प्रभातफेरी अनलाइन४१ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार(२ दिन अघि)
काठमाडौँ । नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेशस्तरबाट सुझाव सङ्कलन अभियान सुरु गरेको छ।
गत स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको कार्यदलले बागमती प्रदेशबाट सुझाव सङ्कलनको प्रक्रिया सुरु गरेको हो। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौंमा आयोजित भेलामार्फत अभियानको सुरुआत गरिएको हो।
गत जेठ १० गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले विभिन्न प्रदेश, जनसङ्गठन, विभाग तथा पार्टी निकायबाट सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्नेछ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |