Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा चुनावी अभियान उदाहरणीय, मतदाता शिक्षा प्रभावकारी हुने

प्रभातफेरी अनलाइन ३८० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
काभ्रेमा चुनावी अभियान उदाहरणीय, मतदाता शिक्षा प्रभावकारी हुने

काभ्रे । निर्वाचन जति नजिकिँदै छ, त्यति नै उम्मेदवारहरु मतदाताहरुलाई मनाउन विभिन्न किसिमका आश्वासनहरु बाँड्नै व्यस्त हुँदै गएका छन् । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुले प्रचार अभियानलाई तिव्रता दिँदै अगाडि बढेका छन् । सोही क्रममा काभे्र जिल्ला पनि अछूतो रहन सक्दैन । उम्मेदवाहरुले आफ्नो प्रचार प्रसारको शैली अन्यत्रको भन्दा अत्यन्तै संयम किसिमले मतदाताहरुलाई मतदानमा आकर्षण गरिरहेका छन् । जसका कारण १ सय ६५ प्रतिनिधि सभा निर्वाचन मध्ये काभ्रे जिल्लाको प्रचारप्रसार शैली उदाहरणिय सावित भएको छ ।
यहाँ सत्ता पक्षीय गठबन्धन होस् या विपक्षी गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु जम्काभेट हुँदा एकअर्कामा देखाइएको सद्भाव अनुकरणीय सावित भएको छ । जसले गर्दा चुनावी माहोलले उचाई लिएको छ ।
जिल्लाको सुरक्षा निकाय, निर्वाचन आयोग, जिल्लाका बौद्धिक व्यक्तित्वहरुको सुझाव र प्रयासमा निर्वाचन माहोल अत्यन्त मनन् योग्य हुँदै गएको छ । प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले खेलेको भूमिकाले गर्दा मतदाताहरुले निष्पक्ष ढंगबाट सक्षम क्षमतावान् निष्कलंकित उम्मेदवारलाई साथ दिने सुनिश्चितता देखिएको छ ।
नेपाल र नेपालीहरुको भविष्य निर्माणको लागि छनोट गरिने नेतृत्वहरुका लागि काभे्रली जनताले सूक्ष्म ढंगबाट मूल्यांकन गर्दै मतदान गर्ने वातावरण बनिरहेको छ । जिल्लाको विकास निर्माण कार्य साथै जिल्लावासीको हितको खातिर कार्य गर्ने क्षमतावान व्यक्तित्वको छनोट गर्ने बिषयमा काभे्रली मंसिर ४ को पर्खाईमा छन् ।
अधिकांश बौद्धिक व्यक्तित्व रहेको जिल्लाको रुपमा परिचित काभे्रमा भएको निर्वाचन माहोल अन्य जिल्लाहरुको तुलनामा उत्कृष्ट हुनुले पनि निष्पक्ष साथै धाँधलीरहित हुनेमा काभे्रली जनता ढुक्क छन् । घरदैलो कार्यक्रमहरुमा मतदाताहरुको उपस्थितिले साँस्कृतिक कार्यको रुप देखाएको छ । जिल्लावासी मतदाताहरुले विचारको आधारमा उम्मेदवारहरुलाई उपेक्षित गर्ने कार्य गरेका छैनन् । यो नै काभ्रेली मतदाताको महानता सावित भएको छ । विचारको आधारमा आफु निकटका होस् या फरक विचारको किन नहोस् मत माग्दै गर्दा स्वागत गर्ने कार्यमा कुनै भिन्नता साथै पक्षपाती व्यवहार देखिएको छैन ।
विगत बर्षहरुमा हुने निर्वाचनमा अनावश्यक तडक भडक हुने गर्दा बौद्धिक मतदाताहरु अलि चिन्तित रहेको पाइन्थ्यो तर यो पटक निर्वाचन आयोगले जुन किसिमको प्रचारप्रसार नीति ल्यायो, त्यसले मतदाता मात्र होइन, उम्मेदवारहरुमा समेत हौसला प्रदान गरेको छ । उम्मेदवारहरुले आफ्नो विचार साथै घोषणा पत्रहरु प्रस्तुत गर्दै गर्दा मतदाताहरुले राम्रोसँग अध्ययन गर्ने अवसर पाएका छन् । जिल्लाका कतिपय स्थानहरुमा विचारको आधारमा भन्दापनि उम्मेदवारको क्षमताको आधारमा मतदान गर्ने मानसिकतामा मतदाता देखिएका छन् ।
जिल्लामा रहेको दुई प्रतिनिधिसभा साथै ४ प्रदेशसभाको लागि हुने निर्वाचनमा ठुलो मतान्तर नभई झिनो मतको अन्तरमा हारजित हुने मतदाताहरुको राय रहेको छ । नयाँ दलहरु साथै स्वतन्त्र उम्मेदवारहरुले पनि राम्रै मत हासिल गर्ने मतदाताहरुको गतिविधिले देखाउँछ । दलहरु भित्रका असन्तुष्ट पक्षले स्वतन्त्र तथा नयाँ दलहरुलाई मतदान गर्ने राजनीतिक विश्लेषकहरुको दाबी रहेको छ । यसले दलहरुलाई घात नहोला भन्न सकिन्न । यसतर्फ राजनीतिक दलले सूक्ष्म अध्ययन गरेर समाधानतर्फ केन्द्रीकृत हुन सकेन भने परिणाम फरक पनि आउन सक्छ । यति हुँदाहुँदै पनि मतदानमा भने उल्लेखनीय सहभागिता रहने मतदाताहरुको उत्साहले देखाएको छ । जसका कारण मतदानको प्रतिशत उच्च रहनुका साथै बदर मतको संख्या न्युन हुने सम्भावना आँकलन गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0