logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

सुपथ मूल्य पसलको आरम्भ

प्रभातफेरी अनलाइन५२२३ पटक पढिएको | २०७८ आश्विन १९, मंगलबार
सुपथ मूल्य पसलको आरम्भ

काभ्रे । नेपालीहरुको पावन महान चाड विजया दशमी, शुभ दिपावली एवं छठको पावन अवसरमा धुलिखेल उद्योग वाणिज्य संघ, धुलिखेल नगरपालिका र साल्ट ट्रेडिङ्ग कर्पाेरेसनको सहकार्यमा दैनिक उपभोग्य वस्तुहरुको सहुलियत पसल मिति २०७८ साल असोज १७ गते देखि असोज २२ गते सम्म धुलिखेलमा संचालन भएको छ ।
उक्त पसल संचालन गर्न धुलिखेल नगरपालिकाले स्थान उपलब्ध गरेको हो । पसलको काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार लगायतले अवलोकन गर्नु भएको थियो । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजू, धुलिखेल नगरपालिका वडा नं. ६ का अध्यक्ष संजय कोजू, साल्ट टे«डिङ्ग कर्पाेरेसन काभ्रेका प्रमुख सुरेश राजभण्डारी तथा धुलिखेल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनन्त कृष्ण श्रेष्ठ तथा सचिव समन चोच्छे लगायत पदाधिकारी एवं कार्य समिति सदस्यहरुको उपस्थितिमा पसल शुभारम्भ भएको थियो । पसलमा दैनिक उपभोग्य वस्तुहरु सहुलियत दरमा उपलब्ध हुने छ ।