logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

सांसद आशिका तामाङले बैंकको सेफ चोरीको आरोप लगाएपछि वडाध्यक्ष राजु अधिकारीको खण्डन, दिए साइबर ब्युरोमा उजुरी

प्रभातफेरी अनलाइन२ पटक पढिएको | १ घण्टा अघि
सांसद आशिका तामाङले बैंकको सेफ चोरीको आरोप लगाएपछि वडाध्यक्ष राजु अधिकारीको खण्डन, दिए साइबर ब्युरोमा उजुरी

गल्छी / गल्छी गाउँपालिका–४ का वडाध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफूलाई बैंकको सेफ चोरीसँग जोडेर लगाएको आरोपको खण्डन गरेका छन्। उनले विपद्को समयमा आफू उद्धार तथा नागरिकको सम्पत्ति सुरक्षामा खटिएको स्पष्ट पार्दै तथ्य र प्रमाणबिना आरोप लगाएर चरित्रहत्या नगर्न चेतावनी दिएका छन्।

वडाध्यक्ष अधिकारीका अनुसार बाढीले बगाएर ल्याएको एउटा बाकसमा ठूलो रकम तथा बहुमूल्य सामग्री रहेको र केही व्यक्तिले त्यसबाट पैसा निकालिरहेको सूचना पाएपछि उनले शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीलाई जानकारी गराएका थिए।

तर घटनाको वास्तविकता नबुझी सांसद तामाङले सामाजिक सञ्जालमार्फत आफू लगायत केही व्यक्तिमाथि गम्भीर आरोप लगाएको उनको भनाइ छ।

अधिकारीले आरोप प्रमाणित गर्ने प्रमाण भए सार्वजनिक गर्न चुनौती दिँदै प्रमाणबिनाको आरोप तत्काल रोक्न आग्रह गरेका छन्। साथै, आफ्नो प्रतिष्ठामाथि लगाइएको आरोपविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गर्ने तयारी रहेको बताएका छन्।

उनले भनेका छन्, “विपद्को बेला नागरिकको आँसुमा राजनीति गर्ने होइन, नागरिकको पीडामा मलम लगाउने हो। आरोप होइन, प्रमाण प्रस्तुत गरौँ; राजनीति होइन, मानवता रोजौँ।”