Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैकल्पिक मार्गको रुपमा तेमालको बाटो प्रयोग गर्न सकिने

विपी राजमार्गमा क्षति

प्रभातफेरी अनलाइन ३३० पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार (३ महिना अघि)
वैकल्पिक मार्गको रुपमा तेमालको बाटो प्रयोग गर्न सकिने

काभ्रेपलाञ्चोक/ असोज १८ र १९ (शुक्रवार र शनिवार) गतेको अविरल बर्षातले विपी राजमार्गमा क्षति भएको छ । बाढीको कारण विभिन्न १४ स्थानमा सडक क्षति भएपछि सवारी आवागमनमा पुुर्ण रुपमा अवरोध भएको छ । गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल बर्सातसँगै आएको बाढीपहिरोले करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि सडक डिभिजनले झण्डै एक महिनाको प्रयासमा डाइभर्सनको माध्यमबाट सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो । तर सो समय भन्दा पछाडि सामान्य रुपमा वर्षात हुँदा पनि सडक अवरोध हुँदै आएको थियो ।

असोज १८ र १९ गतेको अविरल बर्षातले गर्दा क्षति भएको सडक तत्काल बन्ने अवस्था छैन । रोसी खोलामा पानीको वहाव भएकोले तत्काल डाइभर्सनको माध्यमबाट सडक सञ्चालन गर्न नसकिने सडक डिभिजनले जनाएको छ । रोसी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट विपी राजमार्गको बर्खेखोलादेखि विभिन्न १४ स्थानमा डाइभर्सन सडक पूर्णरुपमा क्षति पुगेको थियो । बाढीबाट माम्ती खोलामा चारसय मिटर, माम्तीमा २३० मिटर, माख्लो पिप्लेमा २२० मिटर, तल्लो पिप्लेमा २३५ मिटर, डालाबेंसीमा चारसय मिटर, कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर, बोक्सीकुनामा दुई सय मिटर सडक बगाएको छ ।

त्यसैगरी चिउरीबासमा १७५ मिटर, नार्केमा १५० मिटर, गिम्दीबेंसीमा दुईसय मिटर, चारसयबेंसीमा २५० मिटर, कटुञ्जेबेंसीमा १५० मिटर, चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्णरुपमा क्षति भएको र पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको थियो । तत्काल क्षति ग्रस्त सडक सञ्चालनमा नआउने भएपछि बैकल्पिक मार्ग अपनाउन जरुरी भएको छ ।

पूर्वबाट र रामेछापबाट काठमाडौँ आउने र काठमाडौँ बाट पुर्वतफर् आवत जावत गर्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको रुपमा तेमालको सडक प्रयोग गर्न सकिने भएको छ । उक्त सडक प्रयोग गर्दा विपी राजमार्ग भन्दा १२ किलोमिटर दुरी कम हुने छ । विपी राजमार्ग अवरोध भएपछि यातायात सञ्चालनमा सहजता रहोस भनि सडक मर्मतसंभार गरेको तेमाल गाउँपालिका उपाध्यक्ष दल मान थोकर (डि.एम) ले जानकारी गराउनु भयो । वैकल्पिक मार्ग सित्खा पुल–रामेछापको लुभु–सिन्धुरेटार–तेमाल–९ को संगम स्थलको पुल–मुक्पाटार– मैनाज्याङ – चोपटार–मेच्छे पौवा–चापाखुरी–नारायणस्थान–भकुण्डे हुँदै काठमाडौं सम्मको आवागमन गर्न सकिने व्यवस्था गरिएको छ । तेमाल गाउंपालिका स्थित मुक्पाटारको पुल तरेर सुनापति गाउँपालिका लोक मार्ग हुदै खुर्कोट पुग्न सकिने जुन सडक प्रयोग गर्दा धुलिखेलबाट खुर्कोट ७४ किलोमिटर हुन्छ । धुलिखेलबाट विपि राजमार्ग हुदै खुर्कोट पुग्न ८६ किलोमिटर पार गर्नुपर्ने हुन्छ ।

त्यसैगरी दोस्रो बैकल्पिक मार्गको रुपमा धुलिखेलबाट पाँचखाल तामाघाट , बोहोरेदोभान , आधावाटो , कोटतेमाल , नारायणस्थान , मेच्छेपौवा , मुक्पाटर , पुल तरेर सुनापाती गाउंपालिका लोकमार्ग हुदै खुर्कोट सम्म ७१ किलोमिटरको दुरी रहन्छ । विपी राजमार्गको हालकै सडकको नक्सालाई कायम गरेर सडक मर्मत संभार गर्दा रोशी खोलाको कारण समय समयमा समस्या निरन्तर रहन्छ । दिर्घकालिन ढंगबाट सडक सञ्चालन गर्नेहो भने हालको नकलाई परिवर्तन गर्न जरुरी देखिन्छ । त्यसैगरी वैकल्पिक सडकको व्यवस्था राम्रो नभएमा हाल क्षति भएको सडक मर्मत संभारको क्रममा समेत सवारी आवागमनमा समस्या रहिरहन्छ । त्यसैले सवैभन्दा छोटो दुरि (७१ किलोमिटर) को वैकल्पिक मार्ग धुलिखेल पाँचखाल , आधावाट , तेमाल हुदै खुर्कोक र धुलिखेल भकुण्डेवेसी, कानपुर तेमाल नारायणस्थान हुदै खुर्कोट (७४ किलोमिटर) सम्मको सडकको थप व्यवस्था गर्न जरुरी रहन्छ ।

क्षति ग्रस्त सडकको बिषयमा सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. बिन्दु अधिकारीसंग सम्पर्क गर्दा रोशी खोलाको बहाव नघटेसम्म क्षतिको यथार्थ विवरण आउन नसक्ने बताउनुभयो । उहाँले तत्कालको अवस्था हेर्दा विपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको करिब ३.४१० किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको बताउनुभयो । उहाँले खोलाको छेउबाट अस्थायी डाइभर्सन सडक बनाउनुपर्ने अवस्था रहेकाले खोलाको बहाव कम नभएसम्म सडकको काम गर्न नसकिने बताउनुभयो । सडकको बहाव कम भएपछी कम्तिमा एक साताको अवधिमा क्षतिग्रस्त सडकमा सवारीसाधन सञ्चालन गराउन प्रयास गर्ने बताउनु भयो ।

छोटो दुरीको वैकल्पिक मार्गको पहिचान हुन नसक्दा बिपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका छन् । यात्रुहरुले अरनिको राजमार्गको धुलिखेलदेखि चरिकोटसम्म करिब १ सय किलोमिटर सडक र चरिकोटबाट सिन्धुलीको खुर्कोटसम्मको ७५ किलोमिटर गरि १७५ किलोमिटरको दुरी पार गर्न बाध्य भएका छन् । धुलिखेलबाट खुर्कोट पुग्न ८७ किलोमिटर पार गरे पुग्नेमा ८८ किलोमिटर बडि यात्रा गरिरहेका छन् ।
छोटो दुरीको तेमाल हुदैको सडकमा साना र फोरह्विल भएका साना सवारी साधन सहज ढंगबाट सञ्चालन भएका छन् । उक्त सडक खण्ड कच्ची र साँघुरो भएकाले यात्रामा समय लाग्छ । सहज ढंगवाट ठुला गाडिहरु समेत सञ्चालन गर्नकोलागि तेमाल गाउंपालिकाले सडक मर्मत सम्भार कार्यमा निरन्तर लागिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0