पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका महाधिवेशन आयोजक कमिटीका संयोजक बाबुराम भट्टराईले नेसपा काभ्रेको कृषि तथा भूमि व्यवस्था विभागले आयोजना गरेको बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र आवासीय स्थानको विकल्पका रुपमा काभ्रे उपत्यका हुनुपर्ने बताउनुभएको छ ।
काभ्रेको बतासेडाँडामा आयोजित बृहत् वृक्षारोपण गर्ने क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले उक्त धारणा राख्नुभएको हो । अब काठमाडौं उपत्यकामा बस्न लायक आवास क्षेत्र नभएको स्मरण गर्नुहुँदै त्यसको नजिकको गन्तव्य बनेपा–पनौती–धुलिखेल (काभ्रे उपत्यका) रहेको बताउनुभएको छ ।
स्थानीय नेतृत्वतर्फ इंकित गर्दै भागबन्डाबाट राजनीतिक पार्टीहरु माथि उठ्नुपथ्र्याे । बिडम्बना ! हिजो त्यो हुन सकेन, अब स्थानीय नागरिकले दबाब दिएर भएपनि यि तीन वटा नगरीलाई एउटै नगरको रुपमा स्थापित गर्नु प्रत्येक स्थानीय नागरिकको दायित्व रहेको हुँदा त्यसतर्फ सचेत नागरिकहरुलाई अग्रसर हुन पनि पूर्व प्रम भट्टराईले आव्हान समेत गर्नुभएको छ ।
स्थानीय तहको नेतृत्व सर्वसम्मत हुनुपर्ने अन्तर्राष्ट्रिय नजिर भएता पनि नेपालको संविधानमा त्यो व्यवस्था गर्न चुकेको स्मरण गर्नुहुँदै स्थानीय तह गैरदलीय नेतृत्व हुनुपर्ने अडानमा आफू अझै पनि रहेको बताउनुहुँदै संविधान संशोधनका विषयमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा हुनुपर्छ भन्ने आफ्नो मत हिजोदेखिकै रहेको खुलासा गर्नुभएको छ ।
सम्बोधनकै क्रममा आफू द्वन्द्वकालमा काभ्रे जिल्लाको अधिकांश भू–भागको अवलोकन गर्ने अवसर मिलेको स्मरण गराउँदै काभ्रेको भूगोल कस्तो छ ? भनिराख्न नपर्ने भएको चर्चा गर्नुहुँदै समग्र नेपालका ७ सय ५३ वटै स्थानीय तहको गैरदलिय नेतृत्व हुन आवश्यक छ । आज विश्व जुन किसिमबाट प्रदुषित हुन पुगेको छ, त्यसको पछाडि रुख बिरुवाको क्षयीकरण नै प्रमुख कारण हुन् । त्यसैले यस किसिमका पर्यावरणतर्फ ध्यान दिनु प्रत्येक नागरिकको दायित्व हो भन्नुहुँदै संघीयता गणतन्त्रको गहना भनेको स्थानीय तहको सञ्चालन हो । त्यसमा पनि वडा अध्यक्षहरु संघीयताका मेरुदण्ड हुन् । वडा अध्यक्षहरुले जनचाहना अनुरुप काम गरिदिए पुग्ने बताउनुभएको छ । हुन त अहिले जति पनि व्यवस्थामाथि आलोचना आएका छन् । त्यसको पछाडि जिम्मेवार ढंगबाट जनप्रतिनिधिले काम नगरिदिएकै कारण यो अवस्था आएको ठोकुवा समेत पूर्व प्रधानमन्त्री भट्टराईले सम्बोधनका क्रममा गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री भट्टराईको थप कथन छ– वातावरण प्रदुषणबाट उन्मुक्ति प्राप्त गर्ने हो भने प्रत्येक घरका वरिपरी ८÷१० वटा बिरुवा रोप्नुस्, प्रकृतिसँगको आत्मीय सम्बन्ध भनेको रुख बिरुवा हो भन्नुहुँदै भएको संरचनालाई भत्काउने होइन, अब संविधान र कानूनले अलग बनाए पनि यि तीन नगर (बनेपा, पनौती र धुलिखेल) एकीकृत योजना बनाएर जान समेत आग्रह गर्नुभएको छ ।
थप सम्बोधन गर्दै प्रम भट्टराईको जोड छ– आजको परिवेशमा काठमाडौं उपत्यकामा आवासीय संरचनाहरु बन्नसक्ने अवस्था छैन । दिनप्रतिदिन कंक्रिट नै कंक्रिटको शहरको रुपमा परिणत भएको छ । त्यसको विकल्प यि तीन नगर हुनसक्ने धारणा व्यक्त गर्ने क्रममा व्यवस्था परिवर्तन भइसकेको छ । अब अवस्था परिवर्तनका लागि सबै राजनीतिक संयन्त्र केन्द्रिकृत हुन आवश्यक रहेको चर्चा गर्नुहुँदै आजको आवश्यकता साँस्कृतिक, सामाजिक र आर्थिक क्रान्ति नै हो । यसका लागि पुराना पार्टीहरु सच्चिएनन् भने नयाँ शक्तिको आवश्यक छ । त्यसतर्फ सजग र सचेत हुन जरुरी छ । आर्थिक, सामाजिक परिवर्तनका लागि नयाँ वैकल्पिक शक्ति आउनु पर्याे । हुन त पुराना शक्तिले नगरेका होइनन्, गरेका छन् तर व्यवहारमा उतार्न नसक्नु दुःखद पक्ष हो । यदि उहाँहरु परिवर्तन हुन सक्नु भएन भने नयाँ शक्तिको विकल्प अपरिहार्य भएको पूर्व प्रम भट्टराईले सम्बोधनका क्रममा ध्यानाकर्षण गराउनुभएको छ ।
प्रसंग बदल्दै पूर्व प्रम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगका बारेमा भइरहेका राजनीतिक बहसतर्फ इंकित गर्दै यो सत्ताको भ¥याङ्ग नबनोस् भन्दै जुन कार्य भएको छ, त्यसलाई यो सरकारको सकारात्मक कदमका रुपमा आफूले लिएको बताउनुभएको छ । उहाँले सम्बोधनकै क्रममा प्रतिवेदन त सरकारले बुझेको छ तर त्यसले सार्थकता कति पाउँछ भन्ने शंका पनि उठेका छन् । जुन प्रतिवेदनमाथि पिडितहरुले शंका जाहेर गरेका छन्, त्यो विगतलाई कोट्याउँदा न्यायोचित पनि छ । त्यसैले अब त्यो शंका यथार्थमा सावित नहोस् भन्ने कामना व्यक्तिगत रुपमा मैले भन्नुपर्छ । किनकी हिजो आफूले सत्ताको नेतृत्व गरिरहँदा दलहरुका गतिविधिले आफूलाई पनि कानूनी रुपमा प्रमाणित भएर बाहिर नआएसम्म धूलमूलमै राख्ने भएकाले पनि यो शंका जाहेर गरेको हुँ भन्न पछि पर्नु भएन पूर्व प्रम भट्टराई ।
उक्त बृहत् वृक्षारोपण कार्यक्रमलाई धुलिखेल नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोविन्द प्रसाद भण्डारीले सम्बोधन गर्दै स्थानीय वडावासीको भरपुर सहयोगबाट आफू अगाडि बढ्न सफल भएको चर्चा गर्नुहुँदै विकास निर्माणका सवालमा आजसम्म आलोचना आउने किसिमको कुनै पनि काम नभएकै कारण वडामा लोकप्रिय मत र लोकप्रिय नेताको रुपमा स्थापित हुन सक्षम बनाएकोमा वडावासीप्रति आभार व्यक्त गर्दै शनिबार बृहत् वृक्षारोपण गरिएको धुलिखेल र पनौती नगरपालिकाको साझा भूमि बतासेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष अनुरोध समेत वडा अध्यक्ष भण्डारीले गर्नुभएको छ ।
सोही बृहत् वृक्षारोपण कार्यक्रममा सहभागी लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपालका ग्लोबल कजेज् चियरपर्सन (भिजन) एमजेएफ लायन प्रल्हाद शर्मा हुमागाईंले वातावरणलाई स्वस्थ राख्ने कुनै पनि सामाजिक कार्यमा आफ्नो ड्रिष्टिक्टले सकेको सहयोग पु¥याउने जिकिर गर्दै यस किसिमका सामाजिक दायित्व बहन गर्ने काममा लायन्सको उपस्थिति रहने बताउनुभएको छ । भनिन्छ ‘जहाँ विपत् त्यहीं लायन’ भन्ने नारालाई सार्थक तुल्याउँदै मानवीय सेवामा युवाशक्तिलाई आकर्षित गराउँदै समाज रुपान्तरणमा दायित्वबोध गराउनु पनि महत्वपूर्ण पक्ष रहेको स्मरण गराउनुभएको छ । लायन्सको वार्षिक कार्यक्रमभित्र पनि वृक्षारोपण कार्यक्रम एक अंगको रुपमा भएकोले साथ दिन सरिक भएको धारणा राख्नुभएको छ ।
सो बृहत् वृक्षारोपण कार्यक्रमलाई धुलिखेल नगरपालिका वडा नं. १० वडा कार्यपालिकाको सहकार्य र लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे ३२५ आइ नेपालको प्रत्यक्ष सहभागितामा स्थानीय पिपलबोट युवा क्लब र स्थानीयवासीहरुको उल्लेखनीय उपस्थितिमा सयौं बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष अनुप राउतले जानकारी दिनुभएको छ । कार्यक्रमको व्यवस्थापन ई. युवा वैज्ञानिक राम कार्कीले गर्नुहुँदै यो अभियानमा लायन्स क्लबको सहयोग प्राप्त गरेकोमा लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपालप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |