logo
२०८३ श्रावण २७, बुधबार |
📰
🔍

मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ श्रावण २७, बुधबार
मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने

काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि उनले राजीनामा दिन लागेका हुन्।

मुख्यमन्त्री शाहका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिने समयसीमा पनि भोलि पूरा हुँदैछ।