सन्दर्भः DPR कोरिया, ७४औं स्थापना दिवस
काठमाडौं । प्रजातान्त्रिक जनवादी कोरियाको ७४औं स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्यूरा सदस्य एवं राष्ट्रिय सभा सदस्य माननीय जग प्रसाद शर्माले स्वाभिमान के हो ? कोरियाबाट सिक्नुपर्ने बताउनुभएको छ ।
उहाँको थप कथन थियो– स्वाभिमान र स्थापना नै जिवनको महत्वपूर्ण पक्ष हो, वर्गहिन समाजको चाहनाको पक्षमा हुन्छन् कम्युनिष्ट ! पूँजीवादीहरुले त्यस्तो व्यवस्था चाहँदैनन् । जसका कारण उपनिवेशवादकै सिकार कोरिया भएको छ । आजभन्दा ७७ वर्ष पहिल्यै स्वतन्त्र भएको कोरियाले अमेरिका साम्राज्यवाद र जापानीज साम्राज्यवादको निशानामा ७० वर्ष बिताइसकेको छ । जसका कारण आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने दृढ शक्तिकै कारण आज विश्वमा सर्वशक्ति राष्ट्रहरुसँग पौंठाजोरी खेल्न सक्ने भएको छ । यो सबै इच्छा शक्तिले गराएको हो । जहाँ इच्छा हुन्छ, त्यहाँ असम्भव भन्ने हुँदैन । जुन सन्देश कोरियाले दिएको छ । आज जुक्षे विचारधाराले नै कोरियालाई यहाँसम्म पु¥याएको हो । जसका कारण समृद्ध मुलुकको रुपमा स्थापित हुँदै गएको छ । त्यति मात्र होइन, शक्तिशाली राष्ट्रहरुको पंक्तिमा आबद्ध समेत भएको छ । यो सबै नीति तथा सिद्धान्त सहि भएर नै सफलता मिलेको हो । जनतासँग कसरी एकाकार हुनुपर्छ भन्ने सन्देश प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाबाट सिक्नुपर्छ । जनतासँग एकाकार भएर सफलता कसरी प्राप्त हुन्छ भन्ने सन्देश कोरियाबाट लिन सकिन्छ । संसारमा सबैभन्दा शक्तिशाली राष्ट्रको रुपमा स्थापित हुन्छ भन्ने संकीर्ण सोचकै कारण आज कोरियालाई एकीकरण हुनबाट रोकिएको छ । त्यसैले यस किसिमको साम्राज्यवादीहरुका दादागिरीको विरुद्ध समाजवादीहरु एक ठाउँमा उभिन आवश्यक छ । जसले असमानताको अन्त्य कम्युनिष्टले मात्र गर्न सक्छ भन्ने सन्देश दिनुपर्छ ।
स्मरण रहोस्, समाजवाद एउटा मुलुकमा मात्र टिक्दैन । यसलाई विश्वव्यापीकरण गराउन आवश्यक छ । समाजवादलाई भूगोलअनुसार उपयोग गर्नुपर्छ । तबमात्र विश्व जनमतले अपनत्व ग्रहण गर्नेछ भन्नुहुँदै प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको विकासक्रमलाई विश्वका कुनै पनि राष्ट्रहरुसँग तुलना गर्न सकिन्न । तसर्थ राम्रो कुरा जहाँको भए पनि लिनुपर्छ । नेपाली नेतृत्वले कोरियाबाट धेरै कुराहरु सिक्न आवश्यक छ । ७० वर्षको नाकाबन्दीका बिचबाट जुन उपलब्धी हासिल गरेको छ, त्यस्ता कुराहरुमा सहकार्य निरन्तर हुनुपर्छ भन्ने सन्देश ७४औं स्थापना दिवसले दिने विश्वास नेता शर्माले व्यक्त गर्नुभएको छ ।
कोरियाली जनता र नेतृत्वले जीवन मरणको ठूलो संघर्ष गर्दै आएको छ । जसका कारण आज विश्व राजनीतिमा आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याउन सफल भएको छ । यो सफलता सहजै प्राप्त भएको होइन । साम्राज्यवादीहरुसँग मुकाबिला गरेरै जनताको साथमा रहेरै प्राप्त भएको भुल्नु हुन्न भन्न पछि पर्नु भएन नेता शर्मा ।कार्यक्रममा महामहिम राजदुत जो यङ मानको कथन थियो– कोरियाली महादीपमा जुन चुनौती उठेको छ, त्यसको सामना गर्न कोरियाली जनता तयार छन् । जसका लागि कोरियाली जनताका प्रिय नेता कमरेड किमइल सुङ्गको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुहुँदै नेपाल र कोरियाबीचको पारस्परिक सम्बन्धलाई जनस्तरसम्म पु¥याउन कोरियाको स्वतन्त्र राजनीतिक अध्ययन केन्द्र नेपालले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नुहुँदै महामहिम जो यङ मानको थप कथन थियो– आज विश्व राजनीतिमा जुन किसिमका ज्वारभाटाहरु उठिरहेका छन्, त्यसको सामना गर्न र कोरियाली जनतालाई एकाकार भएर प्रतिवाद गर्नसक्ने क्षमताको विकासका लागि कुनै कसुर बाँकी नराखिने समेत सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।
उक्त स्वतन्त्र दिवस कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै संगुण नितिको अध्ययनको लागी नेपाल साहित्यिकमञ्चका अध्यक्ष शंकर भारतीको कथन थियो– अमेरिकी साम्राज्यवाद र जापानीज साम्राज्यवादका बिचबाट समाजवादी कोरियाले जुन किसिमको उपलब्धी हासिल गरेको छ, त्यसबाट नेपाली राजनीतिज्ञहरुले पाठ सिक्नुपर्ने धारणा राख्नुभएको छ । ७० वर्ष देखिको नाकाबन्दीको सामना मात्र गरेको छैन, आफूलाई सबल र सक्षम राष्ट्रका रुपमा विश्वसामु प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया भनेर स्थापित समेत भएको छ । स्मरण रहोस्, आजभन्दा ७० वर्ष अगाडि जापानीय साम्राज्यवादले कोरियाली जनसंख्या भन्दा बढी बम बर्साएको भूमि जसले आज ति सबै घटनालाई इतिहासको एक कुनामा लगेर थन्क्याइदिएको छ । यो सबैको पछाडि जुछे विचारधारा नै कारक भएको चर्चा गर्नुहुँदै यिनै भावनाले गर्दा कोरिया सफल भएको हो । जसको सूत्राधार कोरियाली जनताका प्रिय नेता किम इलसुङ्गको संगुन पोलिसी नै हो । जसले आज एकपछि अर्काे गर्दै कोरिया प्रायदीप विश्वमा शक्तिशाली बन्दै छ भन्न पछि पर्नु भएन भारती ।
कार्यक्रमका अर्का वक्ता नेपाल कोरिया समाजका महासचिव फनिन्द्रराज पन्तको धारणा थियो– प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको ७४औं स्थापना दिवस मनाइरहँदा अतितलाई पनि कोट्याउन आवश्यक छ । हामीबीच कयौं शुभचिन्तकहरुले कोरियाको यथार्थता नसुनेको पनि हुनसक्छ । जब १९४५, अगस्टमा कोरिया स्वतन्त्र भयो, त्यसको १९ महिना पुग्न नपाउँदै अमेरिकी साम्राज्यवादले धावा बोल्यो र लाचार भएर पछि हट्न बाध्य भयो । जसले कोरियालाई २ वटा भागमा जबरजस्त धकेलिदिएको छ । जसका कारण हजारौं आमाका काखहरु रित्तिएका छन्, लाखौं कोरियाली चेलीहरुका साथ खोसिएको छ । आज पनि ति कोरियाली जनताहरु एक आपसमा भेट भएर अपनत्व ग्रहण गर्न आतुर छन् तर विश्व साम्राज्यवादको भुमरीमा खुशी मनाउन रमाउने अमेरिकी दादागिरीका कारण खुम्चिन बाध्य छन् कोरियालीहरु । यो अवस्थामा कुनै पनि समाजवाद उन्मुख सरकारहरुले साम्राज्यवादीहरुबाट जोगिन आवश्यक छ । त्यसैले साम्राज्यवादका विरुद्ध जबसम्म धावा बोल्दैनौं, तबसम्म आधुनिक समाजवादको कल्पना पनि गर्न सक्दैनौं भन्नुहुँदै पन्तको थप कथन थियो– साम्राज्यवादले जति नै ज्यादती गरेर मानिस मारेपनि विचार मर्दैन, समाजवाद ढल्दैन । हेक्का रहोस्, एकदिन यो विश्व समाजवादको पछि लाग्ने छ भन्न पछि पर्नुभएन ।
कार्यक्रममा आयोजक संस्थाको तर्फबाट संस्थाका उपाध्यक्ष कल्पना भाट रिजालले शुभकामना मन्तव्यसँगै संस्थाको तर्फबाट उक्त समारोहमा विथ महामहिम राजदूत मार्फत प्रजातान्त्रिक जनगणतन्त्र कोरिया महामहिम मार्सल किम जोङ उनलाई शुभकामना सन्देश पठाईएको छ । कार्यक्रमको सभापतित्व कोरियाको स्वतन्त्र राजनीति अध्ययन केन्द्र, नेपालका अध्यक्ष बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव श्यामलाल तण्डुकारले गर्नुभएको थियो भने अतिथि सत्कार संस्थाका सदस्य पासाङ फेल्मो तामाङले गर्नुभएको थियो । कार्यक्रम कोरियाको स्वतन्त्र राजनिति अध्ययन केन्द्र, नेपालको आयोजनामा भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |