Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

प्रभातफेरी अनलाइन ९९ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार (१० घण्टा अघि)
पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

० मोहन दुवाल
२०४७ पुस महिनाको २० गते । होटेल एभरेष्ट, बानेश्वरमा २०४७ मा प्रकाशित मेरा कवितासङ्ग्रह ‘सचेतका धुनहरु’ बारेको अन्तक्र्रिया कार्यक्रम गर्ने चाँजोपाँजो साहित्यिक पत्रकार सङ्घ, केन्द्रीय समितिले मिलाइएको थियो । त्यसताका म पनि साहित्यिक पत्रकार सङ्घ, केन्द्रीय समितिका निर्वाचित सदस्यका रुपमा कार्यरत थिएँ । विश्वमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ, बाबा बस्नेतहरु त्यस सङ्घका सक्रिय मित्रहरु थिए । यी सहृदयी मित्रहरुले मेरा प्रकाशित नयाँ कवितासङ्ग्रहको एउटा विचारगोष्ठक्ष् आयोजना गर्ने इच्छा व्यक्त गर्नुभएकोले विमोचन नभनीकन पुस्तकको अन्तक्र्रिया कार्यक्रम राख्ने सहमति ग¥यौं । पहिलोचोटी काठमाडौंमा मेरो कवितासङ्ग्रहको अन्तिक्र्रिया राख्ने भयौं ।
कार्यक्रमका लागि स्थानको टुङ्गो लगाउने, जलपानको व्यवस्थापन गर्ने र मुख्य अतिथिको टुङ्गो लगाइहाल्नुपर्ने भयो । जलपाल र स्थानका लागि जुवाईंसाहेब सुरेन्द्रमान जोशीलाई अनुरोध ग¥यौं । उहाँले हुन्छ म सहयोग गर्छु भन्नुभयो र स्थान/जलपानको टुङ्गो लगाई दिनुभयो । काठमाडौं, बानेश्वरस्थित एभरेष्ट होटेलको एउटा सभाकक्षमा कार्यक्रम हुने भयो । मेरा लागि अनौठो र अचम्मलाग्दो खालको कार्यक्रमजस्तै हुने भयो । १०० औं जना साहित्यकारहरु जम्मा गर्ने, सचेतका धुनहरु कवितासङ्ग्रहको अन्तक्र्रिया गराउने निधो भएअनुसार बेलायतका कवि माइकल हट प्रमुख अतिथिका रुपमा आउने हुनुभयो । आयोजक संस्था रमाए र भारतीसँग म पनि रमायौं । पाँचतारे होटेल कहिले नछिरेका म बबुरोका लागि यो परिघटना अनौठो लाग्नु स्वाभाविक थियो ।
होटेल एभरेष्टको ढोका बाहिरसम्म जुवाईंसाहेब सुरेन्द्रमान जोशीले पु¥याई दिनुभयो । अप्ठ्यारो मान्दै, सङ्कोच मनमा राख्दै हामी दुईजना दम्पत्ति बिस्तारै ढोका खोल्दै भित्र छि¥यौं । कार्यक्रमको आयोजना गरिने ठाउँ र विश्वविमोहन र हेमन्त श्रेष्ठाहरु कता छन् खोज्दै भित्र पस्यौं । ब्यानरसहित व्यवस्थापन गरिएका कार्यक्रमस्थलभित्र छि¥यौं । सङ्घका सहयोगी मित्रहरुसँग एकक्षण यताउता ग¥यौं । नौलो–नौलो अनुभूति मनमा साँचेर कार्यक्रमको प्रतिक्षामा रह्यौं । ठीक १ः०० बजे नै कार्यक्रम सुरु गरे उद्घोषिका बाबा बस्नेतले । सभापतित्व गरे विश्वविमोहन श्रेष्ठले । हेमन्त श्रेष्ठले स्वागत मन्तव्य दिंदै सबै मित्रहरुलाई स्वागत गरे । मञ्चमा माइकल हट र म पनि रह्यौं । मलाई मालासहित दोसल्ला लगाईदिएर टिका लगाईदिए माइकल हट र विश्वविमोहन श्रेष्ठले ।
२०४७ कार्तिकमा प्रकाशित ‘सचेतका धुनहरु’ मेरो नेपालीमा प्रकाशित पहिलो काव्यकृति हो । विचारगोष्ठीमा धुस्वां साय्मि, डा. रामदयाल राकेश, आनन्ददेव भट्ट, कृष्णप्रसाद पराजुली र गोपीकृष्ण शर्माले आ–आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । सर्वप्रथम मेरो परिचयको क्रमपछि मलाई कविता वाचन गर्न अनुरोध भयो र मैले एउटा कविता सुरुमै वाचन गरें — “ऊ सधैंझैं जिज्ञासाहरु मनभरि बटुलेर÷बलिदानका भावनाहरु विश्वासमा साँचेर÷निरङ्कुशताका निर्दयी पञ्जाहरुका विरुद्ध गोलीलाई घृणा गर्दै बाँच्छ÷त्यसैले त ऊ सूर्यकिरणझैं, वास्तविकताझैं मानिसहरुको मनमनमा उदाउने गर्छ । रक्तिम आभाजस्तै जीवन बोकेर पीडा भोग्दै गर्ने ऊ धेरैका लागि प्रगति हुँदै÷सहिद भएर बाँचेको छ÷त्यसैले त ऊ जिउनुको यथार्थ नाम हो÷त्यसैले त ऊ दुबोझैं मौलाइरहने इतिहासको पाना पनि हो ।” सहीद नामक कविता वाचनपछि कार्यक्रम सुरु भयो । उक्त विचारगोष्ठीमा भाषाविद् तथा वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले दुवालको व्यक्तित्व र कृतित्वबारे बोल्दै भन्नुभयो — “कवि मोहन दुवालसँग म नगिच र उहाँसँग परिचित छु । उहाँ सानैदेखि पठनपाठनमा तेजिला, जागरुक, अध्ययनशील, मेहनती, सशक्त र स्वाभिमानी हुनुहुन्छ । आफ्नो जीवनको दौरानमा साहित्यिक लेखनक्षेत्रबाट अगाडि उठेका शिक्षणसेवा, समाजसेवा र राजनीतिमा पनि सक्रिय भई अगाडि बढ्नुभएको छ । विशेषगरी आफ्नो मातृभाषा र नेपालीमा कलम चलाउँदै आउनुहुने मोहन दुवालले समीक्षा–समालोचनाको क्षेत्रमा पनि त्यत्तिकै कलम चलाउँदै आउनुभएको छ । नेपाली भाषामा ‘आलोचना र परिचय’, ‘सिर्जनाका फूलहरु’, नेपालभाषामा ‘चुलिजाःगु स्वां’ कवितासङ्ग्रह लेखी नेपाली साहित्यमा उहाँले आफ्नो परिचय दिइसक्नुभएको छ भने केही वर्षसम्म ‘बिगुल’ र ‘उत्साह’ पत्रिकाको सम्पादन गर्नुभई हाल ‘जनमत’ मासिक पत्रिकाको सम्पादनमा व्यस्त हुनुहुन्छ । त्यति भएर पनि जनजीवनको यथार्थ भोगाइ, छटपटी, अन्याय र शोषणमाथि आफ्नो भावनालाई काव्यद्वारा प्रहार गर्न उहाँ निकै खप्पिस हुनुहुन्छ । काभ्रेको साँगास्थित विद्यालयमा अध्यापन क्षेत्रमा व्यस्त रहेर पनि एउटा झोलाभित्र पत्रपत्रिका, पुस्तकहरु बोकेर कहिले काठमाडौं, कहिले बनेपा, कहिले लेखक–कविका घर, कहिले प्रेस, यसरी निरन्तर रुपमा अल्छी नमानी सिर्जनाको धुनमा डुबेको देख्छु ।” पराजुलीले अगाडि भन्नुभयो — “यहाँ जीवनभरि लेखिरहने लेखकहरुले दर्जनौं पुस्तक प्रकाशित गरेर पनि भाषाको विकासमा ध्यान दिएको हुँदैनन्, तर मोहन दुवालका काव्यकृतिहरुमा भाषामा स्पष्टता देखिएको छ ।” (नेपालभूमि, २०५७ माघ १) कृष्णप्रसाद पराजुली मेरा आदरणीय दाजुजस्ता साहित्यकार हुनुहुन्छ । उहाँसँग सुनकोशी साहित्य प्रतिष्ठानमा उहाँकै अध्यक्षतामा सचिव भएर, पूर्व एक नम्वर ग्रन्थ प्रकाशन गर्ने अभियानमा संयोजक भएर सँगसँगै साहित्यिक कृयाकलापमा लागेकोले मेरोबारे उहाँ जानिफकार हुनुहुन्छ । उहाँले त्यसैले मेरोबारे सर्सती भावना पोख्नुभयो । उहाँको मप्रतिको भावनाबाट म निकै प्रभावित भएको थिएँ ।
यसैगरी विद्वान समालोचक आनन्ददेव भट्टले भन्नुभएको थियो — “कवि दुवाल समाजका कवि हुन्, सङ्घर्षशील कवि हुन्, माक्सर्सवादी कवि हुन् । उहाँका कविता गद्यात्मक नभएर पद्यात्मक धुनहरु भावनात्मक वेगसँग प्रबल रहेका भेटिन्छन् । गाउँमा बसेर पनि वौद्धिकवाद भएर कविता लेख्नु, सहरिया चिन्तन, आलोचनाका गति देखापरेका छन् । उहाँले एकै बाटोले समाजका अचेत र सचेत व्यक्तिलाई झप्टा हाल्ने नभएर घुमाउरो पाराले प्रहार गरी ब्युँझाउनुभएको छ । उहाँको कवितामा प्रयोगवादी, नयाँ शैली र नयाँ रुपमा भावव्यञ्जना, शृङ्गारपक्ष, शब्दचयनले अभिव्यक्ति दिएका छन् ।”(नेपालभूमि, २०५७ माघ १)

तेस्रो वक्ता समालोचक गोपीकृष्ण शर्माले “कवि दुवालको कृतिमा समाजमा भएका अन्यायलाई केलाउनुका साथै समाधान पनि गर्नुपर्छ भन्ने आवाजलाई गुन्जाउनुभएको छ । सामाजिक विसङ्गति र आक्रोशलाई काव्यका रुपमा अभिव्यक्ति दिएर कवि आफै समाजका भोक्ता र द्रष्टा बन्नुभएको छ । कविले कटु व्यङ्ग्य, कतै तिखो प्रहारद्वारा कविताको सघन अनुभूति दिनुभएको छ कवितामा विद्रोहका झिल्काझिल्की, देशप्रेमको भावनाले युक्त सुकोमल शब्द बुट्टा राखेर कवितालाई माथिल्लो श्रेणीमा उकास्नमा सक्षम हुनुभएको छ ।” भन्नुभयो । (तारा कार्की, नेपालभूमि)
अन्य वक्ताहरुमा डा. रामदयाल राकेश र धुस्वां साय्मिले पनि शुभकामना दिंदै मेरो कविता यात्रा र कविताबारे आ–आफ्नो धारणा पोख्नुभएको थियो । मुख्य अतिथि माइकल हटले – “दुवालजीको कवितामा भूपि शेरचनका कविताको प्रभाव टड्कारो देखिन्छ र मैले सर्सती दुवालजीको कविता पढ्दा मलाई अनुभूति भयो उहाँका कविताहरु सरल र समसामयिक छन् । खुसी लाग्यो नेपालका एकजना सरल कवि मोहन दुवालको ‘सचेतनका धुनहरु’ कवितासङ्ग्रहबारेको अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेर कवितासङ्ग्रह देखाउन पाएँ र कवि मोहन दुवाललाई टिका लगाएर प्रगतिको शुभकामना दिन पाउँदा धेरै खुसी लाग्यो ।”
साहित्यिक पत्रकार सङ्घका सभापति विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको यस कार्यक्रम मेरा लागि जीवनमा बिर्सन नसकिने खालका मनोरम घटनाजस्तै भयो । दातामित्रहरुको सहयोगमा भएको यस कार्यक्रमप्रति कोही–कोही मित्रहरुले ‘विदेशी पर्यटकहरुलाई मोहित बनाउने साजसज्जा, सौन्दर्यपूर्ण, अति महँगो र भव्य पाँचतारे होटेलभित्र विभिन्न प्रकारका चियाचमेना र तातो कफिको स्वादले लगभग २ घण्टासम्म चलेको त्यस कार्यक्रममा कतै पनि खल्लो अनुभव त भएन, तर केही साहित्यकारहरुले यत्रो खर्चालु बडप्पन किन गरिएको होला भन्ने गुनासो पोखेका थिए ।  (नेपालभूमि)
तर जे भए पनि; सहयोग गर्ने मनहरुकै साथ पाएर काठमाडौंको पाँचतारे होटेलमा २०४७ सालमा नै मेरो कवितासङ्ग्रह ‘सचेतका धुनहरु’ कै अन्तरसंवाद कार्यक्रम सफलतामा टुङ्गियो । जीवनमा घटेको बिर्सन नसकिने घटनाजस्तो पो भयो यो घटना । त्यसैले मेरो संस्मरणमा नबिर्सिकन समेटियौं ।
०००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

  • पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

    पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २० गते बुधबार

    २०८३ साल जेठ २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0