प्रभातफेरी अनलाइन ९० पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख १६, बुधबार (४ घण्टा अघि)
काठमाडौ / नेपाली कम्युनिस्ट पाटिले नेतृत्वलाई जिम्मेवारी दिएको छ ।
जस अनुसार संगठन विभाग प्रमुख वर्षमान पुन (अनन्त) पार्टी प्रवक्ता, प्रकाश ज्वाला, कोशी इन्चार्ज राजेन्द्र राई, बागमती संयोजक सरल सहयात्री, सात र गैर भूगोलको दुई गरी ९ प्रदेशको इन्चार्ज टुङ्गो लागेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाएका छन्।
यसैगरी बागमती प्रदेशको इन्चार्ज डा. गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावल रहेका छन्।
यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहेका छन्। बाँकीको जिम्मेवारीबारे भोलि निर्णय हुने अर्का एक नेताले जानकारी दिए। आजको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |