Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्ससँग हातेमालो गर्न स्थानीय सरकार तयार छ ः प्रमुख शाक्य

प्रभातफेरी अनलाइन ८६९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
लायन्ससँग हातेमालो गर्न स्थानीय सरकार तयार छ ः प्रमुख शाक्य

सन्दर्भ ः व्यक्तित्व सम्मान कार्यक्रम

मरेर गएपनि लायन्सले जुजुकाजी शाक्यलाई भुल्न सक्दैन ः लायन बज्राचार्य

बिपशना शाक्य
काभ्रे । लायन्स क्लबहरुको साझा प्रयासमा काभ्रेपलाञ्चोक लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गत डिष्ट्रिक्ट सेकेन्ड भाइस गर्भनर इलेक्टेड (०२३÷२४) मा नेतृत्व गर्ने काभ्रेली भूमिलाई कर्म र जन्मथलोको रुपमा सक्रिय जीवन व्यतित गर्नुहुने लायन्स लिडरहरुलाई एक समारोहबीच सामूहिक रुपमा सम्मान गरिएको छ ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफू पनि लायनवादमा विश्वास गर्ने एउटा पात्र भएको कारण लायन्ससँग हातेमालो गरेर कार्यक्रम गर्दा के हुन्छ भन्ने अनुभूति भइसकेको हुँदा आगामी दिनमा काभ्रे जिल्लामा रहेका लायन्सहरुसँग हातेमालो गर्न बनेपा नगरपालिका तयार रहेको बताउनुभएको छ ।


काभ्रेको इतिहासमा लायन वर्ष ०२५÷२६ सुनौलो अक्षरले उद्घोष गर्दै प्रमुख अतिथि शाक्यको कथन छ– काम गर्न लायन्स क्लबहरुसँग जति सजिलो अन्य गैर संघसंस्थासँग सहज नहुने खुलासा गर्नुभएको छ । बनेपा नगरमा जति पनि विकास भएका छन्, त्यसमा कहिँ न कहिँ, कतै न कतै लायन्सको संलग्नता रहेको छ । जस्तो ः रेयुकाई एईको मासु नागा अस्पताल भन्नुस् या लायन्स भवनमा सञ्चालित हृदय रोगसँग सम्बन्धित साप्ताहिक क्लिनिक भन्नुस् वा नगरभित्रका अन्य विभिन्न स्वास्थ्यसँग सरोकार राख्ने कार्यक्रमसँग आत्मीयता जोडिएको छ । त्यसैले पनि लायन्स र स्थानीय सरकार एकअर्काका पूरकका रुपमा रहेको अनुभूति आफूलाई भएको बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ एल का गर्भनर लायन मणिश्री बज्राचार्यको कथन छ– आज काभ्रे जिल्लामा रहेका सात वटा क्लबहरुले जुन किसिमको अठोट गर्नुभएको छ, त्यसमा हामी लायनवादका अभियान्ताहरु खुशी नभए अरु को हुनसक्छ ? त्यसैले पनि हामीले यो अभियानलाई सूक्ष्म रुपमा र चोटिलो हिसाबले समेत लिएका छौं ।


इतिहासतर्फ हेर्ने हो भने स्वर्गीय जुजुकाजी शाक्य, जसले सामाजिक सेवाका लागि आफ्नो उर्जाशील जीवन लायनकै नाममा सकाउनुभयो । यो योगदानका बारेमा उहाँ बितेर गएपनि हामी लायनवादमा विश्वास राख्नेहरुले भुल्नेछैनौं । हामी जो जहाँ भएपनि पहिला लायन, अनि मात्र अरु परिचय जोड्न चाहन्छौं । जुन किसिमले रि–डिष्ट्रिङ्ग भयो, त्यसले सामाजिक सेवामा जीवन खोज्ने नेपालीहरुलाई सम्मान पुगेको छ । यो अद्वितीय अभियानमा यहाँहरुको अतुलनीय सहयोगको उच्च सम्मान गर्न मल्टिपल डिष्ट्रिक्टले कुनै कसुर छोड्ने छैन । जो जहाँ भएपनि लायनहरुलाई एक सूत्रमा बाँध्ने अभियानले संगीतमा रिदमको जस्तै काम गरेको छ । जसका लागि लायन प्रकाश श्रेष्ठ, लायन प्रल्हाद शर्मा हुमागाईं र यहाँ जोडिनुभएका ७ वटा क्लबका अध्यक्ष सम्मानका पात्र हुनुहुन्छ । जसको अनुकरणीय प्रयासबाट उदाहरणीय कार्यको सुरुवात भएको छ ।
अझ भन्नैपर्दा लायनवादका अनुयायीहरुलाई आफ्नो माटोको महिमा अनुभूति गराउनुभएको छ । यो कार्यका लागि पक्कै पनि सहज थिएन तर सम्भव छ भन्ने उदाहरण यो कार्यक्रमले पेश गरेको छ । सम्भवतः नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टभित्र आबद्ध क्लबहरुले यसलाई प्रेरणाको रुपमा लिनुहुनेछ भन्ने विश्वास आफूले लिएको गर्भनर बज्राचार्यले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।


कार्यक्रममा सम्मानित व्यक्तित्व एमजेएफ लायन पार्वती खरेल पाण्डे (डिष्ट्रिक्ट ३२५ आइ इलेक्टेड ०२३÷२४ सेकेण्ड भाइस गर्भनर) को कथन थियो– आफूलाई जन्मभूमि र कर्मभूमिको बोध गराएकोमा आयोजकप्रति मुक्तकण्ठले सम्मान व्यक्त गर्दै जन्मभूमि र जन्म दिने आमाका बारेमा वकालत गरिराख्नु नपर्ने स्मरण गराउनुहुँदै आफ्नो जन्मभूमिका लागि आफू ओहोदामा पुगे पनि नपुगे पनि सेवा गर्न प्रतिबद्ध रहेको उद्घोष गर्नुभएको छ ।
अर्का सम्मानित व्यक्तित्व लायन विधान जोशी (डिष्ट्रिक्ट ३२५ जि इलेक्टेड ०२३÷२४ सेकेण्ड भाइस गर्भनर) को धारणा छ– काभ्रे जिल्लालाई कर्मथलो बनाएर दशकौं देखि सेवा गर्दै जाँदाका अनुभूतिहरु बाँडिरहँदा कार्यक्रमका सहभागीहरु सबैमा एक किसिमको सन्नाटा छाएको थियो । मानवीय सेवा गर्नु कति सहज छ भन्ने कुरा उहाँका अभिव्यक्तिहरुले जो कोहिलाई पनि छोएको कार्यक्रमका सहभागीहरुको हेराईले पुष्टि गरेको छ । जुन किसिमका अभिव्यक्तिहरु पस्किरहँदा लायन्समार्फत् २०७२ को भूकम्प होस् या लायन्स भवन, बर्दिबासमा बनेको आँखा अस्पताल, राहत कार्यहरुमा भोगिएका भोगाइहरुले सहभागीहरुमा प्रेरणा प्रदान गरेको सहजै अनुमान गर्न सकिने अभिव्यक्ति राख्नुभएको छ ।


त्यस्तै सम्मानित व्यक्तित्व लायन दुर्गाप्रसाद हुमागाईं (डिष्ट्रिक्ट ३२५ के इलेक्टेड ०२३÷२४ सेकेण्ड भाइस गर्भनर) को कथन थियो– आफूले जिम्मेवारी बहन गर्ने क्रममा आफ्नो जन्मभूमि नभुलेको स्पष्ट पार्दै सामाजिक सेवामा आफू मुलुकको जुनसुकै स्थानमा पुगेपनि जन्मभूमि भन्दा टाढा जान नसकिरहेको धारणा राख्नुभएको छ । आजको यो सम्मानले त आफूलाई ऋणी बनाएको, जिम्मेवारी थपेको र जन्मभूमिप्रतिको कर्तव्य बढेको महसुस गरेको बताउनुभएको छ । जुन किसिमको अठोटका साथ काभ्रे जिल्लामा रहेका विभिन्न डिष्ट्रिक्टसँग आबद्ध क्लबहरुले जुन अठोट गर्नुभयो, त्यसको लागि उच्च सम्मान व्यक्त गर्दै लायन्सले तोकेका दायराबाट माथि उठेर जन्मभूमिका लागि के गर्न सकिन्छ, ति कार्यहरु गर्न आफू प्रतिबद्ध रहेको लायन हुमागाईंले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ । जसरी मोडल भिलेज सञ्चालन गर्न अन्य डिष्ट्रिक्टसँग अनुमति लिनुपर्ने प्रावधान छ, त्यसैगरी आगामी दिनमा पनि सोहि नीति अख्तियार गर्दै समग्र काभ्रे जिल्लाको विकास निर्माणका लागि आफूहरुले सक्दो प्रयास गर्नेछौं भन्ने विश्वास लायन हुमागाईंले व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा आयोजक क्लबहरुको तर्फबाट लायन्स क्लब काठमाडौं टेम्पल चण्डेश्वरीका अध्यक्ष एवं कार्यक्रमका प्रिसाइडिङ्ग अफिसर लायन सुरज पलाञ्चोकेले कार्यक्रम आयोजना गर्नुका बारेमा प्रकाश पार्दै हामी जुन–जुन डिष्ट्रिक्टमा जहाँ–जहाँ आबद्धता भएतापनि पहिला काभ्रेली माटोलाई सम्झनुपर्ने चर्चा गर्नुहुँदै हाम्रो यो व्यक्तित्व सम्मान कार्यक्रमबाट नयाँ पिँढिले प्रेरणा लिनुहुनेछ र आगामी दिनमा लायनवादलाई अझ उचाईमा पु¥याउनुहुनेछ भन्ने विश्वासका साथ यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पिडिजी लायन मनश्री रत्न बज्राचार्य, फस्र्ट भिडिजी लायन सुमन भट्ट, लायन प्रकाश श्रेष्ठ, लायन बुद्धरत्न मानन्धर, लायन गणेश रञ्जित, लायन प्रल्हाद शर्मा हुमागाईं, लायन रमेश श्रेष्ठ लगायतले व्यक्तित्व परिचयसँगै लायनवादका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरी, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरी, लायन्स क्लब अफ बनेपा सिटी, लायन्स क्लब अफ काठमाडौं सञ्जीवनी धुलिखेल, लायन्स क्लब अफ काठमाडौं नाला काभ्रे, लायन्स क्लब अफ काठमाडौं बेथानचोकले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0