logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

सर्लाही / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष कुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशन प्रक्रियाअन्तर्गत मिश्र महाधिवेशन प्रतिनिधिका रूपमा सर्वसम्मत चयन भएका हुन्। उनको चयनसँगै आगामी महाधिवेशनमा सर्लाही–४ बाट उनको प्रतिनिधित्व सुनिश्चित भएको छ।

पार्टीको संगठन विस्तार तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रलाई क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो।