प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक २२, आईतबार
काभ्रेपलाञ्चोक ।सहकारीको क्षेत्रमा छुट्टै पहिचान दिन सफल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२ , औं वार्षिक साधारण सभा सफलता पुर्वक अन्त गरेको साकोसले जनाएको छ ।
संस्थाको मुख्य मेरुदण्ड सामुदायिक भएता पनि अरु १७ वटा सारथि रहेको सामुदायिक साकोसको उपत्यका देखि प्रदेश राजधानी मकवानपुरमा समेत एकाइ सभाहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ ।
संस्थाले सातवटा एकाइमा आयोजना गरेको वार्षिक साधारण सभा कार्यक्रमअन्तर्गत २०८३ कार्तिक २१ गते पनौती, पाँचखाल र काठमाडौं एकाइका सभाहरू सदस्यहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न भएका छन्। यसअघि कार्तिक २० गते बनेपा, भकुण्डे, कुशादेवी र ढुंखर्क एकाइका सभाहरू सम्पन्न भइसकेका थिए।
पनौती एकाइको सभा संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षतामा, पाँचखाल एकाइको सभा वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरको सभाध्यक्षतामा र काठमाडौं एकाइको सभा उपाध्यक्ष भवानी महतको सभाध्यक्षतामा सम्पन्न भएको थियो। यी सभाहरूमा शेयर सदस्यहरूको उपस्थिति क्रमशः पनौती एकाइमा ७६.१० प्रतिशत, पाँचखाल एकाइमा ५९.१० प्रतिशत र काठमाडौं एकाइमा ६८.२९ प्रतिशत रहेको थियो। समग्रमा कुल सदस्य संख्याको ६६.२४ प्रतिशत सदस्यहरू उपस्थित भएका थिए।
साधारण सभालाई सदस्यहरूको आर्थिक तथा सामाजिक हितसँग जोड्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पाँचखाल एकाइमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा १९ जना सदस्यहरूले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याएका थिए।
सभाहरूमा सञ्चालक समिति, विभिन्न उपसमिति तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य, विभिन्न प्रतिवेदन प्रस्तुती, संस्थाको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे छलफललगायतका गतिविधिहरू भएका थिए।
कार्तिक २० र २१ गते आयोजित रक्तदान कार्यक्रममा जम्मा ५४ जना रक्तदाताले रक्तदान गरेका थिए भने निःशुल्क दन्त शिविरमा ९७ जनाले दन्त परीक्षण सेवा लिएका थिए। सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको अपनत्वले यी एकाइ सभाहरूलाई प्रभावकारी बनाएको संस्थाको भनाइ छ।
संस्थाको मुख्य कार्यालय पनौती–४, काभ्रेपलाञ्चोकमा २०८३ कार्तिक २८ गते एकाइ सभाबाट सदस्य संख्याका आधारमा छनोट भएका प्रतिनिधिहरूको उपस्थितिमा निर्णय प्रमाणीकरण सभा गरी ३२ औं वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न गर्ने कार्यक्रम रहेको छ।