logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत साइमनको शिष्टाचार भेट

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत साइमनको शिष्टाचार भेट

काठमाडौं / राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले सोमबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, आपसी हित, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।

अध्यक्ष दाहालले नेपाल–अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालनसम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।