Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेस स्वतन्त्रता सीमित गर्ने सरकारका प्रतिगामी कानुनहरू अस्वीकार्य : प्रेस सेन्टर नेपाल

प्रभातफेरी अनलाइन ११४ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ८, आईतबार (५ महिना अघि)
प्रेस स्वतन्त्रता सीमित गर्ने सरकारका प्रतिगामी कानुनहरू अस्वीकार्य : प्रेस सेन्टर नेपाल

काठमाडौ/ प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता सीमित गर्ने सरकारका प्रतिगामी कानुनहरू अस्वीकार्य हुने स्पष्ट पारेको छ । संगठनको केन्द्रीय समितिको भदौ ७ गते बसेको बैठकले पत्रकार सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ अडान कायम गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी भदौ २४ र २५ गते बागमती प्रदेशको चितवनमा केन्द्रीय समितिको दोश्रो बैठक गर्ने निर्णय गरेको छ । यसका साथै संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विभाग तथा समिति गठन गर्ने तयारी समेत गरिएको छ ।

प्रेस सेन्टर नेपालले संसद्मा विचाराधीन रहेका मिडिया कानुनसम्बन्धी विधेयकलाई प्रेस स्वतन्त्रता विरुद्धको कदम भन्दै त्यसको पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेको छ । पत्रकारमाथि हुने दमन, निगरानी र निलम्बनकारी व्यवस्थाहरू हटाउन पनि संगठनले माग गरेको छ ।

बैठकले प्रदेश नं। १ मा समेत पूर्ण प्रेस स्वतन्त्रता र संविधानले दिएको अधिकारको संरक्षणका लागि आवश्यक तयारी गर्दै विरोध कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ । साथै पत्रकारहरूको हकहित र सुरक्षा सुनिश्चिततामा प्रेस सेन्टर नेपाल अडिग रहेको जनाएको छ ।

प्रेस सेन्टर नेपाल : प्रेस नोट

हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिको कार्यालय बैठक २०८२ भदौ ७ गते बस्यो । संगठनका अध्यक्ष क. कमल गिरीको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता क. अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले लिएका महत्वपूर्ण निर्णय तथा प्रस्ताव सार्वजनिक गर्न यो प्रेस नोट जारी गरिएको छ ।

१. प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिको दोस्रो बैठक २०८२ असोज २४ र २५ गते बागमती प्रदेशको चितवन जिल्लामा आयोजना गर्ने निर्णय गरिएको छ ।
२. व्यवस्थित संगठन र प्रभावकारी कार्यसम्पादनका लागि संगठनको विभिन्न विभाग तथा समिति गठन गर्ने र आचारसंहिता तथा कार्यविधिहरु निर्माण गर्ने निर्णय गरिएको छ । कार्यविधिको मस्यौदा लेखनका लागि जिम्मेवारी ठोस गरिएको छ ।
३. प्रतिनिधिसभाको विषयगत समितिमा रहेको मिडिया काउन्सिल विधेयकको महत्वपूर्ण प्रावधान प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताविरुद्ध रहेकोले संशोधन गरेरमात्र अगाडि बढाउन समितिसँग बैठक आग्रह गर्दछ । राष्ट्रिय सभामा रहेको सामाजिक सञ्जाल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेकोले फिर्ता गरेर पुनर्लेखन गर्न माग गर्दछ । साथै, सबै प्रकारका सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमनलगायतका कार्यलाई व्यवस्थित गर्न सञ्चारसम्बन्धी छाता ऐन निर्माण गर्न आग्रह गर्दछ ।
४. प्रदेश नं. १ मा विषयगत समितिले पूर्ण प्रेस स्वतन्त्रता, संविधान र संघीयता विरुद्धका प्रावधानहरु समावेश गरी आमसञ्चार विधेयकको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत् गरेकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त प्रतिवेदन विषयगत समितिमा फिर्ता पठाउन प्रदेशसभासँग माग गर्दै सरोकारवालाहरुसँग पुनः छलफल गरेर प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, संविधान र संघीयताको मूलमर्म बमोजिम प्रदेश आमसञ्चार कानुन बनाउन बैठक आग्रह गर्दछ । पत्रकारहरुको शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको बैठक निन्दा गर्दछ ।
५. सरकारले कानुन संशोधनमार्फत गरेको अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रेस स्वतन्त्रता विरोधी कार्यको घोर विरोध गर्दै तत्काल अनलाइन निर्देशिका बमोजिम हुलाक तथा अनलाइनमार्फत सूचना तथा प्रसारण विभागबाट अनलाइनको दर्ता तथा नवीकरण गर्न सरकारसँग बैठक माग गर्दछ । रेडियोको इजाजत र उपकरण लाइसेन्सको नवीकरण हुलाकबाटै गर्ने व्यवस्था गर्न माग गर्दछ ।
६. सरकारी सञ्चारमाध्यमहरु जनता र राज्यको हुनुपर्नेमा सरकार र सत्तारुढ पार्टीको हुँदै गरेकोमा खेद प्रकट गर्दै सबै नेपालीको सञ्चारगृह बनाउन र त्यहाँ कार्यरत पत्रकारहरुलाई आस्थाका आधारमा कुनै पनि विभेद नगर्न बैठक चेतावनी दिन्छ । सबै सरकारी सञ्चार गृहमा कार्यरत पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गर्दछ ।
७. विभिन्न सञ्चारगृहहरुले गरिरहेका पत्रकारलाई समयमा तलव उपलब्ध नगराउने, राजिनामा दिन धम्की दिने, विनाकारण निस्कासन गर्ने जस्ता कार्यको बैठक घोर विरोध गर्दछ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस लागु गर्न, पत्रकारहरुलाई नियमित तलव उपलब्ध गराउन, पत्रकारलाई राजिनामाका लागि दबाब नदिन, निस्कासन नगर्न तथा पत्रकारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन बैठक आग्रह गर्दछ ।
८. नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले जनकपुरमा लिजमा लिएको जग्गा उपभोगमा पु¥याएको अवरोध र त्यसक्रममा नेपाल पत्रकार महासंघ, मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोलगायतका पत्रकारमाथि भएको आक्रमणको बैठक घोर विरोध गर्दछ । महासचिव महतोलगायत घाइते पत्रकारहरुको स्वास्थ्यलाभको कामना गर्दै दोषी उपर कारबाहीको माग गर्दछ ।
९. प्रेस स्वतन्त्रता विरोधी, पश्चगामी सञ्चार सम्बन्धी कानुन, विधेयकको संशोधन, पूर्ण प्रेस स्वतन्त्रता रक्षा, पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागि प्रेस सम्बद्ध संगठनहरुको सहकार्य अपरिहार्य छ । बैठक सहकार्यका लागि सबै पक्षसँग आग्रह गर्दछ ।
१०. बैठकपूर्व महत्वपूर्ण समय उपलब्ध गराएर कार्यालयका सदस्यहरुलाई निशानिर्देश गर्नुभएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बैठकका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता क. अग्नीप्रसाद सापकोटाप्रति बैठक आभार व्यक्त गर्दछ । प्रेस सेन्टर नेपालका सहइन्चार्ज तथा पूर्वसंयोजक क. गोविन्द आचार्य, निवर्तमान अध्यक्ष क. विष्णुप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का प्रचार विभाग सचिव क. बलराम थापालाई आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्दछ ।
धन्यवाद ।

(मनोज घर्तीमगर)
महासचिव
८ भदौ, २०८२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0