मन्त्रिपरिषद् बैठकमा आफूलाई मन नपरेका मन्त्रीलाई बोल्नै नदिने र कसैको पनि सुझाव ग्रहण नगर्ने कारणले गर्दा उनीविरुद्ध मोर्चाबन्दी सुरु हुनपुग्यो । ओलीले अड्कल गरेझैं उनी पार्टीभित्र प्रिय छैनन् भन्ने कुराको टुंगो २०७६ माघको केन्द्रीय कमिटी बैठकमा लाग्यो । त्यसपछि उनी र उनको टिम झस्किएको थियो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसित मिलेर वरिष्ठ नेता माधव नेपाललाई एक्ल्याउँदै आएका ओलीले त्यसपछि भने नेपाललाई फकाउन थाले । पूर्वएमाले पक्षधरहरू एक हुनुपर्छ भन्ने उनको अभियान सफल हुन सकेन । त्यसअघि उनले आफ्नो अनुकूल हुने गरी सभामुख चयन गर्ने र संसद्मा विचाराधीन एमसीसी सम्झौता अनुमोदन गराएर अघि बढ्ने गरी चालेको रणनीति पनि सफलहुन सकेन ।

गत वैशाख ८ गते उनले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश उनकै लागि प्रत्युत्पादक बन्यो । त्यही पृष्ठभूमिमा दाहालसहितका सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अर्को कदम के हुन सक्छ भनेर उनी गम्भीर चिन्तनमा लागे । वैशाख १५ मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफ्नो निवासमा बोलाएर प्रतिनिधिसभा विघटनको उपायबारे सोधेका थिए तर प्रधानन्यायाधीशले संविधानतः त्यसो गर्न नमिल्ने राय दिएका कारण हच्चीएका थिए ।

ओलीले अध्यक्ष दाहाल र अरू नेताहरूसँग ‘म नरहे व्यवस्था नै रहँदैन’ भन्ने चेतावनी दिन सुरुभयो । तर संविधानका दफा–दफा केलाएका नेताहरू ओलीले कुनै अप्रिय कदम चालिहाल्छन् भन्नेमा थिएनन् । उनीविरुद्धको मोर्चाबन्दी भने एकदमै कसिँदै गयो । मोर्चाबन्दी वैशाखयता तीव्र भयो । झम्सीखेल, बानेश्वर र दाहालको खुमलटार निवाससम्ममा के–के भइरहेछ, त्यसको सूक्ष्म जानकारी लिन प्रधानमन्त्रीले आफुनिकटलाई अह्राएका थिए ।
आफ्नो सत्ता जोगाउन ओलीले दाहाल र नेपालमध्ये एक जनालाई हातमा लिएर अर्कालाई किनारा लगाउने प्रयास पनि नगरेका होईनन् तर सम्भव भएन । उनी पार्टीको शक्ति सन्तुलनमा झन्झन् कमजोर देखिँदै गए ।

संसदीय दलको विश्वास लिन उनीसँग बहुमत सांसद नभएकै कारण नेतृत्व हस्तान्तरण गर्नुको बदला बाध्य भएर ओलीले प्रतिनिधिसभा विघटनको बाटो रोजे । संसद् विघटनको मार्गले ओलीको राजनीतिक अवस्था पतनको मार्ग सावित हुन पुग्यो । सर्वोच्चको फैसला पछि सांसदहरुलाई आफुतर्फ आकर्षण गराउने खेल सुरुभएको छ, सो खेलमा ओली सफल हुन सक्छन् तरपनि राजनीतिक बृत्तमा ओली मात्रै नभई गुटनै कलंकित सावित हुन सक्छ । ओलीले आफु र आफ्ना गुटलाई कलंकित हुनबाट जोगाउने हो भने उनकै नेतृत्वमा भत्कन लागेको पार्टीलाई मर्मत संभार गर्दै नेतृत्व हस्तान्तरण गर्न जरुरी रहन्छ ।

  • प्रतिनिधि सभा विघटन गर्न किन बाध्य भए ओली ?
  • राजनीतिक साखलाई जोगाउन नेतृत्व हस्तान्तरण गर्न जरुरी छ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0