Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रचण्डविरुद्ध भ्रम फैलाएको आरोपमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी

प्रभातफेरी अनलाइन ३७६ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार (३ महिना अघि)
प्रचण्डविरुद्ध भ्रम फैलाएको आरोपमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का सहायक संगठन वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले समाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गलत सूचना र भ्रम फैलाउने कार्यमा संलग्न भएको आरोप लगाउँदै पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेधि र अधिवक्ता बालकृष्ण न्यौपाने विरुद्ध केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा ज्ञापनपत्र बुझाएका छन् ।

वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटा को संयुक्त हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा हालैको जेनेजी आन्दोलनपछि विभिन्न व्यक्ति तथा समूहहरूले प्रचण्ड र माओवादी केन्द्रविरुद्ध निराधार र उद्देश्यप्रेरित आरोप लगाउँदै जनतामा भ्रम फैलाउने कार्य गरेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा सुवेधि र न्यौपानेले सामाजिक सञ्जाल तथा मिडिया माध्यममार्फत “घर जलाएको थोक दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लुटिएको” भन्ने झूटा र तथ्यहीन प्रचार प्रसार गरेको जनाइएको छ। सो कार्य साइबर अपराध अन्तर्गत पर्ने भएकाले उनीहरूमाथि तत्काल कानूनी कारबाही गर्न माग गरिएको छ।

साइबर ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन्द आर्याल लाई ज्ञापनपत्र बुझाउँदै वाइसिएल अध्यक्ष पुष्प ओलीले भने, “माओवादी विधिको शासनमा विश्वास गर्छ, तर निष्पक्ष छानबिन नभए कडा संघर्षमा उत्रिन बाध्य हुनेछौं।” उनले थपे, “हामी हतियारविहीन सेना हौं, अझै पनि सयौँ साथीहरूले शरीरमा गोलीका छर्रा बोकेका छन्। हजारौँको बलिदानबाट आएको यो व्यवस्था मेट्न गणतन्त्रविरोधीहरूले आक्रमण गरिरहेका छन्। अब वाइसिएल मौन बस्दैन।

वाइसिएल उपाध्यक्ष हरि ढकालले जेनेजी आन्दोलन रुपान्तरणको आन्दोलन रहेको बताए | त्यसमा माओवादीको समर्थन स्पष्ट छ। तर प्रहरी पुराना अधिकारीहरूलाई बचाउने खेलमा लागे वाइसिएल मौन रहने छैन।नेताहरु जस्तै प्रहरीमा पनि रुपान्तरण जरुरी छ ।

साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द आर्याल ले विधिको शासन कायम राख्न कुनै पनि कसुर बाँकी नराखी छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे। ” सत्य तथ्यको आधारमा छानबिन अघि बढाइनेछ र कसैलाई अन्याय गरिँदैन।”

वाइसिएल र अखिल (क्रान्तिकारी) को केन्द्रीय सर्कुलर अनुसार आज देशका सबै मुख्य जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरूमा पनि सोही विषयमा ज्ञापनपत्र बुझाइएको छ।

दुवै संगठनले भ्रम फैलाउने गतिविधि रोक्न युवाहरू र विद्यार्थीहरूलाई सचेत रहन आह्वान गर्दै भनेका छन्, “सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुनेछैन, आवश्यक परे सडकमा प्रतिवाद गरिनेछ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0