प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे
नेपाली साहित्यमा मुक्तक र कविता सृजनामा निरन्तर तल्लिन गोविन्द नेपाल एक सिर्जनशिल प्रतिभा हुन । उनका ुढुंगाको मन (गजल सँंग्रह), ुअक्षर खेल्ने आँगनु (कविता संग्रह) यसअघि नै प्रकाशित भैसकेका छन् । यसरी हेर्दा कृतिको रुपमा ुतर्कको साम्राज्यु (कविता सँग्रह) उनको तेस्रो कृति देखिन्छ ।
नेपाली कविताको फाँटमा ुतर्कको साम्राज्यु एउटा गहकिलो र चहकिलो र बहुआयामिक कृतिको रुपमा आएको छ ।यसमा ुबा विश्वविद्यालयु देखिु शब्दचित्रमा एक सुर्तिसेवीु गरि ४३ वटा विभिन्न शिर्षकका कविताहरु समावेश गरिएका छन् । यसमा रहेका सबैजसो कविताहरु यथार्थताको कसीमा घोटिएका छन् ।कविताहरुको पाठकहरुको निम्ति पूर्णतःरुचिकर र पठनिय लाग्छन् । कविताहरुमा पाठकहरुले आफ्नै अनुभूतिहरु पोखिएको पाँउछन् । तर्कको साम्राज्यमा समावेश कविताहरु यति मिठासयुक्त छन् कि पाठकहरुलाई एक पटक दोहोर्याएर पढ्ने इच्छा जागृत हुन्छ । कविताहरुमा प्रयृक्त शब्दहरुमा उत्तिक्कै मिठास छ । भरिला छन् कविताहरु । कवि नेपालले आफ्ना हर कविताहरुलाई आम मान्छेका अनुभूतिको गहिराइमा पुगेर कोरेका छन् । कविको कविता नियालिरहँदा म आफ्नै भोगाइको जीवन्तता पाउँछु जहाँकहिं । धित मर्दैन है मेरो । लाग्छ मेरा भोगाईहरुले लछप्पै भिजेका छन् कविताहरु । पर्याप्त मात्रामा सामयिकताको बोध कविमा भेट्छु म । कविताहरुमा मानवीय अन्तरसम्बन्धहरु सुन्दर रुपमा पस्किएको पाइन्छ । समाजका आधारभूत वर्गप्रति लक्षित छन् प्रायःकविताहरु ।
साधारण भाषामा आफ्नै वरिपरिका परिबेश र अनुभूतिहरु पोख्न सफल छन् कवि । कविताहरुमा शब्दाडम्बरको खेल कहिं कतै पाईंदैन् । कल्पनाभन्दा पर यथार्थको नजिक लाग्छन् कविताहरु । सरल बाक्य संयोजन छ । क्लिष्ट शब्दहरु परेका छैनन् कविताहरुमा । त्यसैले कविताको सामान्य पाठकले सहजै बुझेर अर्थ लगाउन सक्छ । आफ्नै र पाठकको अनुभव कलात्मक ढंगले कविताको माध्यमवाट प्रस्तुत गर्नसक्नु उनको कवित्वको विशेषता हो । कविताहरु सर्सती पढ्दा मैले नै आफ्नै वरिपरिका विषयवस्तु रहेको पाँए । कविताहरु समसामयिकतालाई टपक्क टिपेर राम्रो अभिव्यक्ति कौशलको प्रस्तुतिले भरिपूर्ण छन् । कविताहरु मधुर भावमा व्यक्तिएका छन् । गोविन्द नेपालको कविमन विभिन्न हाम्रा सामजिक सम्वन्धहरु र तिनका व्यवहारप्रति संवेदनशिल पाउँछु म ।
यस संग्रहको पहिलो कविता ुबा एक विश्वविद्यालयु मा उनले जीवनलाई एउटा भोगाइको विश्वविद्यालय मानेका छन् र असी वर्ष जीवन बाँचेका आफ्नै पिताजीले भोगाइलाई कवि सामुु पस्केको कुरालाई उनले उद्धृत गरेजस्तो लाग्छ । पिताले गरेका श्रम,अध्ययन र सिकाएका आदर्शहरुको बारेमा यसमा मिठो बर्णन गरिएको छ । जीवन दर्शन र जीवनको आदर्शलाई कविताले दर्शाएको छ ।
दोस्रो कविता ुफेसबुक फिभरुमा आजको परिवारका हर कोइ सदस्य फेसवुक रोगी भएर बसेका छन् । उनीहरु यति एकांकी भैसके कि अरु सदस्यको चासो र चिन्ता लिने फुर्सदै कहाँ र ?केवल फेसबुकमा झ्याम्मिन पाए भैगो । हामी प्रायः ट्याब्लेट होस या कम्प्यूटर वा मोवाइल फोनमा झुम्मिरहेका हुन्छौं यो हाम्रो आफ्नै परिवेशको कटु यथार्थलाई कविले फेसबुक फिभर नाम दिएका छन् ।
श्रीमतिजी
चिया फेसबुकमा पकाउँछिन्
खाना फेसबुकमै बनाउँछिन
म पनि पल्लो कोठामा बसेर
फेसबुके चिया सुक्र्याउँदै
फेसबुकमाथि कविता लेखिरहन्छु । (फेसबुक फिभर)
श्रीमती माइत गएपछिु आफुसँग नहुँदाको पिडालाई बडो मार्मिक ढंगले अभिव्यक्त गरेका छन् । श्रीमती साथै नहुँदाको अवस्थालाई अत्यन्तै रमाइलो तबरले प्रस्तुत गरिएको कवितामा दुई वीचको भूमिका,जिम्मेवारी र निकटताको महत्वपूर्ण चित्रण देख्न पाइन्छ । कविले श्रीमती घरमा नहुँदा केहि लेख्न समेत कलम अघि नसरेको कुरा ब्यक्त गरेका छन् ।
यस्तोमा घर कतैवाट पनि घरजस्तो देखिंदैन
श्रीमतीजी हिंडिदिएपछि
नढाँटी भन्छु केही पनि लेखिँदैन । (श्रीमतीजी माइत गएपछि )
हिजोको परिवेश र आजको परिवेशको मायाप्रेमको फरकपनालाई टेलिफोन शुल्क,मोवाइलको ब्यालेन्स रिचार्ज र तिनको हिजो र आजको गुणस्तरियता जस्ता कुराहरुमा बिम्ब वनाउँदै आकर्षक तुलना गरेका छन् ुमायाः पहिले र अहिलेमाु ।
किस्ने नामको एक पात्र खडा गरेर उसको सादगी र सामान्य जीवनको चर्चा गरेका छन् । किस्ने तस्कर भएन,कमरेड भएन,त्यसैले चिल्ला गाडी चढ्न सक्षम भएन । कुनै कुरामा खुराफाती पनि गरेन । न त एनजीओकर्मी भयो । र त किस्नेको कतै चर्चा भएन । आम नेपाली आधारभूत जनताको प्रतिबिम्ब उतारेका छन् ुकिस्नेु शिर्षक कवितामा कविले । यो एउटा अब्बल कविता बनेको छ ।
पातलो शरिर,टाउकोमा रातो टोपी विच परिचय बनाएका कवि पूर्णविराम । जो बीसको दसकको उत्तराद्र्धदेखि नै कविता लेखनीमा लागेका थिए । उनमा कुनै सेलेब्रेटीको चमकधमक पाइदैन । भनौं त्यस्तोमा कुनै रुची छैन् । न त उनी सामाजिक संजालहरुमा नै छाएका छन् । तर कविगोष्ठीहरुमा छाँउछन् उनी । लेख्छन् उनी जनता र देशका मुक्तिका कविता ,धारिला कविता पस्कन्छन् पूर्णविराम । बिम्ब,प्रतिक,मिथकहरुको उचित चयन पाठकलाई साह्रै मनपर्छ । कवि नेपालले ुआलेखमा कवि पूर्णविरामुमा कवि पूर्णविराम जस्ता छन् त्यस्र्तै दुरुस्त रुपमा उतारेका छन् ।
कविले कतै जिन्दगीलाई ुपोखरी र पहिरोुसँग मार्मिक ढंगले तुलना गरेका छन् । कवि सदैव ुकालोपनको विपक्षमाु उभिन्छन् । कालोरंग उनलाई मन पर्दैन । कालोलाई उनी रोग, अध्याँरो, मृत्यू,भ्रम, अन्याय,मुखियाको जाली तमसुक जस्ता बिम्बहरुसँग तुलना गर्छन । जिन्दगीलाई इरेजरको बिम्बमा प्रयोग गरेका छन् । जसरी इरेजरले विग्रेका अक्षर मेट्दै जान्छ त्यसरी नै ुजिन्दगीु पनि स्वयं मेटिदैजान्छ । विचारको रंग खैरो हुन्छ भन्ने ठोकुवा गरेका छन् कविले । ुकृपया आवेशमा नआउनुहोलाुकविता मार्फत कविले तालीको मानहानी हुनेगरी काम नगर्न र अरुको भलाईको निम्ति काम गर्न समाजका नेतृत्वदायी तहमा बसेका महानुभावहरुलाई सुझाएका छन् । जव मान्छे दोषी र कुनै वादको अन्धताको चश्मा खोलेर हेर्छ तव उ सत्यको नजिक हुन्छ भन्ने धारणा राख्छन् कविता दृष्टिदोषमार्फत उनी ।
आम सर्वसाधारण मान्छे भुईंमान्छे हुन । जसले आकाश र जुन चुम्ने सपना देख्दैन । यहि धर्तीमै रमाउँछ उ । जहाँ उ बामेसर्न सिक्यो, पाइला अघि वढाउन सिक्यो । जहाँ पहिलो अक्षर क लेख्न सिक्यो । कर्म र थातथलो सबै उसको यहिं छ ।यहिं श्रम र पसिना बेच्छ । यसरी ुभुईंमान्छेुमा बोल्छन् कवि ।
जुनबेला जिन्दगीको माया गर्नुपथ्र्यो त्यो बेला आफुलाई भन्दा कसैलाई बढी माया गरें तर आज मायाको अभावमा छटपटिनु परेको छ कविलाई ुमाया र व्यस्तताु मा । प्रेमिलाई सम्झेर रोइरहेकी प्रेमिकाको अवस्थाको चित्रण गर्छन् कवि ुरोइरहेकी तिमीलार्ईु मार्फत । जहाँ मुटु नै निचोरेर आँखावाट अधेरीखोला नै वगाइरहेकी हुन्छे प्रेमिका । बर्खाले खसालेको खेतसँग विछोडिएकी प्रेमिकाको अबस्था चित्रण गर्छन् कवि । ुबाटोमाु हिड्दा भेटेकी सुन्दरीमै आफ्ना आँखा छोडेर हिड्छन् कवि । तर खोजिहेर्दा कहिं देख्दैनन् उ त बाटो पो भैसकिछ कसरी कुल्चनु ? आहा कति मिठो भाव छ । ुतिम्रो माया र बाडुलीमाु मायामा पोखिन्छन् कवि । मायामै रुझ्छन् लछप्पै । पधेंरोमा पानी भरेको खर्कमा घाँस काटेदेखि चौतारोमा सुस्ताएकोसम्म याद गर्छन उनि । मान्छेलाई कसैको माया लागेपछि भोकप्यास,निद,सुर्ता ,चिसो,धुप सब विर्सन्छ मायाले कविको भोगाई हो यो ।घामले पनि शितलता दिन्छ त्यतिवेला पोल्दैन् । मायालाई कसैको केहिले अवरोध सिर्जना गर्नसक्दैन् । सबैजना मायाको अघि पराजित हुन्छन् भन्ने कुरालाई ुतिम्रो माया लागेपछिु मा सजिव वर्णन गरेका छन् । ुप्रणुमाया शरीरको नसा नसामा वग्छ भन्ने कुरालाई अत्यन्तै मर्मस्पर्शी रुपमा लेखेका छन् । माया गर्नेहरुको अगाडी माया बाहेक केहि देखिन्न । हरपल, हरक्षण,माया मुटुको ढुकढुकीसँगै धड्कन्छ । यस्तै माया कविले कवितासँग पनि गाँसेका छन् ।
कवि सानी छोरीसँग मायाको हिसाबकिताब सुनाउँछन् र ुठुली छोरीसँग सपनामा यात्राु गर्छन् जिन्दगीको ट्रान्जिटमा बसेकी छोरी सम्झँदै । कवि मानिस खोज्दै शहरको भीडमाु हराँउछन् कहाँ भेटिन्थ्यो र गाँउघरको बाटोघाटो, मेलापात र चौतारोमा भेटिएजस्तो आत्मियता भएको मान्छे शहरमा । शहरमा त छेपारे प्रवृद्धिका मान्छे जसले औपचारिकता समेत जनाउँदैन् तिनमा आत्मियता कसरी पाइन्छ र भन्छन् कवि । जुन अहिलेको स्वार्थी शहरको तितो सत्य नै हो ।
भेल, नदी र समुन्द्रुलाई जीवनसँग तुलना गर्छन् उनी । जहाँ पीडाहरुको खात छ । समुन्द्रमा आँसु,सुस्केरा ,दुःख र पसिना मान्छेको जीवनमा जस्तै अविराम बगिरहेको उनको भोगाइ छ यहाँ । कवि नेपाल ुभित्तामा टाँगिने क्यालेण्डरमा जीवनको पाना पल्टाउँदैु जिन्दगीलाई एउटा क्यालेण्डरको उपमा दिन्छन् र हर याम,मौसम र महिनामा जिन्दगी क्यालेण्डर झैं पल्टिरहने यथार्थलाई अभिव्यक्त गर्छन् ।
यता माकुरो सम्झेर झिंगाको डरमा बस्दाबस्दै कतै जाली माकुरोले जीवनमा ठुलो संकट निम्त्याउला भनेर सावधान रहन आग्रह गर्छन् कवि । यो कविताले समाजका गलत कुसंस्कार र कुरीतिको जालोलाई माकुराको जालोको संज्ञा दिए झैं लाग्छ । उता समाजका विद्धान भनाउँदाहरुले ुतर्कुको नाममा हरक्षेत्रमा कुतर्क दिने गरेको प्रति आपत्ति प्रकट गर्छन् र सबैलाई त्यस्ताहरुसँग सावधान रहन आग्रह गर्छन् । तर्क र बढ्दै गरेको बैंक ब्यालेन्स कविलाई उस्तै लाग्छ ।
कवि आगोको महत्व, आगोको असर आदिको बारेमा कविता मार्फत बोलेका छन् । आगो मनमा सल्किन नहुनेमा जोड छ उनको । कवि निरन्तर बगिरहने खोला र सुमुधुर स्वरमा वजिरहने गीतलाई असाध्यै मन पराँउछन् । आलश्यविरुद्ध दर्विलो आक्रोस पोख्छन् कवि र आफ्नो नजिक नपर्न कडा रुपमा प्रस्तुत हुन्छन् । हाम्रा शहरमा कुद्ने लोकल बसको चरित्र चित्रण गर्छन् उनी यथार्थपरक भएर ुशहर ,साँल्दाइ र लोकल बसुमा । साँल्दाइले कुदाएको घिचिघिचि बस कोचाकोच यात्रुको भिडमा पाकेटमाराहरुको हर्कत,खलाँसीको कर्कश आवाज,ट्राफिकका सिठी आदि हाम्रा शहरका दैनिकीको तथ्यपरक दृश्य देख्न सकिन्छ कवितामा । जिन्दगी रक्स जस्तै ठान्छन् कवि । दलानभरिका दुःख र कोठाभरिका कहर,चोटभरि भएको चिन्ता र अाँटीभरिको अप्ठ्यारो,अनि रित्तो खल्ती,थुप्रैखाले अभाव र विपन्नता सबैलाई भुलेर मानिसले वाच्न जान्नुपर्नेमा जोड छ उनको । सदैव स्नेह दिने आमा,प्रेमिल श्रीमती,छोराछोरी भएको परिवारमा ुजिन्दगी रक्सुको रुपमा लिएर बाँच्नुपर्नेमा उनको आग्रह छ । ुकविता र उद्देश्युमा कविले केवल कविता कोरिरहन्छन् तर कविता लेख्नुको उद्देश्य कुनै निर्धारित हुन्न यो त बेखवर फुलेको फुल,बेखवर बगेको नदी,बेखवर विहान झुल्केको घाम जस्तै हो । कविता लेखेपछि मात्र लेखनको उद्देश्य जन्मन्छ भन्छन् कवि नेपाल ।
मेरो कविले
लेखेन कहिल्यै सोद्देश्य कविता
लेखिएपछि नै कविता
जन्मने रहेछन् उद्देश्यहरु । (कविता र उद्देश्य)
यसरी हेर्दा कविले सुक्ष्म र मिहिन विषयवस्तुहरुमा कविता कोरेका छन् । कतै दुखेसो पोखिएको छ ,कतै सबैलाई सावधानी र सचेत गराइएको छ । विषयवस्तुको विविधतामा कविता आएका छन् । उनका कविताका विशेषताहरु केलाँउदा सरल भाषाशैली,यथार्थवादी धरालतमा आधारित कल्पना भन्दा कैयन कोष दुर,छोटा कविता ,विचार र कलाको समुचित सन्तुलनले भरिएका ,बिम्ब र प्रतिकको उपयुक्त प्रयोग,सामयिक विषयवस्तुहरु सापेक्ष, भाव संप्रेषण र शब्दको अत्यन्तै राम्रो बनोट गरि लेखिएका कविताहरु यसमा छन् । यति हुँदाहुँदै पनि कविताहरु थप तथ्य र तर्कमय हुनसक्ने तर्फ कविको ध्यान पुगेको देखिंदैन् । विचारहरुको अझै विस्तृतिकरण हुनसक्थ्यो त्यसमा कवि केहि चुके कि जस्तो लाग्छ । कुनैकुनै कविताहरुमा समस्या मात्र औल्याइएको तर समाधान नखोजिए जस्तो देखिन्छ । जे होस कविकै शब्द सापटी लिंदा ुकविताले तपाईलाई त्यो लोकमा लैजान्छ ,जहाँवाट थ्रिडी सिनेमा हेरेजस्तो तपाईले नितान्त फरकपन फिल गर्नुहुनेछ ।ु साँच्चै यस्तै लाग्छ कविताहरु पढेपछि ।अन्त्यमा,कवि गोविन्द नेपालका कविताहरुलाई सफलताको निमिक्त गहिरो शुभकामना ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |