प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्ट पार्दै नेपालमा सबै धर्मको स्वतन्त्रता र संरक्षण हुनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित इतरसमूहको भेलामा बोल्दै देउवाले आफू हिन्दु संस्कारअनुसार हुर्किएको र धार्मिक आस्था राख्ने व्यक्ति भएको बताए। उनले आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको पनि उल्लेख गरे।
देउवाले नेपालमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिँदै बौद्ध धर्मप्रति पनि आफ्नो सम्मान रहेको बताए। उनले बुद्ध धर्मलाई विश्वले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मान्यता पाएको उल्लेख गरे।
नेपालमा विभिन्न समुदायले आफ्ना परम्परागत तथा प्राकृतिक धर्म मान्दै आएको भन्दै देउवाले राई, लिम्बुलगायत सबै समुदायको धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताए।