logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

रास्वपाको निर्देशन : अत्यावश्यकबाहेक बाढी प्रभावित क्षेत्रमा नजानू

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
रास्वपाको निर्देशन : अत्यावश्यकबाहेक बाढी प्रभावित क्षेत्रमा नजानू

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा नेताहरूलाई अत्यावश्यक कामबाहेक बाढी तथा विपद् प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ।

प्रभावित क्षेत्रमा पुगेर केही सांसद तथा नेताहरूले खिचेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भएको थियो। त्यसपछि पार्टी सभापति रवि लामिछानेले यस विषयमा चासो राख्दै सांसदहरूलाई सचेत गराएका हुन्।

आज बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा सभापति लामिछानेले विपद्का बेला पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएका थिए। त्यसपछि उनले राहत तथा उद्धारका लागि आवश्यक नभएसम्म प्रभावित क्षेत्रमा नजान निर्देशन दिएका हुन्।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पनि प्रभावित क्षेत्रका सांसदहरूलाई आवश्यक समन्वयका लागि सम्बन्धित क्षेत्रमा जान आग्रह गरेकी छन्। अन्य सांसदहरूलाई भने आफ्नै स्थानबाट समन्वय तथा सहयोगमा केन्द्रित हुन निर्देशन दिइएको छ।

धितालले सांसदहरूलाई बाढी तथा विपद्का दृश्य खिचेर फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्नसमेत आग्रह गरेकी छन्।