Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाज परिवर्तनमा लायन अब्बल सावित हुनेछ ः लायन डा. वी.के.

नेपालको इतिहासमा डिष्ट्रिक्ट ३२५ आइ नेपाललाई सुनौला अक्षरले लेखिनेछ ः गभर्नर लायन बस्याल

प्रभातफेरी अनलाइन ८४२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
समाज परिवर्तनमा लायन अब्बल सावित हुनेछ ः लायन डा. वी.के.

काठमाडौं । क्याबिनेट मिटिङलाई सम्बोधन गर्न नेपाल आइपुग्नुभएका कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय निर्देशक (२०२१–२३) लायन डा. लाडिया वी.के. को सम्बोधन थियो– “सँगै हामी सक्छौं ।” लायनहरुले समाजमा सकारात्मक सन्देश मात्र छोड्दैनन्, समाज परिवर्तनमा आफूलाई अब्बल सावित गर्नेछन् भन्नुभएको छ ।
नेपालमा लायनवाद तीव्र गतिमा अगाडि बढिरहेको सन्दर्भमा जुन अवसर ३२५ आइ ले उपलब्ध गराएको छ, त्यसको लागि अन्तर्राष्ट्रिय डिष्ट्रिक्टको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । नेपालमा लायनले पु¥याएको सेवा र सदस्यहरुको गतिविधि उच्च रहेको चर्चा गर्नुहुने समाज रुपान्तरणमा उच्च योगदान रहेको अनुगमनले देखाएको स्मरण गराउनुहुँदै प्रमुख अतिथि लायन डा. वी.के. ले आफू नेपाली लायनहरुप्रति विश्वस्त भएको र लायनले समाजमा पिछडिएका वर्गहरुको पिडामा मलमपट्टि गर्ने र सेवाको भावले लायनको उद्देश्य पूरा गर्नेमा कुनै शंका नरहेको स्पष्ट पार्नुभएको छ । हामी जहाँ जान्छौं, त्यहाँ लायनवाद रहनेछ र लायनको उद्देश्य अनुसार गौरवपूर्ण मिशन पूरा गर्नेछ भन्ने विश्वास यो बैठकले दिने बताउनुभएको छ ।


एक शताब्दीभन्दा लामो समयदेखि लायनहरु सेवामा संसारभर समर्पित छन् । प्रत्येक लायन सदस्यले समाजसेवामा आफूलाई स्थापित गर्न तत्परता देखाएकै कारण मधुमेह, आँखा सम्बन्धी, बालरोग सम्बन्धी, क्यान्सर सम्बन्धी र वातावरणको क्षेत्रमा आफूहरुलाई स्थापित गरिरहेको पाइन्छ । पछिल्लो समय कोभिड–१९ का विरुद्ध लायनहरु सशक्त रुपमा अगाडि बढेको स्मरण समेत प्रमुख अतिथि लायन डा. वी.के. ले प्रष्ट पार्नुभएको छ ।
त्यसैगरी उक्त क्याबिनेट बैठकमा डिष्ट्रिक्ट ३२५ आइ नेपालका गभर्नर लायन रामबहादुर बस्यालको तर्क थियो– “I Believe In Teamwork” पुर्ण पालनाको अपेक्षा सहित कुनै समस्या परेमा म यहाँहरूको साथमा रहेको अनुरोध गर्दै यहाँहरूको क्लब तथा सहयोगी मित्रहरू सम्मानित हुने उत्कृष्ट माध्यम बनोस् हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै नेपालको लायनवादको इतिहासमा पहिलो ठूलो कार्यक्रम हुनेछ । जुन बैठकबाट लायनवादका बारेमा विभिन्न नीति तथा कार्यक्रमहरु अनुमोदन हुनेछन् । जसले नेपालको लायनवादलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्नुहुँदै म डिष्ट्रिक्ट गभर्नरको हैसियतमा जुन किसिमको उत्प्रेरणा प्राप्त भएको छ, यो बैठकबाट त्यसलाई मूर्त रुप दिन कुनै पनि कसुर बाँकी राख्ने छैन । यो योगदानलाई लायनको इतिहासमा सुनौला अक्षरले कोरिने विश्वास आफूले लिएको गभर्नर लायन बस्यालले बताउनुभएको छ ।
समाज रुपान्तरणका लागि लायन्सको भूमिका कस्तो रहने भन्ने बारेमा डिष्ट्रिक्ट ३२५ आइ नेपाल नमूनाको रुपमा अगाडि जानेछ । आवश्यक परेमा प्रत्येक व्यक्तिहरुको सेवामा समर्पित हुनको लागि तयार हुनेछ । यसका लागि प्रत्येक लायनहरुसँग हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता यहि बैठकमा जाहेर गर्दछु भन्नुभएको छ । डिष्ट्रिक्ट ३२५ आइ नेपाल गुणात्मक क्लबहरुको परिकल्पनाका साथ अगाडि बढेको छ । यो परिकल्पना पूरा गर्न १ सय ४९ वटै क्लबहरु लागिपर्नेछन् भन्ने विश्वास आफूले लिएको गभर्नर लायन बस्यालले व्यक्त गर्नुभएको छ । मैले जुन नारा यो वर्षका लागि तय गरेको छु, आइ बिलिभ इन टिमवर्क, त्यसलाई सार्थक बनाउन प्रत्येक लायनहरु जिम्मेवार हुनुहुनेछ भन्ने विश्वासका साथ क्याबिनेट बैठकले अनुमोदन गरेका प्रत्येक नीति तथा कार्यक्रम र योजनाहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने विश्वास समेत गभर्नर लायन बस्यालले राख्नुभएको छ ।


उक्त क्याबिनेट बैठकमा लायन इन्जिनियर सञ्जय खेतान Past International Director Chairperson Specialty Clubs, लायन खगेन्द्र सिटौला PMJF GAT Area Leader, लायन बालकृष्ण बुर्लाकोटी एमजेएफ ID Endorsee लायन्स क्लबस इन्टरनेशनल, लायन राजन लम्साल LCIF एरिया लिडर, लायन मन बहादुर रोका निवर्तमान काउन्सिल चेयरपर्सन लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५, लायन इन्दु लम्साल पूर्व डिष्ट्रिक्ट गभर्नर, लायन चन्द्रकुमार केसी, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर, लायन विनोद ढुंगाना द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर, लायन हरि राज पन्त डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी, लायन सूर्य नारायण बराल, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर, लायन महेन्द्र कुमार राठी संयोजक तथा डिष्ट्रिक्ट कोअर्डिनेटर, लायन अखिल कुमार अग्रवाल प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौं समर्पण, लायन पंकज जालान एडिस्नल क्याबिनेट सेक्रेटरी डिष्ट्रिक्ट ३२५ आइ नेपाल लगायतका वक्ताहरुले प्रथम क्याबिनेट बैठकका बारेमा चर्चा गर्दै यो बैठकले लायनवादको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुको साथै जुन किसिमको तामझाम र उत्साह, अवसर र चुनौतीका बिच गुणात्मक परिणाम ल्याउनेमा आशावादी रहेको समेत चर्चा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0