प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
काठमाडौं / साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा १०.६७ अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा झरेको हो।
शुक्रबार १ करोड २२ हजार कित्ता सेयर ५९ हजार ८०५ पटक किनबेच हुँदा कुल ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।