Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैकल्पिक मार्गको रुपमा तेमालको बाटो प्रयोग गर्न सकिने

विपी राजमार्गमा क्षति

प्रभातफेरी अनलाइन ३७९ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार (५ महिना अघि)
वैकल्पिक मार्गको रुपमा तेमालको बाटो प्रयोग गर्न सकिने

काभ्रेपलाञ्चोक/ असोज १८ र १९ (शुक्रवार र शनिवार) गतेको अविरल बर्षातले विपी राजमार्गमा क्षति भएको छ । बाढीको कारण विभिन्न १४ स्थानमा सडक क्षति भएपछि सवारी आवागमनमा पुुर्ण रुपमा अवरोध भएको छ । गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल बर्सातसँगै आएको बाढीपहिरोले करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि सडक डिभिजनले झण्डै एक महिनाको प्रयासमा डाइभर्सनको माध्यमबाट सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो । तर सो समय भन्दा पछाडि सामान्य रुपमा वर्षात हुँदा पनि सडक अवरोध हुँदै आएको थियो ।

असोज १८ र १९ गतेको अविरल बर्षातले गर्दा क्षति भएको सडक तत्काल बन्ने अवस्था छैन । रोसी खोलामा पानीको वहाव भएकोले तत्काल डाइभर्सनको माध्यमबाट सडक सञ्चालन गर्न नसकिने सडक डिभिजनले जनाएको छ । रोसी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट विपी राजमार्गको बर्खेखोलादेखि विभिन्न १४ स्थानमा डाइभर्सन सडक पूर्णरुपमा क्षति पुगेको थियो । बाढीबाट माम्ती खोलामा चारसय मिटर, माम्तीमा २३० मिटर, माख्लो पिप्लेमा २२० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, डालाबेंसीमा चारसय मिटर, कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक बगाएको छ ।

त्यसैगरी चिउरीबासमा १७५ मिटर, नार्केमा १५० मिटर, गिम्दीबेंसीमा दुईसय मिटर, चारसयबेंसीमा २५० मिटर, कटुञ्जेबेंसीमा १५० मिटर, चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्णरुपमा क्षति भएको र पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको थियो । तत्काल क्षति ग्रस्त सडक सञ्चालनमा नआउने भएपछि बैकल्पिक मार्ग अपनाउन जरुरी भएको छ ।

पूर्वबाट र रामेछापबाट काठमाडौँ आउने र काठमाडौँ बाट पुर्वतफर् आवत जावत गर्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको रुपमा तेमालको सडक प्रयोग गर्न सकिने भएको छ । उक्त सडक प्रयोग गर्दा विपी राजमार्ग भन्दा १२ किलोमिटर दुरी कम हुने छ । विपी राजमार्ग अवरोध भएपछि यातायात सञ्चालनमा सहजता रहोस भनि सडक मर्मतसंभार गरेको तेमाल गाउँपालिका उपाध्यक्ष दल मान थोकर (डि.एम) ले जानकारी गराउनु भयो । वैकल्पिक मार्ग सित्खा पुल–रामेछापको लुभु–सिन्धुरेटार–तेमाल–९ को संगम स्थलको पुल–मुक्पाटार– मैनाज्याङ – चोपटार–मेच्छे पौवा–चापाखुरी–नारायणस्थान–भकुण्डे हुँदै काठमाडौं सम्मको आवागमन गर्न सकिने व्यवस्था गरिएको छ । तेमाल गाउंपालिका स्थित मुक्पाटारको पुल तरेर सुनापति गाउँपालिका लोक मार्ग हुदै खुर्कोट पुग्न सकिने जुन सडक प्रयोग गर्दा धुलिखेलबाट खुर्कोट ७४ किलोमिटर हुन्छ । धुलिखेलबाट विपि राजमार्ग हुदै खुर्कोट पुग्न ८६ किलोमिटर पार गर्नुपर्ने हुन्छ ।

त्यसैगरी दोस्रो बैकल्पिक मार्गको रुपमा धुलिखेलबाट पाँचखाल तामाघाट , बोहोरेदोभान , आधावाटो , कोटतेमाल , नारायणस्थान , मेच्छेपौवा , मुक्पाटर , पुल तरेर सुनापाती गाउंपालिका लोकमार्ग हुदै खुर्कोट सम्म ७१ किलोमिटरको दुरी रहन्छ । विपी राजमार्गको हालकै सडकको नक्सालाई कायम गरेर सडक मर्मत संभार गर्दा रोशी खोलाको कारण समय समयमा समस्या निरन्तर रहन्छ । दिर्घकालिन ढंगबाट सडक सञ्चालन गर्नेहो भने हालको नकलाई परिवर्तन गर्न जरुरी देखिन्छ । त्यसैगरी वैकल्पिक सडकको व्यवस्था राम्रो नभएमा हाल क्षति भएको सडक मर्मत संभारको क्रममा समेत सवारी आवागमनमा समस्या रहिरहन्छ । त्यसैले सवैभन्दा छोटो दुरि (७१ किलोमिटर) को वैकल्पिक मार्ग धुलिखेल पाँचखाल , आधावाट , तेमाल हुदै खुर्कोक र धुलिखेल भकुण्डेवेसी, कानपुर तेमाल नारायणस्थान हुदै खुर्कोट (७४ किलोमिटर) सम्मको सडकको थप व्यवस्था गर्न जरुरी रहन्छ ।

क्षति ग्रस्त सडकको बिषयमा सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. बिन्दु अधिकारीसंग सम्पर्क गर्दा रोशी खोलाको बहाव नघटेसम्म क्षतिको यथार्थ विवरण आउन नसक्ने बताउनुभयो । उहाँले तत्कालको अवस्था हेर्दा विपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको करिब ३.४१० किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको बताउनुभयो । उहाँले खोलाको छेउबाट अस्थायी डाइभर्सन सडक बनाउनुपर्ने अवस्था रहेकाले खोलाको बहाव कम नभएसम्म सडकको काम गर्न नसकिने बताउनुभयो । सडकको बहाव कम भएपछी कम्तिमा एक साताको अवधिमा क्षतिग्रस्त सडकमा सवारीसाधन सञ्चालन गराउन प्रयास गर्ने बताउनु भयो ।

छोटो दुरीको वैकल्पिक मार्गको पहिचान हुन नसक्दा बिपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका छन् । यात्रुहरुले अरनिको राजमार्गको धुलिखेलदेखि चरिकोटसम्म करिब १ सय किलोमिटर सडक र चरिकोटबाट सिन्धुलीको खुर्कोटसम्मको ७५ किलोमिटर गरि १७५ किलोमिटरको दुरी पार गर्न बाध्य भएका छन् । धुलिखेलबाट खुर्कोट पुग्न ८७ किलोमिटर पार गरे पुग्नेमा ८८ किलोमिटर बडि यात्रा गरिरहेका छन् ।
छोटो दुरीको तेमाल हुदैको सडकमा साना र फोरह्विल भएका साना सवारी साधन सहज ढंगबाट सञ्चालन भएका छन् । उक्त सडक खण्ड कच्ची र साँघुरो भएकाले यात्रामा समय लाग्छ । सहज ढंगवाट ठुला गाडिहरु समेत सञ्चालन गर्नकोलागि तेमाल गाउंपालिकाले सडक मर्मत सम्भार कार्यमा निरन्तर लागिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0