logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

पछिल्लो समय लिडरहरुले व्यक्तिगत जीवनमा आफूलाई बढी केन्द्रित गरेको पाएको छु ः डिष्ट्रिक ट्रेजर नेपाल

प्रभातफेरी अनलाइन५८२२ पटक पढिएको प्रकाशित मिति: ५ साल अघि (५ साल अघि)
पछिल्लो समय लिडरहरुले व्यक्तिगत जीवनमा आफूलाई बढी केन्द्रित गरेको पाएको छु ः डिष्ट्रिक ट्रेजर नेपाल

बनेपा । लायन्स क्लबहरुमा केही शिथिलता आएको छ । त्यसो हुनुमा लायन्स लिडरहरु सामाजिक दायित्वभन्दा पनि व्यक्तिगत जीवनमा बढी केन्द्रित भएको हो कि भन्ने डिष्ट्रिक (३२५बि१) ट्रेजर उदयकुमार नेपालले चार्टर ह्याण्ड ओभर कार्यक्रममा बताउनुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिडरहरुले आफ्नो दायित्व, जिम्मेवारी, कर्तव्यलाई कता–कता भुल्दै गएको महसुस भएको छ भन्नुहुँदै डिष्ट्रिक टे«जर नेपाल– मात्रै लिडरहरु अधिकारलाई प्राथमिकमा राखेर चलायमान भएको देखेको छु । यस किसिमको गतिविधिले लायन्स क्लबहरुको स्तर उन्नति हुन सक्दैन भन्ने ठोकुवा गर्नुहुँदै आफू कोषाध्यक्ष भएकै कारण आर्थिक मामिलामा छुच्चो हुनुपर्दाे रहेछ । त्यसैको कारण क्लबका प्रेसिडेण्टहरुमा चित्त दुखाई भएको पनि पाएको छु तर यो मेरो व्यक्तिगत जीवनका लागि होइन, संस्थागत विकासका लागि आफू छुच्चो भएको स्मरण गराउँदै जति पनि लायन्स क्लबहरु छन्, तिनीहरुले समयमै आफ्नो आर्थिक दायित्व पूरा गर्ने हो भने यो समस्या नआउने विश्वास लिएको डिष्ट्रिक ट्रेजर नेपालले बताउनुभएको छ । कुनै पनि लायन्स क्लब चलायमान हुन नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्वले आफ्ना सदस्यहरुलाई टेक एण्ड कियर गर्न आवश्यक छ । पछिल्लो समय लायनहरुमा शिथिलता आउनुमा यो पनि एउटा कारण बनेको आफूले महसुस गरेको डिष्ट्रिक ट्रेजर नेपालले बताउनुभएको छ ।