logo
२०८३ भाद्र ५, शुक्रबार |
📰
🔍

राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ भाद्र ५, शुक्रबार
राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित

काठमाडौं / राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ। शुक्रबारको बैठक स्थगित गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए।

शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ प्रस्तुत गरेकी थिइन्।

विधेयकमाथि सभामा छलफल भएको थियो। छलफलपछि राष्ट्रिय सभाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

बैठकपछि अध्यक्ष दाहालले अर्को बैठक भदौ ९ गते बस्ने जानकारी दिँदै शुक्रबारको बैठक स्थगित गरेका हुन्।