logo
२०८३ अषाढ १२, शुक्रबार |
📰
🔍

पैसा भएर मात्र हुन्न मन पनि फराकिलो हुनुपर्छ, उदाहरणिय बने हुमागाईं

प्रभातफेरी अनलाइन६७५४ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ४, शुक्रबार(५ साल अघि)
पैसा भएर मात्र हुन्न मन पनि फराकिलो हुनुपर्छ, उदाहरणिय बने हुमागाईं

बिपशना शाक्य
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराउनुहुँदै पैसा भएर मात्र हुन्न मन पनि फराकिलो हुनुपर्छ भन्ने उदाहरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिब प्रसाद हुमागाईले दिनुभएको छ ।


मंगलबार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको छ । नाकुते भन्ने स्थानमा पहिरो गइ खोला थुनिएर आएको भनिएको बाढिले मेलम्ची खोला आसपासका बस्तीमा क्षति पुर्याएको छ । क्षतिको विवरण बुझ्न मेलम्ची पुगेका केन्द्रीय सदस्य हुमागाईले विस्तापित परिवारका लागि तत्कालको सहयोग भन्दै २ हजार के.जी चामल हस्तान्तरण गर्नुभएको थियो । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा, क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतसिंह तामाङ, तथा मेलम्ची नगर सभापति मधुसुदन सिग्देल मार्फत चामल हस्तान्तरण गरेका हुन । विपत्तिमा परेकाहरुको संख्या यकिन गर्न र आवश्यकता पहिचान भए पछि अन्य सहयोगको लागि पनि आफू तयार रहेको हुमागाईले बताउनुभयो ।


नेपाली काग्रेस मेलम्ची नगर समितिको तर्फबाट बाढि पिडितहरुका लागि राहत तथा विपद व्यवस्थापन समिति निर्माण गरि नगरपालिकासँग समन्वय गरेर राहत वितरणको कार्यलाई अगाडि बढाउने नगर सभापति सिग्देलले बताउनुभएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य हुमागाई सँगै पत्रकार महासंघ काभ्रे शाखाका पूर्व सभापति नारायण सापकोटा, तरुण दल पनौतीका अध्यक्ष महेश थापा,ट्रेड युनियन संघीय प्रतिनिधि रधुनाथ हुमागाईको सहभागी रहेको पत्रकार नवराज सापकोटाले जानकारी गराएका छन्।