
‘स्कुलिङ कार्यक्रम सन् २०२५/२६ धुलिखेल घोषणापत्र जारी गर्दै सम्पन्न भयो’
प्रभातफेरी अनलाइन ४४७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ८, बुधबार (८ महिना अघि)
काभ्रेपलाञ्चोक/ लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ आइ नेपालको डिस्ट्रक क्याविनेट अफिसर्स स्कुलिङ कार्यक्रम सन् २०२५/२६ लाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि पीआइडी लायन सञ्जय खेतानले नेपालमा पछिल्लो समय लायनबादप्रतिको आकर्षणको समिक्षा गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल लायनबादको हब सावित भएको बताउनुभएको छ ।

पछिल्लो समय लायनबादप्रति नेपालमा देखिएको आकर्षणलाई लिएर विश्व जनमत चकित बनेको छ । जसका कारण नेपालमा आइपर्ने विपत् लगायतका घटनाहरूको सम्बोधनका लागि विश्वका लायनवादका अनुयायीहरु लालायित भएका छन् । यो इतिहासलाई जीवन्त राख्न लायनवादका अनुयायीहरूलाई चूनौति पनि थपिएको छ । यसर्थ सन् २०२५/२६ को नेतृत्वले आफुलाई अब्बल सवित गरेर सुनौला अक्षरले आफ्नो इतिहास लेख्नका लागि तमाम तपाईं लायनवादका अनुयायिहरू समर्पित हुनुहुनेछ भन्ने विश्वास समेत प्रमुख अतिथि लायन खेतानले सम्बोधनका क्रममा निर्देशित गर्नुभएको छ ।
लायनवादको स्वर्णिम युगका रुपमा सन् २०२५/२६ स्थापित हुनेछ : पीडिजी लायन आचार्य
कार्यक्रममा पीडिजी लायन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्ना भनाइ राख्ने क्रममा लायनवादका अनुयायीहरू समाजका आँखाका रातीगेडी भएको र त्यो गुणलाई समाज रुपान्तरणमा स्थापित गर्न सन् २०२५/२६ को नेतृत्वले लायनवादको इतिहासमा यो अवधीलाई स्वर्णिम अक्षरले लेख्नेमा आफु विश्वस्त भएको बताउनु भएको छ । लायनवादको स्थापना कालदेखि आजसम्मको इतिहासलाई केलाउने हो भने लायन्स इन्टरनेशनल ३२५ आइ सम्म आइपुग्दा विश्व इतिहासमात्र रचेको छैन ।

सामाजिक विकास क्रममा यसले पु¥याएको योगदानको उच्च सम्मान समेत प्राप्त गरेको इतिहास छ । यो इतिहासलाई भावि नेतृत्वले अझ उचाइमा पुर्याउनेमा अभियान्ताहरू आसावादी सँगै साथमा साथ रहने पनि खुलासा गर्नुभएको छ । सगरमाथा चढ्न जति कठिन हुन्छ, त्यसको गरिमालाई जीवन्त राख्न त्यतिनै चूनौति थपिन्छ । त्यसैले जुन इतिहास ३२५ आइले रचेको छ त्यसलाई कायम राख्नका लागि तपाई लायनवादका अभियान्ताहरूले अझै संघर्ष गर्नुपर्ने हुन्छ । त्यसका लागि जुन नेतृत्व आएको छ । त्यो नेतृत्वले पछि हट्न जानेको छैन । यात्राका शुभारम्भदेखि आजसम्म आइपुग्दा दिएको जिम्मेवादीमा इतिहास रचेको छ । त्यो इतिहासलाई मूर्त रुप दिनका लागि आफ्नो काम, कर्तव्य र दायित्वबाट तपाई लायनवादका अनुयायीहरू डगमगाउनुहुने छैन भन्ने विश्वास आफुले दिएको पीडिजी लायन आचार्यले बताउनुभएको छ ।
कम अवसर प्राप्त समुदायको उत्थान, युवा र महिला शसक्तिकरण तथा सिपमुलक रोजगारीका लागि यो नेतृत्व सफल हुनेछ : गर्भनर पाण्डे
यसैगरी सन २०२५/२६ को नेतृत्व गरिरहनुभएका गभर्नर लायन पार्वती खरेल पाण्डेले जती पनि चूनौतिहरू आउँछन्, तिनिहरुका विरुद्ध खटेर सामना गर्दै कम अवसर प्राप्त समुदायको उत्थान, युवा र महिला शशक्तिकरण तथा सिपमुलक रोजगारीका लागि आफ्नो नेतृत्व सफल बनाएरै छाड्ने उद्घोष गर्नुभएको छ । कार्यक्रममा बोल्दै गर्भनर लायन पाण्डेले डिष्ट्रीक्ट तथा अन्तर्राष्ट्रिय लायन्स सेवाका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्दै, समाजप्रतिको उत्तरदायित्व र उद्देश्यपूर्ण नेतृत्व विकासमार्फत हामी सामाजिक सेवामा अझ मजबुत रूपमा स्थापित हुन सनेही यो वर्ष निरन्तर सक्रिय भई हामीले हाम्रो परोपकारी सेवाका कार्यक्रमहरूलाई ऐतिहासिक बनाउनु पर्ने । लायन वर्ष २०२५/२६ मा मनले सेवा गरौंः सेवा भनेको केवल काम होइन यो सहानुभूति, समर्पण र मानवता को प्रतिबिम्ब हो । जब हामी कम अवसर पाएकाहरूको पिडामा मलम लगाउँछौं, अशक्तहरूको सहारा बन्छौं, र अँध्यारोमा उज्यालो ल्याउँछौं त्यसैबेला मात्रै साँचो सेवाको सार प्रकट हुने बताउनु भएको छ ।
‘उद्देश्यसहित नेतृत्व गरौंः नेतृत्व भनेको मात्र अगाडि बढ्नु होइन, अरूलाई प्रेरणा दिनु, दृष्टिकोण प्रदान गर्नु, र उदाहरण प्रस्तुत गर्नु हो । सच्चा लायन नेतृत्व सेवा र ईमानदारीले भरिएको मार्गदर्शक हो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । गर्वका साथ उभिऔंः सेवा र नेतृत्वको यो यात्रा हामीलाई केवल व्यक्तिगत रूपमा होइन, सामूहिक उद्देश्य प्राप्त गर्न ऊर्जाशील बनाउँछ । जब हामी चुनौतीलाई अवसरमा बदल्न सक्षम हुन्छौं, त्योबेला हामी आफूसँगै अरूलाई पनि उठाउने सामथ्र्य राख्छौं । यसले समुन्नत समाजको परिकल्पनालाई सार्थक बनाउँछ । अब एकता, करुणा र समर्पणका साथ अघि बढ्ने बेला आएको छ । हामी सेवा गरौं निष्ठापूर्वक, नेतृत्व गरौं दृढताका साथ र आफूलाई बनाओं आत्मगौरवका साथ । लायन वर्ष २०२५/२६ लाई ऐतिहासिक बनाउने हाम्रो यो सामूहिक प्रयासमा, सबै क्याबिनेट पदाधिकारी, क्लब अध्यक्षहरू तथा सम्पूर्ण लायन मित्रहरूको सहकार्य, समर्थन र सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहनेछ भन्नेमा म पूर्ण विश्वास्त छु ।’ – कार्यक्रम शुभारम्भ गर्नुपूर्व कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्भनर लायन पाण्डेले भन्नुभयो ।

लायन पाण्डेले लायनवादका उद्धेश्यहरुबारे जानकारी दिँदै भन्नुभयो– ‘सेवा गर्ने मानव समुहलाई क्लवको रुपमा स्थापना, दर्ता र अनुगमन गर्नु, सेवा कार्यको संयोजना तथा लायन्स क्लबको प्रशासनिक प्रणालीमा एकरुपता कायम गर्नु, विश्वका समस्त विकसित मानवहरुमा एक अर्काप्रति समझदारीको भावना जागृत गराई विकासित गराउनु, सुयोग्य नागरिक एवं असल शासनको सिद्धान्तलाई प्रोत्साहन गर्नु, समुदायको नागरिक, सांस्कृतिक, सामाजिक तथा नैतिक कल्याणका कार्यहरुमा सक्रिय रुचि लिनु, सबै क्लबहरुलाई मित्रता, भाइचारा र आपसी विश्वासको सुत्रमा आबद्ध गर्नु, राजनिति र धर्मको विषयमा प्रवेश नगरी समाज सुधारका सबै विषयमा छलफल एवं सरसल्लाहको लागि साझा चौतारी तयार पारिदिने, सेवा भाव राख्ने व्यक्तिहरुलाई व्यक्तिगत आर्थिक लाभको उद्धेश्य नराखी समुदायमा सेवा गर्न प्रोत्साहन गर्नु, वाणिज्य, उधोग, व्यवसाय, सार्वजनिक कार्य तथा व्यक्तिगत कार्यकुशलतामा वृद्धि हासिल गर्नु, प्रोत्साहन गर्नु र उक्त विषयहरुमा उच्च नैतिकस्तरमा निमित उत्साहित गर्नु लायनवादको मूल उद्देश्य हुन् ।’
सञ्चारकर्मीहरुको जिज्ञासा मेट्दै कार्यक्रमको औचित्यबारे प्रष्ट्याउने क्रममा कार्यक्रम धुलिखेलमै राख्नुको मूल उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन रहेको जिकिर गर्नुहँुदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका लायनवादका अनुयायीरूको नेतृत्व लायन्स इतिहासमै यति ठूलो जमघट यसभन्दा अगाडी नभएको ऐतिहासिक महत्वको पललाई सञ्चारकर्मीमार्फत प्रत्येक नेपालीजनको मनमस्तिष्कमा सकारात्मक सन्देश पुग्नेछ भन्ने अपेक्षा लायनवादका अनुयायीहरुले राखेको स्मरण गराउनुहुँदै आफ्ना वार्षिक योजनाहरूलाई पनि लिपिबद्ध रुपमा पत्रकारसम्मेलन मार्फत सार्वजनिक गर्ने क्रममा आफ्नो व्यवसायको मर्यादाप्रति निष्ठावान रही अथक परिश्रमद्वारा आफ्नो सेवाको उत्कृष्टताकी छाप पार्नु, सफलता प्राप्तिका लागि समर्पित रहनु, न्यायोचित पारिश्रमिक वा लाभ माग गर्नु तर अनुचित लाभ वा सङ्कास्पद कार्य गरी आत्मसम्मान गुमाएर कुनै लाभ वा सफलता स्वीकार नगर्नु, आफ्नो व्यवसाय बढाउन अर्काको हानि गर्नु हुँदैन भनी सम्झनु, आफ्नो सदस्य वा सेवाग्राहीप्रति बफादार र आफूप्रति निष्ठावान हुनु, आफूले अरुका बारेमा सोचेको धारणा वा आचरण सही वा नैतिक भए नभएको शङ्का उत्पन्न भएमा त्यस्ता शङ्का आफैप्रति भएको ठानी समाधान गर्नु, मित्रतालाई साधन नमानी साध्यको रुपमा स्वीकार्नुपर्छ । सच्चा मित्रता एकअर्काप्रति गरेको काममा होइन, सच्चा मित्रताले केही अपेक्षा गर्दैन तर सच्चाभावले प्रदान गरेको सेवा स्वीकार गर्छ, राष्ट्र, नगर तथा समुदायप्रति आफ्ना दायित्वहरु सदैव मनमा राख्नु र उनीहरुप्रति मन, वचन कर्मको पूर्णरुपमा बफादार हुनु र उनिहरुका निमित्त आफ्नो समय, श्रम एवं साधनहरुलाई समर्पित गर्नु, कष्टमा परेकालाई सहानुभूति, निर्वललाई सहायता तथा आवश्यक परेकालाई वस्तु प्रदान गर्नु, आलोचना गर्दा सावधान रहनु तथा प्रशंसा गर्दा उदार बन्नु, बिगार्ने होइन निर्माण गर्नु, लायनवादका अनुयायीहरूको मूल मर्म रहेको बताउनुभयो ।
मिशन १.५ तर्फ लक्षित गर्दै गर्भनर लायन पाण्डे आफ्नो यो वर्षको नारा “निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा” लाई सफल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सहित सहभागिहरुलाई उत्प्रेसणा दिनेक्रममा जीवनको सार्थकता त्यतिबेला देखिन्छ, जब हामी अरूका लागि केही गरिरहेका हुन्छौं– सेवामा समर्पित हुन्छौं, नेतृत्वमार्फत परिवर्तनको मार्ग देखाउँछौं र आफ्नो क्षमतालाई उदयमान बनाउँदै अरूलाई साथमा लिएर हिड्छौं । यही गहिरो दर्शनलाई आत्मसात् गर्दै लायन वर्ष २०२५/२०२६ को मूल नाराका रूपमा “निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा” प्रस्तुत गरिएको हो ।
निःस्वार्थ सेवा : “साँचो सेवाको मार्ग नै महानताको शिखरतर्फको यात्रा हो ।”
लायन्स सेवा सदैव निस्वार्थ, मानवीय मूल्य र सहानुभूतिपूर्ण व्यवहारमा आधारित रहँदै आएको छ । आजको सामाजिक यथार्थले हामीलाई झनै संवेदनशील र सक्रिय सेवा चाहिएको संकेत गरिरहेको छ । कम अवसरमा बाँचेका समुदायहरूलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई सीपयुक्त बनाउने र महिलाहरूलाई सशक्तिकरण गराउने सेवा अब केवल परियोजना मात्र नभई परिवर्तनको संवाहक हो ।
सशक्त नेतृत्व
“साँचो नेता भनेको बाटो देखाउने मात्र होइन, अरूलाई अघि बढ्न प्रेरित गर्ने हो ।” : लायन्स नेतृत्वले सदैव दृष्टिकोण र उदाहरण प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गरेको छ । नेतृत्व भनेको पदमा पुग्नु मात्र होइन, कार्यमा दृढता, व्यवहारमा निष्ठा र भावनामा करुणा राख्नु हो । हामी प्रत्येक लायन्स सदस्यले समुदायमा नेतृत्वको नयाँ अनुकरणीय मापदण्ड बनाउन अग्रसर रहनु पर्छ ।
उत्कृष्टताको यात्रा
जब तपाईं अरूलाई उत्प्रेरित गर्नुहुन्छ, त्यही बेला तपाईं साँचो अर्थमा उदयमान हुनुहुन्छ । लायन्सको अभियानले हामीलाई व्यक्तिगत, सामाजिक र सामूहिक रूपमा समुन्नत बनाउने प्रेरणा दिन्छ । चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै हाम्रा क्षमता र प्रतिभालाई उजागर गर्दै अगाडि बढ्नु नै “च्ष्कभ” हो । हामी आफै मात्र होइन, हाम्रो साथ–समूहलाई पनि अघि बढाउन सक्ने नेतृत्व आजको युगको आवश्यकता हो ।
“निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा” हामी सबैको साझा उद्देश्य : यस नाराले सामाजिक जिम्मेवारी समर्पण र सशक्तिकरणको त्रिविध दृष्टिकोणलाई समेटेको छ । सेवा, नेतृत्व र उत्कृष्टताको यात्रामा हामी सबै लायनहरूले आफ्नो योगदानलाई ऐतिहासिक बनाउन सक्नेछौं । लायन वर्ष २०२५–२०२६ लाई एक ऐतिहासिक अध्याय बनाउँदै, हामी “निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा” को गहिरो सन्देश फैलाउँदै समाजमा स्थायी प्रभाव छाड्न प्रतिबद्ध छौं । “हामी सेवा गरौं निष्ठापूर्वक, नेतृत्व गरौं दृढताका साथ, र आफै मात्र होइन, समाजलाई पनि उदयमान गराऔं गौरवका साथ ।”
यसैगरी कार्यक्रममा गर्भनर लायन पाण्डेको थप कथन छ– ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् / परोपकारः पुण्याय पापाय परपीडनम्, महर्षि व्यासद्वारा उच्चारित यो श्लोक सम्पूर्ण अष्टादश पुराणहरूको सार हो । यसको अर्थ हो – “परोपकार गर्नु पुण्य हो, अरूलाई दुःख दिनु पाप हो ।” यो सानो देखिने दुई पङ्क्तिले जीवनको गहिरो मार्गदर्शन गर्छ । व्यक्तिगत रूपमा, म यही श्लोकबाट जीवनभर प्रेरित हुँदै आएको स्मरण गराउनु हुँदै यसले मलाई सधैं परोपकारी बन्न, अरूको सेवा गर्न र सहानुभूतिपूर्ण व्यवहार गर्न प्रेरित गर्यो । धार्मिकता केवल पूजा वा संस्कारमा होइन, अरूको हितका लागि गरिएका कर्महरूमा छ भन्ने गहिरो बोध यही श्लोकबाट भएको हो । मेरो नेतृत्व, सोच र जीवनशैलीमा यो शिक्षाले गहिरो प्रभाव पारेको छ । यो श्लोक मेरो लागि केवल वैदिक ज्ञानको सार मात्र होइन, जीवनको मूल मन्त्र पनि हो जसले सच्चा मानवताको मार्ग देखाउँछ । लायन वर्ष २०२५ / २६ का लागि डिष्ट्रीक्ट ३२५ आई नेपालको प्रथम महिला डिस्ट्रिक्ट गभर्नर जस्तो गरिमामय पदमा निर्वाचित गराई, डिष्ट्रीक्ट र समुदायको सेवा सहितको नेतृत्व गर्ने यो ऐतिहासिक अवसर प्रदान गर्नु भएकोमा, यहाँहरू सम्पूर्णमा म मनदेखि हार्दिक आभार र कृतज्ञता प्रकट गर्नुभएको छ ।
लायन्स अन्तर्राष्ट्रियको १०७ वर्षको गौरवपूर्ण यात्रासँगै, नेपाली लायनवादको ५४ औं वर्षको पाइला चाल्दै गर्दा, विगतका सशक्त अनुभव र सेवा यात्राको गर्विलो विरासतलाई आत्मसात् गर्दै, आज हामी नयाँ ऊर्जा र दृष्टिकोणसहित अगाडि बढ्न तयार छौं । सङ्गठनको समग्र इतिहास हेर्दा, लायन्सहरूले समाजको आवश्यकता पहिचान गरी अनुकरणीय सेवा गर्दै । आइरहेका छन् । आजको परिपेक्षमा, हामीले केवल परम्परागत होइन, समुदायले प्रत्यक्ष अनुभूति गर्न सक्ने तवरले सेवा पुर्याउँन अति आवश्यक देखिएको छ । लायन्स क्लबहरूले विगतदेखि अल्पकालीन र दीर्घकालीन परियोजनाहरू मार्फत जनसमुदायमा सेवा पुर्याउँदै आइरहेका छन् । अहिलेको परिवर्तित सामुदायिक परिवेशलाई गहिरो अनुभूतिका साथ बुझ्दै, क अवसर प्राप्त समुदायको उत्थान, यूवा र महिला सशक्तिकरण, तथा सिपमूलक रोजगारीका सम्भावनालाई उजागर गर्ने दिगो परियोजनाहरू अघि बढाउनु आजको आवश्यकता हो । गाउँगाउँमा सेवा भावना फैलाउँदै, मितेरी सम्बन्ध, र स्थानीय नेतृत्व विकास लाई प्राथमिकतामा राख्दै, हामीले “निःस्वार्थ सेवा, सशक्त नेतृत्व, उत्कृष्टताको यात्रा” भन्ने नारालाई केवल शब्दमा होइन, कार्यमा उतार्न दृढ संकल्पित रहेको बताउनुभएको छ ।
यसैविच वार्षिक योजनाका बारेमा जिज्ञासा मेटाउँदै गर्भनर लायन पाण्डे प्रकाश पार्नुहुन्छ– ‘सेक्रेटेरिएट व्यवस्थापन, निश्चित कार्यालय खुल्ने समय, जिल्ला कार्यालय व्यवस्थापनः काठमाडौं र पोखरा, प्रभावकारी संचार, रेकर्ड व्यवस्थापन, ब्रान्डिङ, मिडियासँग लायन्स, समुदायमा लायन्स, सरकारी निकाय र अन्य संस्थासँग लायन्स, सम्मान, पूर्व डिष्ट्रिक्ट गभर्नर सम्मान, १० वर्षभन्दा बढी पुराना क्लबहरूलाई सम्मान, योगदान, नेपाल लाइफ फाउन्डेशन, पढाऔँ अभियान अक्षय कोष, जिल्ला भवन निर्माण कोष जस्ता कार्यक्रम अघि बढाउनुका साथै, यस कार्यक्रम अन्तर्गत क्लबहरुले विभिन्न बैंक, वित्तीय संस्था तथा कार्पोरेट हाउसहरुसँग सहकार्य एवं समन्वय गरी उनिहरुसँग मिलेर सिएसआर फण्ड उपयोग गर्दै कार्यक्रमहरु गर्ने, उक्त सहकार्यले कार्यक्रमका लागि आर्थिक स्रोत जुटाउन सहज हुनेछ भने कर्पोरेट जगतमा लायन्सको थप प्रचार तथा बजारीकरण समेत हुनेछ । साथै सिएसआर फण्ड बाट कार्यक्रम गर्दा उक्त संस्थाको नाम, लोगो व्यानरमा राखेर सँगै ‘ब्रान्डिङ गरिनेछ भने त्यस्ता सहयोगी संस्थाहरुलाई डिष्ट्रिक्टको तर्फबाट सम्मान पनि गरिने र अनुदान भिœयाउन डिष्ट्रिक्टको स्लट खाली भएको आधारमा लायन इन्टरनेशनलबाट नियम अनुसार प्राप्त गर्न सकिने जति अनुदान भिœयाउनका लागी विशेष पहल गरिने समेत बताउनुभएको छ । कार्यक्रममा आइडी इन्डोसी लायन राजन लम्साल, पीडीजी लायन इन्दु लम्साल, पीएमसीसी लायन मनबहादुर रोका, पीडीजी लायन रामबहादुर बसेल, पीडीजी लायन चन्द्रकुमार केसी, आइपीडीजी लायन विनोद ढुङ्गाना लगायतले लायनवादका बारेमा प्रष्ट्याउनु भएको छ । तीन दिन सम्म चलेको स्कुलिङ कार्यक्रममा दुई सय पचास जना लायन लिडरहरूको सहभागिता रहेको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |