Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनौतीको घेराभित्र सभापति लामा, केन्द्रीय निर्देशन पालना हुनेमा शंका !

प्रभातफेरी अनलाइन ८२८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
चुनौतीको घेराभित्र सभापति लामा, केन्द्रीय निर्देशन पालना हुनेमा शंका !

काभ्रे । नेपाली कांग्रेस केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गरेर पार्टी नीति विपरित अन्तर्घात गर्नेहरुको सूची पठाउन निर्देशन दिएको छ ।
सो निर्देशन बमोजिम नेपाली कांग्रेस काभ्रे जिल्लाका पार्टी सभापति तिर्थ लामाले कार्य सम्पादन गर्न सक्लान् त ? भन्ने चासो सर्वत्र छाएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा यस जिल्लामा पनि अन्तर्घात गर्नेहरुको सूची लामै रहेको कांग्रेसी स्रोतको दाबी छ ।
त्यही अन्तर्घातको झण्डै सिकार हुन पुगेका जिल्ला सभापति लामा आफू त बाल–बाल जोगिए तर पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा दुईका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई भने जोगाउन सकेनन् । यसको सम्पूर्ण दोष अन्तर्घातमा गएर ठोकिएको छ । यस कारण पनि केन्द्रको निर्देशनलाई जिल्ला पार्टी समितिले निर्मम समिक्षा गरेर अन्तर्घातीहरुको नाम पठाउन बाध्य हुने कांग्रेसी स्रोत बताउँछन् ।
स्रोतका अनुसार सिंगो गठबन्धनलाई नै सिध्याउने गरी अन्तर्घातीहरु परिचालित भएको दाबी गर्दै सांगठनिक मजबुतीका कारण शिवप्रसाद हुमागाईं बाहेक अरु अन्तर्घातीहरुको सिकार हुनबाट बचेको बताइन्छ । यो अवस्थामा स्थानीय पार्टी समितिदेखि केन्द्रीय सदस्य समेतको संलग्नता अन्तर्घातमा रहेको स्रोतको दाबी छ । यो चुनौतीका बिच आगामी पार्टीको वर्गीय संगठनदेखि जिल्ला समितिसम्मका जिम्मेवार व्यक्तिहरुप्रति लिइने कठोर निर्णय कार्यान्वयनमा सहजता नरहने स्रोतले बताइरहेको छ । स्रोत भन्छ– नेपाली कांग्रेसमा केही हुन्न्, सक्नेले जे गर्दा पनि हुन्छ । यहाँ अन्तर्घात, सन्तर्घात केही भएको छैन । त्यसैले केन्द्रीय सर्कुलर अनुसार कसैको पनि कारवाहीका लागि सिफारिस जानेछैन । रेकर्ड गरेर राख्नुस् भन्न पछि पर्दैनन् जिम्मेवार तहका कांग्रेसी नेताजन । यसबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्ति एउटा नौटंकी चिर्कटो मात्र रहेको उनीहरुको दाबी छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा अनुशासन समितिले अन्तर्घातीहरूको नाम माग गरेको छ । सभापति देउवाले कांग्रेसविरुद्ध हर्कत गर्ने र कांग्रेसलाई कमजोर बनाउने नेता कार्यकर्ताविरुद्ध कठोर नीति लिने सन्देश दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठवन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ ।’
यसरी विज्ञप्तिमार्फत् मातहतका समितिहरुलाई पत्राचार गरेर जुन सिफारिस माग गरिएको छ, सो सम्बन्धमा काभ्रे जिल्ला पार्टी समितिले कसरी काम अगाडि बढाउँछ भन्ने बारेमा सर्वत्र चासोको विषय रहेको छ । जिल्लामा चर्चित युवा अनुहार प्रदेश माननीय समेत रहेका पार्टी सभापति तिर्थ लामाको परीक्षाको रुपमा यो सर्कुलरलाई लिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0