Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विगतमा जस्तै वर्खा याममा यात्रुहरुले सास्ती खेप्न नपरोस् भनेर नै यो सहजीकरण गरेको हुँः प्रजिअ ढकाल

प्रभातफेरी अनलाइन ६९३ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलबार (११ महिना अघि)
विगतमा जस्तै वर्खा याममा यात्रुहरुले सास्ती खेप्न नपरोस् भनेर नै यो सहजीकरण गरेको हुँः प्रजिअ ढकाल

समयमा योजना सम्पन्न नगर्ने हो भने व्यवसायको साँचो सुम्पन तयार छौंः होटल व्यवसायी सैंजू

सूर्यविनायक–धुलिखेल सडक निर्माण कम्पनी भन्छ, वर्षात्प्रति सचेत छौं, २४सै घण्टा हाम्रा प्राविधिक र साधनहरु तयारी अवस्थामा रहनेछन्

धुलिखेल । सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिने संकेत देखेपछि प्रमुख जिल्ला अधिकारी उमेश ढकालले राख्नुभएको समन्वयकारी छलफलमा निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन कम्पनीले बाँकी अवधिभित्र निर्माण सम्पन्न गर्न नसकिने जानकारी गराएको छ ।
अब छिट्टै मनसुन शुरु हुने क्रममा रहेको र यसले यातायात संचालनमा समस्या हुने अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरुसँग छलफल कार्यक्रम राखेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी गराउनुभएको छ । विगतमा जस्तै वर्खा याममा यात्रुहरुले सास्ती खेप्न नपरोस् भनेर नै यो सहजीकरण गरेको बताउनुहुँदै नागरिकप्रति जिम्मेवार हुन आफ्नो दायित्व पनि भएको सम्बोधनका क्रममा प्रजिअ ढकालले खुलासा गर्नुभएको छ । यो विषयमा यो नै अन्तिम छलफल नभएको स्मरण गराउनुहुँदै जिल्लामा सञ्चालन हुने विकास निर्माणका कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालयले चासो राख्नुपर्छ । त्यसैले यस किसिमका समन्वयकारी भूमिकाहरु निरन्तर रुपमा रहिरहने छन् र आयोजना ढिला सम्पन्न हुनुमा को, के, कस्तो जिम्मेवारी र भूमिका रहन्छ त्यसका बारेमा पनि जिल्ला प्रशासन कार्यालयले सूक्ष्म ढंगबाट अध्ययन गरिरहेको जानकारी पनि छलफलका क्रममा प्रजिअ ढकालले राख्नुभएको छ ।
निर्माणका क्रममा आएका अवरोधहरुका कारण नै यो समस्या आएको निर्माण कम्पनीका प्रतिनिधि रविन्द्र श्रेष्ठले खुलासा गर्नुभएको हो । विशेषगरी बनेपा नगर क्षेत्रभित्रको भूभाग बढि विवादित हुन पुगी निर्माण कार्यमा अवरोध सिर्जना भइरहेको हुँदा निर्धारित समयभित्र आफूहरु काम सम्पन्न गर्न नसकिने धारणा राखेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार साँगा–धुलिखेल सडक, धुलिखेल–खावा सडक र धुलिखेल–नेपालथोक सडकको वर्तमान अवस्थाबारेमा सरोकारवालाहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा कम्पनीले यस्तो बताएको हो । निर्माणका क्रममा विभिन्न ठाउँमा अवरोध आएको, विद्युत र टेलिकमका पोलहरु सार्न समय लागेको र घरटहरा तथा ढल व्यवस्थापनका काममा समय लागेका कारण निर्धारित समयमा काम नसकिने भएको सो कम्पनीका मेनेजर श्रेष्ठले बताउनुभएको छ । उहाँले आफूहरुसँग पर्याप्त जनशक्ति र निर्माण उपकरणहरु भए पनि विशेषगरी बनेपा बजारमा अवरोध आएका कारण सडक निर्माणमा केही बिलम्ब हुन गएको र धेरै ठाउँमा यस्ता समस्या समाधान भइसकेकाले जतिसक्दो छिटो काम सक्ने गरि कम्पनी लागिरहेको जानकारी गराउनुभएको छ ।
कार्यक्रममा सूर्य विनायक–धुलिखेल सडक आयोजना, भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै यस वर्ष विनियोजित १ अर्ब १२ करोड ६ लाख बजेटमध्ये ७६ करोड ७६ लाख अर्थात ६८.४९ प्रतिशत खर्च भएको जानकारी गराउनुभएको छ । उहाँका अनुसार हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । १५.७ किलोमिटरको उक्त सडक ६ लेनमा विस्तार गर्न भन्दै ०७९ मंसिरमा ३ वर्षभित्र काम सक्ने गरि सम्झौता भएको जानकारी गराउनुभएको छ ।
यसैगरि धुलिखेल–खावा खण्डको ४ किलोमिटर सडकमा यसअघि निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नसकेको भन्दै सरकारले ठेक्का सम्झौता खारेज गरेको छ । यहाँ अब नयाँ ठेक्का लगाउने प्रक्रियामा रहेको डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुहुँदै अब छिट्टै टेण्डरमा जाने र यही आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित डिभिजन कार्यालय भक्तपुर लागिपरेको बताउनुभएको छ । जानकारी गराउने क्रममा सो प्रयोजनका लागि स्रोत सहमति लिनुपर्ने कानुनी बाध्यताले केही ढिला भएको बताउँदै उहाँले आगामी वर्षायाम अघि काम सक्ने गरि छिट्टै निर्माण शुरु गरिने जानकारी दिनुभएको छ । उता बिपी राजमार्गको कामलाई पनि वर्षायाममा अवरोध नहुने गरि निर्माण शुरु गरिसकिएको पनि सो अवसरमा प्रमुख योगेशले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा पर्यटन व्यवसायी ज्योत्सना सैंजूले समयमा आयोजना सम्पन्न नहुँदा पर्यटन व्यवसाय धरासायी भएको स्मरण गराउनुहुँदै जिम्मेवार निकायले चासो नराख्ने हो भने आफ्नो व्यवसायको साँचो यही हलमा अहिले नै बुझिलिन आग्रह समेत गर्नुभयो । धुलिखेलको बारेमा जुन किसिमका मेसेजहरु गएका छन्, त्यसको एउटै कारण भनेको अस्तव्यस्त सडक नै हो । जसका कारण विदेशी तथा आन्तरिक पर्यटकहरुका लागि धुलिखेल अभिशाप सिद्ध भएको छ । त्यसैले छिटोभन्दा छिटो जिम्मेवार निकायहरुले सूर्यविनायक–धुलिखेल सडक र धुलिखेल–खावा सडकका पक्षमा गम्भीरता देखाओस् भन्ने आग्रह समेत गर्दछु । अन्यथा फेरि पनि आग्रह गरेँ, हाम्रो व्यवसायको साँचो यही सभाहलमा बुझिदिनुस् भन्ने पछि पर्नुभएन पर्यटन व्यवसायी सैंजू ।
उक्त कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली कांग्रेसका जिल्ला उप–सभापति रमेशप्रसाद हुमागाईं, नेकपा एमालेका नेता प्रकाश रोक्का, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रघुवर चौप्रधान, रास्वपाका जिल्ला सचिव जिएन सापकोटा, प्रेमकण्ठ माकजु लगायतले सडक निर्माणमा भएको ढिलाइबाट उत्पन्न सास्ती, मनसुनमा हुनसक्ने जोखिम र समन्वय तथा सहकार्यका बारेमा धारणा राखेका छन् । स्मरण रहोस् प्रमुख जिल्ला अधिकारीबाट समन्वयकारी भूमिका निर्वाह गरी आयोजना गरिएको छलफल कार्यक्रममा महत्वपूर्ण सहभागिता रहनुपर्ने बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिकाले उक्त कार्यक्रमलाई महत्वमा नराखेकोमा सहभागीहरुबाट आलोचना समेत हुँदै स्थानीय सरकारले आयोजनाका पक्षमा गम्भीरतापूर्वक नलिएको धारणा समेत व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तामाङ, सञ्चारकर्मी बद्रीराज तिमल्सिना, मधुसुधन गुरागाईं, सुशीलराज गिरी, लगायतले सडकमा यात्रुले पाएको सास्ती र बढ्दो दुर्घटनाको जोखिमबारे बताउनुभएको छ । उहाँहरुले राजमार्ग अवरुद्ध हुँदा विकल्प नभएकाले छिटो काम सम्पन्न गर्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0