प्रभातफेरी अनलाइन १६५ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ५, आईतबार (६ महिना अघि)
काभ्रे/ जिल्लालो खानीखोला गाउँपालिकाले असोज ३, २०८२ – नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै ११औँ संविधान दिवस–२०८२ को अवसरमा गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरी दिवसलाई भव्यताका साथ मनाएको छ।
त्यसैगरी, संविधान दिवसकै दिन गाउँपालिकाको सभाहलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रम गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले गमला फुलमा पानी हाली “संविधान हाम्रो साझा उपलब्धि हो, यसलाई फूल सरह मौलाइरहोस् र भविष्यलाई उज्यालो बनाओस्” भन्ने सन्देशसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उहाँले संविधानको रक्षा, कार्यान्वयन र संस्थागत विकासमा सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागी अतिथिहरूले संविधानले दिएको अधिकार, अवसर र जिम्मेवारीबारे आ–आफ्ना धारणा राख्दै संविधान दिवसलाई जनताको साझा उत्सवका रूपमा मनाउनुपर्नेमा एकमत प्रकट गरेका थिए। कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै संविधानको महत्वबारे गहन छलफल समेत भएको थियो।
गाउँपालिकाको प्राङ्गणमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, वडा नं ३ का अध्यक्ष सागर लामा वडा नं ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, कार्यपालिकाका सदस्यहरु , गाउँपालिका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले संविधानप्रति आस्था, ऐक्यबद्धता र समर्पणलाई बलियो बनाउन योगदान पुगोस् भन्ने अपेक्षा गरिएको छ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |