Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहमति लत्याएकै कारण विकल्पमा सहकार्य हुनपुगेको हो : नेता दोङ

प्रभातफेरी अनलाइन ६५३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
सहमति लत्याएकै कारण विकल्पमा सहकार्य हुनपुगेको हो : नेता दोङ

जीवन खड्गी/काभ्रे । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति लत्याएकै कारण एमालेसँग सहकार्य हुनपुगेको नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं संघीय सांसद सूर्यमान दोङ (लालध्वज) ले बताउनुभएको छ ।
शनिबार पनौतीमा पार्टी कार्यकर्ताबीचमा सम्बोधन गर्दै सांसद दोङले २०७४ को संघीय चुनावमा २३ सिट प्राप्त गरेको नेपाली कांग्रेसलाई देशका बागडोर सम्हाल्नेदेखि देशकै ठूलो शक्तिको रुपमा कसले स्थापित गरायो ? प्रतिप्रश्न गर्नुहुँदै नेपाली कांग्रेसका मतदाता तथा नेताहरुले यो गुण बिर्सनुहुन्न थियो । यो उपलब्धीको संरक्षण गर्नुको सट्टा घमण्ड बढेकै कारण आज नेपाली राजनीतिमा यो अवस्था आइपुग्यो । यसको पछाडि समग्र रुपमा नेपाली कांग्रेस जिम्मेवार छ । नेपाली कांग्रेसले गठबन्धन दलबीचमा भएको सहमति तोड्ने काम गरेकै कारण आज चाहेर–नचाहेर पनि विकल्पमा सहकार्य गर्न पुगेका छौं । एमालेले जे चाहेको थियो, कांग्रेसले त्यही पूरा गरिदियो । जसका कारण नेपाली राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने कुरा पुष्टि गरिदिएको छ ।
नेपाली कांगे्रसले हिजोको आफ्नो हैसियत भुल्यो । कांग्रेसजनमा जुन उन्माद चढ्यो, त्यसैले नेपालको राजनीति अकल्पनीय क्षणमा पुग्यो । यो सबै घटनाक्रमका पछाडि स्वीकार्नुस् या नस्वीकार्नुस् नेपाली कांग्रेसका जिम्मेवार नेताहरु नै दोषी छन् । मंसिर ४ को गतिविधितर्फ इंकित गर्दै सांसद दोङले थप्नुभयो– हाम्रो उम्मेदवार छैन किन भोट हाल्न जाने भन्दै कांग्रेसीजन मतदान स्थलमै आएनन् । आएकाहरुले पनि गठबन्धनको विपक्षमा मत खसालेको तथ्य आफूसँग सुरक्षित रहेको तितो यथार्थ पोख्दै तत्कालिन अवस्थामा जसरी पनि गठबन्धन तोड्नका लागि कांग्रेसीजनहरु लागिपरेकै हुन् । सकेसम्म गठबन्धन उम्मेदवारलाई हराउन क्याम्पिङ नै गरेको तथ्य आफूसँग सुरक्षित रहेको खुलासा गर्नुहुँदै गठबन्धनतर्फका उम्मेदवारहरु हराउने नाउँमा आफ्नै पार्टीका जिम्मेवार उम्मेदवारहरुलाई हराउने काम भयो । नेपाली कांग्रेसका केही जिम्मेवार नेताहरुले माओवादी सिध्याउने हुटहुटी नै गरेका थिए । बिडम्बना ! माओवादीलाई त सक्न सकेनन् तर आफ्नै उम्मेदवारलाई सिध्याउने काम कांग्रेसले ग¥यो । कांग्रेसको एउटा कित्ताले नेपालभरी नै परिपत्र गरेर आफू निकटभन्दा बाहिरका उम्मेदवारहरुलाई जसरी पनि हराउने रणनीति बनाएर क्रियाशील भएको तथ्य हाम्रा अगाडि छ । स्पष्ट जनमत हुँदाहुँदै पनि आफ्नै उम्मेदवारका विरुद्ध तिक्डम गरेर कांग्रेसका जिम्मेवार नेताहरुलाई नै हराउन सफल भए । यो अवस्थामा केही निष्ठावान् कांग्रेस बाहेकका नेतृत्व पंक्तिमाथि नै प्रश्न उब्जिएका छन् ।
आज मुलुक राजनीतिक रुपमा जुन बाटो पहिल्याउन बाध्य भएको छ, त्यसले केही आघात त पु¥याउँछ नै तर दीर्घकालिन रुपमा माओवादी केन्द्रलाई भने राहत हुनेमा दुईमत नरहेको नेता दोङले स्पष्ट पार्नुभएको छ । नेता प्रचण्डले नेतृत्व लिनुमा धेरै कारणहरु छन् । यसका पछाडि राजनीतिक रुपमा निकै चलखेलहरु भएका छन् । देशी, विदेशी शक्तिहरुको चंगुलबाट आफ्नो कब्जामा मुलुकको बागडोर सम्हाल्न प्रचण्ड सफल भएका छन् । जसका कारण प्रतिक्रियावादीहरुका लागि टाउको दुखाईको विषय भएको छ । सम्भवतः नेपालको इतिहासमा विदेशी चलखेलले पत्तै नपाईकन राजनीतिक नेतृत्व हत्याउने महान् व्यक्तित्वको रुपमा प्रचण्डले आफूलाई उभ्याउन सफल भएका छन् । यो सवालमा विदेशी शक्तिहरुको चलखेलका बारेमा कार्यकर्ता माझ चिरफार गर्नुहुँदै नेता दोङको थप कथन छ– तमाम कार्यकर्तापंक्ति र काभ्रेवासीका समस्यासँग एकाकार भएर आफू समस्यासँग अवगत रहेको स्पष्ट पार्नुहुँदै अधुरो रहेको पनौती–खोपासी सडकले छिट्टै पूर्णता प्राप्त गर्नेछ । सो विषयमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सहकार्य भइसकेको नेता दोङले कार्यक्रममा खुलस्त पार्नुभएको छ ।
आफूले विकाससँग भोटको राजनीति नगर्ने धारणा राख्नुहुँदै समग्र काभ्रेको समृद्धि चाहेको स्मरण गर्नुहुँदै विधिसम्वत् ढंगबाट आएका कुनै पनि विकास निर्माणका कामलाई जुनसुकै नागरिकले ल्याउँदा पनि फरक नपर्ने र ति कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभएको छ । आफू सबैको साझा सम्पत्ति भएकै कारण काभ्रेली जनताले घेराबन्दी तोडेर विजयीको माला पहि¥याइदिएको हुँदा जिल्लावासीको शीर निहु¥याउने काम आफूबाट नहुने सांसद दोङले खुलासा गर्नुभएको छ । आफू हिजो पनि काभ्रेवासीकै, आज पनि काभ्रेवासीकै र भोलि पनि काभ्रेवासीकै मन, मष्तिष्कमा रहेर राजनीतिक जीवन जिउन चाहन्छु । त्यसका लागि आशा छ, यहाँहरुबाट सकारात्क सहयोग, सल्लाह, सुझाव मेरो प्राथमिकतामा रहनेछन् भन्न नेता दोङ पछि पर्नुभएन ।
कार्यक्रममा पूर्व सांसद एवं माओवादी नेता गंगाबहादुर दोङले परिस्थिति अनुकुल नभएकै कारण राजनीतिक घटनाक्रमले कोल्टे फेरेको चर्चा गर्नुहुँदै प्राप्त उपलब्धीहरुको संरक्षण गर्ने दायित्व नेतृत्वको मात्र नभई कार्यकर्ताको पनि रहेको धारणा राख्नुभएको छ । पछिल्लो समय माओवादी केन्द्र पनौती नगरमा विचलनका गन्धहरु आफूले महसुस गरेको तितो यथार्थता पोख्दै विश्वेश्वर बञ्जारा, प्रभुराम केसी, सन्तोष केसी, जगनाथ गिरी जस्ता कार्यकर्तामाथि नेतृत्वले विश्वास गर्दा पनौतीमा माओवादी खुम्चिन पुगेको कटुयथार्थता राख्न नेता दोङ पछि पर्नुभएन । यि घटनाक्रमबाट पाठ सिक्दै नेकपा माओवादी केन्द्र पनौती नगरले आफूलाई रुपान्तरण गर्दै अगाडि जान सकेमा पनौतीको भविष्य सुनिश्चित रहेको स्मरण गराउनुहुँदै ०६४ सालभन्दा अगाडिको राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने माओवादी केन्द्रको उर्वरा भूमिको रुपमा रहेको यस नगरी आज जुन अवस्थामा आइपुगेको छ, त्यसको जिम्मेवार तपाईं कार्यकर्ता मात्र नभई हामी नेतृत्वले पनि लिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।
१० वर्षे जनयुद्धमा यस नगरको बलिदानलाई कमजोर आँक्न नहुने चर्चा गर्नुहुँदै शहिदहरुको सपनालाई साकार बनाउने हो भने पनौती माथि भएको यस किसिमका कमी कमजोरीहरु सदाको लागि अन्त्य गर्न फेरि एकपटक ति सेलाएका मनहरुलाई ऊर्जा थप्नुको विकल्प नभएको नेता दोङले कार्यक्रममा खुलासा समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक एवं बागमती प्रदेश समिति सदस्य भोला अर्याल, जिल्ला समन्वय समिति सचिव एवं बागमती प्रदेश समिति सदस्य दैवलाल घिसिङ (अुनशिल), बागमती प्रदेश समिति सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, पनौती नगर समिति अध्यक्ष हस्तबहादुर तामाङ लगायतले समसामयिक विषयमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा बाह्रै वडा समितिबाट राजनीतिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0