logo
२०८३ भाद्र ८, सोमबार |
📰
🔍

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ भाद्र ८, सोमबार
प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं / प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चार वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’, ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई समितिमा पठाएको हो।

विधेयकमाथि प्राप्त संशोधन तथा सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो। सम्बन्धित समितिले संशोधन प्रस्तावमाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ।

बैठकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।