logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ सम्पन्न

प्रभातफेरी अनलाइन२८ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं / नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ धुलिखेलस्थित सन्राइज रिसोर्टमा सम्पन्न भएको छ।

नेपालका लागि अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक डिलर परिना इन्टरनेसनल प्रालि., एकान्तकुना, ललितपुरको आयोजनामा भएको कार्यक्रममा देशभरबाट करिब ६५ जना अपरेटर तथा सम्बन्धित प्राविधिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा परिना इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक दीपक आचार्य, निर्देशकहरू तथा डीजीएम शिवकुमार उपाध्यायको उपस्थिति थियो। त्यस्तै, अपोलो इन्फ्राटेक ग्रुपका डिलर डेभलपमेन्ट म्यानेजर कौशल मेहता, सर्भिस एन्ड स्पेयर म्यानेजर विमल पटेल तथा अपोलो कार्मिक्सका असिस्टेन्ट म्यानेजर इर्फान सेख विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

तालिमका क्रममा सहभागी अपरेटरलाई कार्मिक्स एसएलएम मेसिनको सही सञ्चालन, सुरक्षा मापदण्ड, नियमित मर्मतसम्भार, प्राविधिक पक्ष तथा नयाँ प्रविधिबारे सैद्धान्तिक र व्यावहारिक जानकारी दिइएको थियो।

कार्यक्रममा अपरेटरहरूले मेसिन सञ्चालनका क्रममा देखिने समस्या, समाधानका उपाय तथा आफ्ना अनुभवबारे समेत छलफल गरेका थिए। आयोजकका अनुसार यस्तो अनुभव आदानप्रदानले मेसिनको सुरक्षित र प्रभावकारी सञ्चालनमा सहयोग पुग्नेछ।

अपोलो कार्मिक्स इक्विपमेन्ट्स प्रालिले उत्पादन गर्ने उक्त मेसिनको स्पेयर पार्ट्स तथा सर्भिसको जिम्मेवारी प्राइम मोटर्स प्रालि., एकान्तकुना, ललितपुरले लिँदै आएको छ।

परिना इन्टरनेसनल प्रालिले अपोलो इन्फ्राटेक ग्रुपका कार्मिक्स, कंक्रिट ब्याचिङ प्लान्ट, कंक्रिट पेभर, अपटेकलगायतका उत्पादन तथा पार्कर ग्रुपका एस्फाल्ट ड्रम मिक्स, पेभर, एस्फाल्ट ब्याचिङ प्लान्ट, ब्लक मेकिङ मेसिन तथा ह्युमपाइप मेसिन बिक्री–वितरण गर्दै आएको जनाएको छ। कम्पनीले ती उपकरणको मर्मत तथा बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको छ।

नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रकारको अपरेटर भेटघाट तथा तालिमले मेसिनको सुरक्षित, प्रभावकारी र दीर्घकालीन सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ। कार्यक्रमले अपरेटरहरूको प्राविधिक ज्ञान तथा सीप अभिवृद्धि गर्नुका साथै मेसिन प्रयोगकर्ताबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी अपरेटरहरूले यस्ता तालिम तथा भेटघाट कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।