प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे
एकदम छोटो समयको घुम्ने निर्णय । उस्तै छोटो समयको तयारी । कौतुहलता धेरै,घवराहट अलिअलि । लहडै लहडमा भिसाको लागि प्रेम भाईलाई पासपोर्ट थम्याइदिएका थियौं । उनले केहि दिन पछि नै थाइल्याण्ड र मलेसियाको भिसा लगाएर टिकट र होटल समेत कन्फ्रम गरिदिएको जानकारी दिए । यात्रा तय भएको एक हप्तामै हामी थाइल्याण्ड हानिएका थियौं । वि.सं.२०७५ साउन ३० गते साइत जुर्र्याे ।
मज्जाले हुस्सु र बादलभित्र बेरिएर हाम्रो ल्पेन आकासमा उड्दै थियो । सायद एयर ट्राफिक जामले पो हो कि करिव पन्ध्र मिनेट आकासमा घुमाइ पछि बैंककको सुवर्णभूमी अन्तराष्ट्रिय हवाइमैदानमा अवतरण भयो । भारी वर्षाले पनि सितलता दिंदै हाम्रो स्वागत गरेजस्तो भान पथ्र्याे । मनमा उत्साह र कौतुहलले विभिन्न प्रकारका घरहरु बनाइरहेका थिए । साँझ ढलिसकेको थियो । अध्यारोमा रम्ने बानी परेका हामीहरुको लागि हवाइजहाजको भित्रवाट देखिएको बैंककको झिलिमिली दृष्यले मनलाई तान्दै थियो । केदार दाइले ब्याग झिकेर झर्न इशारा गर्नुभयो । हामी बाहिर निस्कन लामवद्ध भयौं ।
मनका रहरहरु बल्ग्रेन्ती थिए । मेरो ध्यान त्यहाँको दृष्यले तानिरहेको थियो । हामी त्यहाँको अध्यागमनमा प्रवेश गरेका थियौं । आमामा म त्यहाँको भब्यता र विशालताले चकित परें । अनि त्यहाँको ब्यवस्थापन । अहा । सम्झिंए हाम्रो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल । अहँ कुनैपनि मानेमा मैले तुलना गर्न सकिन् हाम्रो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलसँग । मानिसको लर्काे कति लामो । मानिस ब्यस्त छन् । हतारोमा उत्तिक्कै । हामी सोधखोज गरेर बल्लबल्ल पत्ता लगायौं । लाइनमा लाग्यौ । थाहा थिएन फर्म भर्नुपर्छ भनेर । ल्पेनमै परिचारिकाले वितरण गरेकी रहिछन् फारम । हामीले ख्याल गरेनौं । त्यहाँ लाइनमै बसेर मैले दुबैको फारम भरें । सजिलै अध्यागमन पार गर्यौं हामीले । अलिकति भाट सटही गरर्यांै । नयाँ ठाँउ,नयाँ परिवेश मात्र नभएर यो पहिलो यात्रा थियो भारत वाहिर । हामीमा उत्सुकता धेरै तथा अलिअलि असहजता त हुने नै भयो ।
हामी एयरपोर्टवाट पतैया सिधै जाने कार्यक्रम थियो । हामीलाई त्यहाँ लिन कोहि आएर बसेको हुन्छ भनेर पहिल्यै जानकारी गराइएको थियो । तर निर्धारित समयभन्दा हामी एकघण्टा ढिलो भएका थियौं । त्यहि भएर मनमा आशंकाले घर गर्ने नै भयो कतै लिन आएका फर्किसके कि भनेर । यताउति भौतारिरहेउ हामी । हामी यात्राको पाठशालामा थियौं । त्यहि भएर जे हुन्छ सहज लिनु बाहेक विकल्प पनि त हुन्थेन हाम्रो सामु । बल्लबल्ल पि.एण्ड के.सापकोटा भनेर नाम लेखिएको ल्पेकार्ड बोकेर एक सज्जन थाई उभिएको देखें मैले । सोधपुछ गरें, उनी हामीलाई नै कुरेर बसेका रहेछन् । दुई मिनेट त्यहिं बस्न आग्रह गरे सज्जनले । दाईलाई चुरोटको तलतलले गाँजेको रहेछ । उहाँले एक खिल्ली चुरोट पिउनुभयो । हाम्रो कार आइपुग्यो । ति सज्जनको नाम रहेछ दोखा । उनले हाम्रो ब्याग कारभित्र हालिदिए र विदा भए । युवा रहेछन् कार चालक नाउ । सडक प्रायः सुनसान थियो । उनको कार हँकाई कम्तीमा प्रति घण्टा एकसय दश किमी थियो । नाउसँग मैले त्यताको बारेमा थुप्रै जिज्ञासा राख्ने यत्न गरें । तर उनी र हामीमा भएको भाषागत समस्याले ति सब थाति रहे । उनी अग्रेजी जान्दैनथे,थाइ भाषा हाम्रो वशमा थिएन । करिव डेढ घण्टाको कारको सफर पछि हामी पतैयास्थित होटल क्राउन पतैया पुग्छौं । होटलमा हुने नामदर्ताको औपचारिकता पछि रुममा प्रवेश गर्छाैं । फ्रेस भए लगत्तै हामी बाहिरिन्छौं ।
रात अलिक बाक्लिन थालिसकेको थियो । केहि खानेकुराको खोजीमा निस्किएका थियौं हामी ।आँखा झिमिक्क नहुने रहेछ त्यहाँ त । रात नै पर्दैन जस्तो । मानिसको आउजाउ उत्तिकै । रात्री जीवन रमाइलो रहेछ । हामी भने त्यस्ता कुराको वास्ता नगरि केहि ड्राइफुड खरिद गरेर होटल फर्कियौं र छिट्टै सुत्यौं ।
विहानको नास्तासँगै हामी पतैया वीचमा पुग्छौ । जुत्ता लगाएर गएका थियौं विनापूर्व तयारी । मैले दुई जोर चप्पल किने । केदार दाई दृश्यापान गर्दै हुनुहुन्थ्यो । त्यहाँवाट सानो पानीजहाज चढेर हामी कोरल आइल्याण्ड पुग्छौं । त्यहाँ पुग्नु अघि विचविचमा प्याराग्लाइडिंग गरिरहेको दृष्य देखिन्छ । पतैयालार्ई देख्दै समुन्द्र हुनु र हामी भुपरिवेष्ठित मुलुक हुनुको पीडा मनमनै तौलन्छु म । मन खिन्न हुन्छ । मालसामान ढुवानी मात्र हैन्, समुन्द्रमा मनोरञ्जन दिएर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।तर हामी त भुपरिवेष्ठित देशका बासिन्दा यो अहोभाग्य नै कहाँ हाम्रोमा । हामी दाजुभाई यहि कुरामा दुःख मान्छौं । धेरैबेर समयसँगै समुन्द्रको किनारमा विचरण गर्छौं हामी दुई । हाम्रो समिपमा खडा छ समुन्द्र र त्यसको नजिक सुन्दर जंगल ,अहा जंगलको माथिल्लो भागमा बुद्धका गोल्डेन कलरका अर्धकदका प्रतिमाले अझै मनमोहक बनाएको छ आफ्नो सौन्दर्य । विश्वभरिका पर्यटकहरुको लर्काे देखिन्छ । तिनमा भारतियहरु वढी नै देख्छु म । सुन्दर दृष्यहरुले मन खिच्छ । अनि मेरो क्यामेराले त्यहाँका दृष्यहरु कैद गर्छ । क्यामरामा जस्तै टाँसिएको छ मेरो मनको भित्तामा त्यहाँको स्पष्ट तस्विर । आहा क्या सुन्दर छ दृष्य,मेरा जाग्रत आँखाहरु खिचिन्छन।
त्यहाँवाट फर्किएर आएपछि हामी लन्च खान्छौं । एउटा ट्याक्सी समातेर पतैयाको फ्लटिंग मार्केट जान्छौं । यहाँ सजिलै डेढ घण्टा विताउन सकिने रहेछ । यसको स्थापना सन् २००८ मा भएको रहेछ । स्थानीय उत्पादन प्रदर्शनी,साँस्कृतिक र कलाको अवलोकन, विभिन्न मनोरन्जनका खेलहरु,थाइ खानाहरु,डुंगा सफर,विभिन्न उपहार र कपडा लगायतका सामाग्रीहरुको विक्रि आदि रहेछन् त्यहाँ । तर हरेक कुरा महंगो महसुस गर्छु म । प्रवेश टिकट मात्र थाइ भाट आठसय । तर त्यहाँको ब्यवस्थापन असाध्यै राम्रो थियो । हामी नेपालमा यस्ता थुपै ठाँउहरु बनाउन सक्छौं तर हाम्रोे देश त गरिव हुँदै हो,इच्छाशक्ति पनि अति गरिव छ हाम्रो । यस्तो सोचाइले मन विदिर्ण भयो मेरो । हामी त्यहाँवाट अलिकवेर पैदलै जाने सल्लाह गरेर निस्क्यौं । करिव एक किलोमिटर पैदल हिड्दा पनि कोही भेटेनौं सडकपेटीमा । अचम्भित भयौं हामी । पैदलयात्रु नहिड्ने रहेछन । गर्मी पनि छ उच्चाटलाग्दो । मध्यान्हपछिको तातो धुपले हाम्रो यात्रामा जति डाहा गरेपनि वास्ता गर्दैनौं हामी । चिप्ला सडकको पेटीवाट हामीले करिव तीन किलोमिटर पैदल यात्रा गरेंउ पत्तैयाको वरपरको दृश्यावलोकन गर्दै । त्यहाँको अर्काे कुरा भनेको पुरुषको तुलनामा महिलाहरु सार्वजनिक जीवनमा वढी नै देखिएका थिए । यहाँको ट्राफिक व्यवस्थापन पनि डिजिटल छ । एउटा ट्राफिक प्रहरी देख्न पाइन मैले । सडकहरु पनि चौंडा छन् ।
हामीले वेलुकीको खाना खाने विचार गरेर वाहिरतिर निस्कियौं । पतैयामा रात्रिकालिन समयमा गजव हुने रहेछ । रंगीनवत्तिले जताततै सिंगारिएको छ । मसाज पार्लरहरु जतिपनि छन् । डान्सवारहरुका ढोकावरिपरिको सडकमा मोटी,पातली,भ्यान्टी,काली,गोरी,केटी,महिलाहरु आप्mना थोपडाहरुमा क्रिम पाउडर पोतेर अर्धनग्न अवस्थामा ग्राहकहरुलाई आकर्षक गर्न को भन्दा को कमको प्रतिष्पर्धामा लामवद्ध छन् । मानौ त्यहाँ सौन्दर्य लिलाम हुन लागेको छ । हामी यस्ता कुराहरुमा अभ्यस्त छैनौं र यिनले हामीलाई तान्न पनि त सकेनन् । र त वाटो मोड्छौं ।
हल्का थाकेका छौं र पनि थकाइको पटक्कै अनुभुति छै्रन् । एकहुल वादलका टुक्राहरु आकाशमा चारैतिरवाट एक भएर जुट्ने तयारीमा देखिन्छन् । तर त्यसको पनि रत्तिभर पर्वाह गर्दैनौं हामी । वजारमा टहलिंदै डुलिरहेछौं । अनेक थरी चिजविजहरु र विशेषगरी विविध भेराइटीका समुन्द्री जीवहरु कलात्मक रुपमा सोकेसमा सजाइएको छ । सायद हामी यसको वासनामा अभ्यस्त छैनौं त्यहि भएर होला नमिठो गन्धको अनुभूति गर्छ नाक । तर एउटा साथीले थाइल्याण्ड गएर सी फुडको टेस्ट नलिनु भनेको पोखरा गएर फेवाताल नघुम्नु जस्तै हो भनेर सुझाएको थियो । त्यसैले जे भएपनि नयाँ स्वादको आस्वान गर्न एउटा सानो रेष्टुरेन्टको बाहिर लगाईएको टेवुलमा बसेर दुइवटा वियर र केहि सामुन्द्रिक खाना अर्डर गर्छौं ।
बादल जुधेर होला मौसम हल्का शितल भएसँगै सिमसिमे पानी वर्सन थाल्छ । अनि फर्किन्छौं होटल अर्काे चोकवाट । ठमेललाई कार्यक्षेत्र बनाएर बसेको करिव १३ बर्ष भयो । त्यहाँ मैले थाइ मसाजको बारेमा धेरै सुनेको थिंए तर गरेको भने थिइन । वाटोमा मैले दाजुलाई मसाज गरँौ भन्छु । तर उहाँले रुची देखाउनु भएन ।
मैले नजिकको मसाज पार्लरमा दररेट हेरे । र बसें, एक घण्टाको फुट मसाज गरें । फुुट मसाज गर्ने ठाँउ खुला हुँदोरहेछ । मेरो फुट मसाज गर्ने करिव तीन दसक पार गरेकी महिला यउ । उनको अँगे्रजी एकदम राम्रो थियो । उनीसँग गफिंदै पनि छु म । उनी त्यहाँवाट करिव एकसय पचास किमी दुरीको गाँउवाट आएकी । उनको पतिको तीन वर्ष अघि एउटा सडक दुर्घटनामा मृत्यू भएको रहेछ । उनकी एक छोरी छन् आना । जो अहिले कक्षा वाह्रमा अध्ययन गर्छिन् । छोरीको लागि यो नरकमा छिन् । उनकी आमाले अर्काे विवाह गर्न सुझाएकी थिइन् । तर छोरीको मायाले यउलाई त्यो वाटो रोज्न दिएन । उनी चाहान्नन् कि आफ्नै जस्तो जीवन होस छोरीको । यउले आफ्नो कहानी सविस्तार सुनाई । उसको कुरामा एउटी आमाको सन्तान प्रतिको स्नेह र ममताको न्यानो अगेनाको तातो सुगन्धको वासना आउँथ्यो । कतै ठग्ने तानावाना त होइन यो उसको, मेरो मनले आफैंलाई सोध्छ । तर म त्यस्तो भेउ पाउँदिन् । उ भन्छे ुम मेरी आनालाई आकास जस्तै फैलिएको माया गर्छु । ु घरीघरी म उत्सुक भएर उसलाई प्रश्नहरुले प्रहार गरिरहन्छु । तर उ शालिन भएर छोरीको सुमुधुर भविष्य तेस्र्याउँथि मेरो सामु । म उसको जवाफमा नतमस्तक बनें । र उ प्रति श्रद्धाभाव जागृत भयो मनमा । म उसको हरकुरा नियालीरहेछु । तर उसको मुहारमा कुनै उतारचढाव पढ्न पाँउदिन म । जे सोधेपनि फगतः मुस्कुराएर उत्तर दिन्छे उ । उसमा विनयशिलता उत्तिक्कै थियो । यउलाई देखेर मसाज पार्लरहरुमा काम गर्ने सवै केटीहरु उस्तै हुन्छन् भन्ने मेरो मनले बनाएको धारणा परिवर्तन गर्न बाध्य भएँ म । उसको कथाले मेरो मन स्तव्ध बन्यो एकछिन् । उसको ह्रदयको ममतामयी गमलामा छोरी आनाको सुमुधुर सुखद भविष्यको फुल फक्रिरहेको पाएँ मैले ।उ परिस्थितीसँग सम्झौता गर्न अभ्यस्त भइसकेकी थिइ । मेरो चेतनाको पुल्ठो नै परिवर्तन गरि उसले । आश्चर्यमा छु म । उसले उसको ओठ परपुरुषको निम्ति सुम्पिदिएकी छ सैयौंपटक । अरुभित्र समाहित भएर इज्जत बेचिदिएकी छ कैयनपटक विना हिचकिचाहट । छोरी आनाको निम्ति पलपल किस्ताकिस्तामा बेचिदिन्छे उ आफुलाई । उसले शारीरिक सम्पर्क गर्ने भए आफु तयार भएको कुरा गरि ।मैले रुची नभएको कुरा भनें । तर अचम्भित भई उ मेरो कुराले । अभावपूर्ति गर्ने उसको सुत्र मसाज रहेछ । उ विवश पनि देखिन मैले । उसमा त सुख सौन्दर्य झल्किएको आभाष पाएँ ।उ आफ्नो पेशाप्रति पश्चाताप पनि गर्दिन रे । किनकी उसले धेरै अभावका हुरीहरु झेलेर अहिले बलियो बनेकी छ रे ।
जव आनाको निर्दाष मुहार मेरो आँखामा झल्कन्छ,त्यतिवेला मेरो मनोवलमा जादुमय ढंगले बढोत्तरी हुन्छ । जीवनप्रतिको आशावादीतामा वोल्छे यउ ।
दुइसय भाट फुट मसाज शुल्क सहित एक सय थप टिप्स दिएर म आफनो होटलमा फर्किन्छु । चुक घोप्ट्याए जस्तै बन्छ मेरो मनको परिेबेश । आप्mनो छोरीको विराट समस्या हल गर्न एउटी आमाले के सम्म गर्न सक्छे भन्ने एउटा आमाको उदाहरण हो यउ । सायद सँसारभरीका आमा यस्तै हुन्छन् होला आफ्ना सन्ततीको सुखद भविष्यको निम्ती जे सुकै गर्न तयार । यउको अनुहार मेरो मष्तिष्कको अन्तरकुनामा नमेटिने घाउ बनेर बसिरह्यो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |