logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य, रोहित पौडेलको सर्वाधिक ६१ रन

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३१ मिनेट अघि
ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य, रोहित पौडेलको सर्वाधिक ६१ रन

काठमाडाैं / आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने करण केसीले १६ बलमा ४ छक्का र १ चौकासहित आक्रामक ४० रनको योगदान दिए। त्यस्तै अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन बनाए।

दीपेन्द्रसिंह ऐरीले २२, सुन्दीप जोराले १०, नन्दन यादवले ७ र आसिफ शेखले ४ रन बनाए। अब नेपाललाई जितका लागि ओमानलाई २६४ रनमा रोक्नुपर्नेछ।