प्रभातफेरी अनलाइन३४८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २१, मंगलबार(३ साल अघि)
मनिषा राजवंशी
गर्भमा राखेकी रे मेरी आमाले यो छोरा हुन्छ भनेर
दुःखी कर्म अनि भाग्यले गल्ती गरायो यो धर्ती टेकाएर
भाईको हातमा कापी कलम थियो मेरो भागमा डोको
अधुरो रहयो सारा सपना अनि त्यो अक्षर चिन्ने धोको
चुलो र चौका गर्नै पथ्र्यो जानी नजानी
मानवको सृष्टिकर्ता नारी दुःख सहनै पर्यो आफ्नो भाग्य ठानी
नाइँ बुवा जादिनँ भन्दाभन्दै पराई घरमा सुम्पिदिए
बुवा आफू भोकै बसेर हुर्कायौ मलाई हजुरको हातको लठ्ठी हुनेबेला,
पराई घरमा जिम्मा दियौं मलाई
अब छोरी नजन्माउनु है आमा
अब छोरी नजन्माउनु हौ आमा !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |